Khabar Dabali २३ माघ २०८२ बिहीबार | 5th February, 2026 Thu
Investment bank

८८ केजी सुन तस्करीः सशस्त्रद्वारा अनुसन्धानमा असहयोग, मिलेमतोको आशंका

\"\"काठमाडाैं । ८८ केजी सुन तस्करीको अनुसन्धानमा सशस्त्र प्रहरी बलले असहयोग गरेको छ । तस्करीमा सहयोग गरेको आशंकामा केही सशस्त्र प्रहरीलाई सोधपुछका लागि पठाउन प्रहरीले पटकपटक पत्राचार गरे पनि सशस्त्र प्रहरीले कुनै जवाफ दिएको छैन । दुई महिनाअघि प्रहरीले काठमाडौंमा बरामद गरेको ८८ केजी सुन प्रहरीकै सहयोगमा नाकाबाट पास भएको अनुसन्धानमा खुलेपछि प्रहरीमाथि पनि छानबिन सुरु भएको हो । आजको नयाँपत्रिका दैनिकमा खबर छ–पक्राउ परेका चालकहरूले सशस्त्र प्रहरीले नै आफूहरूलाई चिनियाँ तस्करसँग चिनजान गराएर नाकामा गाडी चलाउन लगाएको बयान दिएका छन् । प्रहरी हिरासतमा रहेका चालक दाम्पा तामाङले सशस्त्र प्रहरीले नै आफूलाई चिनियासँग चिनजान गराई गाडी पास गराउन लगाएको बयान दिएका हुन् । चिनियाँ नागरिक सशस्त्र प्रहरीको भिआइपी कक्षमा बसेको र उनले एक हजार रुपैयाँ र चाबी दिएर गाडी चलाउन लगाएको उनको बयान छ । सोही बयानका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंले त्यसवेला ड्युटीमा रहेका सशस्त्र प्रहरीलाई सोधुपुछका लागि पठाउन पत्राचार गरेको थियो । पत्राचार गरे पनि सशस्त्र प्रहरीले सम्बन्धित कर्मचारीलाई नपठाएको काठमाडौं परिसरका डिएसपी बेलबहादुर पाण्डेले बताए । उनले भने, ‘काठमाडौं परिसरले सशस्त्र प्रहरीलाई त्यसवेला ड्युटीमा रहेका पाँचजना सशस्त्र प्रहरीलाई उपस्थित गराउन दुईपटक पत्राचार गरिसकेको छ । तर, पनि सशस्त्रले कुनै जवाफ दिएको छैन, ती कर्मचारी पठाएको पनि छैन ।’ सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी बाबुराम पाण्डेले भने अनुसन्धानमा आफू काठमाडौं परिसरले सीधै सीमा सुरक्षा कार्यालयलाई पत्राचार गरेको थियो । प्रहरी मुख्यालयले सशस्त्र प्रहरी मुख्यालयलाई पत्राचार गर्नुपर्ने सशस्त्र प्रहरीका अधिकारीको भनाइ छ । सुन तस्करीमा सशस्त्र प्रहरीको संलग्नता नभएको डिआइजी पाण्डे बताउँछन् । ‘ड्युटीमा रहेका प्रहरीले चालक खोजिदिनेसम्मको काम गरेको देखिन्छ,’ उनले भने, ‘मानवीय हिसाबले सहयोग गरेको हुन सक्छ, हामीले अनुसन्धानमा सहयोग नै गरिरहेका छौँ ।’ स्रोतका अनुसार ८८ किलो सुन तस्करी हुनुभन्दा केही दिनअघि मात्र सुन तस्करीमा संलग्न चिनियाँ नागरिकले सीमा नाकामा कार्यरत सबै प्रहरी तथा कर्मचारीहरूलाई ब्लांकेट बाँडेका थिए । उनले चीनबाट ल्याएर एक ट्रक ब्लांकेट बाँडेको स्रोत बताउँछ । १९ भदौमा प्रहरीले ८८ केजी सुन क्षेत्रपाटीबाट बरामद गरेको थियो । सुन तस्करीमा सेटिङ मिलाउने रसुवाका मानबहादुर तामाङलाई गत साता मात्र प्रहरीले पक्राउ गरेको थियो । उनै तामाङले सीमा सशस्त्र प्रहरी र चेकपोस्टका प्रहरीलाई सेटिङ मिलाएर तस्करी गराएको प्रहरी अधिकारीहरू बताउँछन् । तामाङको सशस्त्र र नेपाल प्रहरी अधिकारीसँग राम्रो सम्बन्ध थियो । सोही कारण उनले आफ्नो मोबाइलको लकसमेत खोल्न मानेका छैनन् । प्रहरीहरूसँगको कुराकानी खुल्ने भएकाले उनले मोबाइल लक खोल्न नमानेको अनुसन्धानमा आबद्ध एक प्रहरी अधिकारीले बताए । उनले तस्करीमा प्रहरीलाई चिन्न सजिलो हुने गरी गाडीमा भिआइपीको लोगोसमेत राखेका थिए । कांग्रेसबाट प्रदेश सभाको समानुपातिमा सिफारिस भएका तामाङ ८८ किलो सुनका मालिक चिनियाँ नागरिक पेन वेइमिङ र उनकी श्रीमतीका विश्वासपात्र हुन् । उनीहरू दुवैजना फरार छन् । चिनियासँग मिलेर तस्करी गर्ने काठमाडौंका सुन पसलेहरू पनि पक्राउ परिसकेका छन् । ३ असोजमा प्रहरीले पाँच व्यवसायीलाई पक्राउ गरेको थियो । उनीहरू लामो समयदेखि सुन तस्करीमा संलग्न रहेको प्रहरीले जनाएको छ । नरदेवीमा रबिश्या ट्रेडर्स चलाउने सत्यनारायण अग्रवाल, रञ्जना कम्प्लेक्समा कार्यविनायक सुनचाँदी पसल चलाउने गणेश दत्त बडू, ओटुमा सुनचाँदीका गहना बनाउने व्यवसायी नन्दकुमार मर्गले र दिनकर सालुखे र बाँगेमुढामा शाक्य सुनचाँदी पसल चलाउने शुभरत्न शाक्यलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूमध्ये अग्रवाल र बडू चिनियाँको व्यवसायी साझेदार हुन् । १९ भदौमा महाशाखाले केरुङ नाका हुँदै भित्रिएको ८८ केजी सुन बरामद गरेको थियो । सुन तस्करीमा सहयोग पुर्‍याएको आरोपमा तीन चालकसमेत पक्राउ परेका छन् । पक्राउ परेकाहरूलाई संगठित अपराध मुद्दामा प्रहरीले कारबाही अघि बढाएको छ । प्रहरीले १९ भदौमा मनोज अधिकारीलाई ८८ केजी सुनसहित क्षेत्रपाटीबाट पक्राउ गरेको थियो । उनलाई बा. १७ च ६४२७ नम्बरको गाडी क्षेत्रपाटीबाट ठमेल पुर्‍याउन लगाइएको थियो । रसुवागढी नाकामा सीमा वारपार गर्ने दाम्पा तामाङ र दिलीप खड्का पनि पक्राउ परेका छन् । सो समूहले पटकपटक सुन तस्करी गरेको र त्यसमा प्रहरीदेखि भन्सार कर्मचारीहरूले समेत प्रत्यक्ष-अप्रत्यक्ष रूपमा सहयोग गरेका अनुसन्धानबाट खुलेको छ
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE