Khabar Dabali २३ माघ २०८२ बिहीबार | 5th February, 2026 Thu
Investment bank

महरा र पोखरेलले एउटै क्षेत्र रोजेपछि...

\"\"दाङ । माओवादी केन्द्र र एमालेका दुई प्रभावशाली नेताले दाङको एउटै क्षेत्र दाबी गरेपछि वाम गठबन्धनलाई तालमेल मिलाउन सकस परेको छ । प्रतिनिधिसभा सदस्यमा चुनाव लड्न माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा र एमाले नेता शंकर पोखरेलले दाङको २ नम्बर क्षेत्र रोजेका हुन् । आजको कान्तिपुर दैनिकमा खबर छ– जिल्ला सदरमुकामसहितको महत्त्वपूर्ण क्षेत्र भएकाले दुवै नेता छाड्न चाहँदैनन् । महरा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल र पोखरेल एमाले अध्यक्ष केपी ओलीका विश्वासपात्र मानिन्छन् । नेतृत्वको पहुँचमा रहेका दुई प्रभावशाली नेतामध्ये कसले यो क्षेत्रमा टिकट पाउँछन् भन्नेबारे दिनहुँ बहस हुने गरेको छ । चिया गफमा समेत महरा र पोखरेल नै विषय बनिरहेका छन् । जिल्लामा संघ (प्रतिनिधिसभा) का लागि तीन निर्वाचन क्षेत्र भए पनि १ र ३ नम्बरमा जान दुवै जना मानिरहेका छैनन् । आफूले २ नं क्षेत्रलाई नै मुख्य प्राथमिकता दिएको महराले बताए । ‘मेरो दाबी २ नम्बरमै हो,’ उनले भने, ‘अहिलेसम्म केही टुंगिएको छैन । पार्टीले टिकट दिए त्यहींबाट लड्ने हो । बाँकी कुरा उम्मेदवार टुंगिएपछि हुन्छ ।’ पोखरेलले पनि २ नम्बरमै रुचि भए पनि निर्णय नहुँदै केही भन्न नसकिने बताए । ‘अहिले वाम गठबन्धनका सबै उम्मेदवार टुंग्याउने, चुनावी घोषणापत्र र रणनीति बनाउने काममा व्यस्त छौं,’ उनले भने, ‘रुचि २ नम्बरमै भए पनि गठबन्धनको निर्णयबमोजिम अघि बढ्नुपर्ने हुन्छ । पार्टीका सबै नेता–कार्यकर्ताले आफ्नै नेता उठिदिए हुन्थ्यो भन्ने चाहना देखाउनु स्वाभाविक हो । तर कुरा नटुंगिँदै बहस गर्नु अलि उचित हुँदैन होला ।’ कात्तिक १० सम्म उम्मेदवार टुंगिने र त्यसपछि सबै स्पष्ट हुने उनले बताए । जिल्लाका प्रभावशाली नेता भएका कारण महरा र पोखरेल दुवै दाङको विकासका लागि सांसद हुन आवश्यक रहेको अधिकांशको बुझाइ छ । वामपन्थीको चुनावी तालमेलअघि पनि दुवै जना एउटै क्षेत्रबाट लड्न नहुने सुझाव धेरैको थियो । अहिले दुवैले आफूले रोजेको क्षेत्र पार्न तीव्र लबिइङ गरिरहेका छन् । दुवै जनाले पहिलेदेखि नै यही क्षेत्रमा तयारी गरेका कारण नयाँ क्षेत्रमा जान नचाहेको निकटस्थहरू बताउँछन् । स्थानीय तहको निर्वाचनमा पोखरेल लामो समय यही क्षेत्रमा बसेर निर्वाचन परिचालनमा खटिएका थिए । स्थानीय तहमा जिल्लाका दुई उपमहानगरपालिका घोराही र तुलसीपुरमा एमालेले जितेका कारण पनि पोखरेल सुरुदेखि उत्साहित थिए । २ नं। क्षेत्रमा घोराही उपमहानगरपालिकाका साथै तुलसीपुरको महत्त्वपूर्ण भाग पर्ने भएकाले आफूले जित्ने आकलन गरेकाले नै पोखरेल सजिलै छाड्ने मनस्थितिमा देखिँदैनन् । यता, गठबन्धनमा महरालाई यो क्षेत्र दिएर पोखरेललाई पार्टी महासचिव र प्रदेशको मुख्यमन्त्री या राष्ट्रिय सभाको अध्यक्ष दिने गरी मिलाउने छलफल चलिरहेको चर्चा पनि छ । पहिलो संविधानसभा निर्वाचनमा यही क्षेत्रबाट विजयी महरा पनि आफूले टिकट पाए जित्नेमा ढुक्क छन् । महराले भविष्य हेरेर नै यो क्षेत्रको विकास निर्माणमा ध्यान दिएको, बजेट विनियोजनमा समेत प्राथमिकता दिने गरेको चर्चा पनि गरिँदै छ । रोल्पा छाडेपछि महराले दाङलाई नै मुख्य आधार क्षेत्र मान्दै आएका छन् । त्यसमा घोराही क्षेत्र बढी सहज र अनुकूल भएका कारण उनले अन्य क्षेत्रमा जान इच्छा नभएको बताएका छन् । पहिलो संविधानसभा निर्वाचनबाहेक सबै चुनाव महराले रोल्पाबाटै लडेका थिए । यसपालि पनि रोल्पा जान सक्ने चर्चा थियो तर वर्षमान पुनको उम्मेदवारी दर्ता भइसकेकाले त्यो विकल्प अन्त्य भएको छ । उनी अब दाङबाहेक अन्य क्षेत्रबाट प्रत्यक्षमा चुनाव लड्ने मनस्थितिमा देखिँदैनन् । पोखरेल पनि आफ्नो गृहक्षेत्र बिजौरी गाउँसमेत पर्ने २ नं क्षेत्रबाटै टिकट पाउन बढी इच्छुक छन् । १ र ३ नं क्षेत्र क्रमशः कांग्रेस नेता खुमबहादुर खडका र दीपक गिरीको प्रभाव क्षेत्र रहेकाले उनीहरूको रोजाइमा नपरेका हुन् । २०४८ को संसदीय निर्वाचनमा रोल्पा क्षेत्र नं २ बाट सांसद बनेका महरा ०७० को संविधानसभामा पनि रोल्पा १ बाटै निर्वाचित भए । पहिलो संविधानसभा निर्वाचनमा भने उनी दाङ क्षेत्र नं ३ बाट विजयी भएका थिए । त्यसयता उनी दाङमा पनि रुचाइएका नेतामा गनिन्छन् । पोखरेल त निरन्तर दाङबाटै निर्वाचन लडदै आएका छन् । ०५१ को संसदीय निर्वाचनमा उनी क्षेत्र नं। ३ बाट निर्वाचित भएका थिए । ०५६ को संसदीय निर्वाचनमा ३ नं मै पराजित भए । पहिलो संविधानसभा निर्वाचनमा समानुपातिक सभासद भएका उनी दोस्रोमा दाङ क्षेत्र नं। ४ बाट पराजित भएका थिए । यसअघि निर्वाचन लडेका ३ र ४ नं क्षेत्र अहिलेको २ नं। मा पर्छन् । जसका कारण उनले त्यही क्षेत्र दाबी गरिरहेका हुन् ।    
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE