Khabar Dabali २३ माघ २०८२ बिहीबार | 5th February, 2026 Thu
Investment bank

संकटमा प्रचण्ड–ओली, बार्गेनिङ गर्दै ‘बागी’

\"\"नेपालगन्ज । जाजरकोटमा वाम गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध बागी  उम्मेदवारी दिएका एमालेका गोविन्दविक्रम शाहलाई फकाउन पार्टीले अनेक प्रयास गरेको छ । तर, मंगलबार साँझसम्म उनी गलेका छैनन् । बरु उनले ‘बार्गेनिङ पावर’ बढाउँदै भन्ने गरेका छन्– मेरो स्थान कहाँ हो, देखाइयोस्, बस्न तयार छु । उनले पार्टीले पहिलेदेखि ‘मर्यादित’ स्थान दिने भने पनि सोअनुसार नगरेको गुनासो पोखे । आजको नागरिक दैनिकमा खबर छ– उम्मेदवारी फिर्ता लिनका लागि राष्ट्रियसभा सदस्य वा प्रतिनिधिसभा÷प्रदेशसभा समानुपातिक सदस्यतर्पm आफ्नो नाम सुनिश्चित गर्नुपर्ने उनको माग छ । ‘मलाई पहिलेदेखि दिने भनिएको मर्यादित पद यिनै त होलान्,’ उनले भने, ‘हेरौं पार्टीले मेरो भावना कसरी सम्बोधन गर्छ ।’ पहिलो चरणमा निर्वाचन हुने ६ नम्बर प्रदेशका सात जिल्लामा करिब दर्जन व्यक्तिले स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनीहरूले उम्मेदवारी फिर्ता लिनका लागि शाहझैं आप्mनो पार्टी र आधिकारिक उम्मेदवारसँग पदीय बार्गेनिङ गरिरहेका छन् । अर्कोतिर हुम्ला र जाजरकोटका प्रदेशसभाका तीनटा सिटमा वाम गठबन्धनकै एमाले र माओवादी केन्द्रका उम्मेदवारले छुट्टाछुट्टै मनोनयन दर्ता गरेका छन् । उनीहरू पनि ‘न्यायोचित’ निर्णयको पर्खाइमा छन् । सकेसम्म अहिल्यै आधिकारिक उम्मेदवार बनाइनुपर्ने, नभए समानुपातिकतर्पm वा भविष्यका लागि सुनिश्चित गर्नुपर्ने उनीहरूको माग छ । हुम्लाबाट प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दिएका माओवादी केन्द्रका नेता एवं पूर्वसहायकमन्त्री छक्कबहादुर लामाले आफूलाई पार्टी अध्यक्ष पुष्पकमल दाहालले टेलिफोन गरी राष्ट्रियसभा सदस्य बनाउने आश्वासन दिएको बताए । तर, उनको बार्गेनिङ प्रतिनिधिसभा सदस्यमै केन्द्रित छ । ‘हुन त मैले अहिलेसम्म पदका लागि बार्गेनिङ गरेको छैन, उहाँ ९दाहल० ले नै प्रस्ताव गर्नुभएको हो,’ उनले भने, ‘खासमा मेरो बार्गेनिङ जनताको भावनासँग जोडिएको छ ।’ लामाले हुम्लाको राजनीतिमा राम्रो जनाधार भएको आपूmलाई पाखा लगाएर केन्द्रीय नेताको पहुँचमा पुगेका नेतालाई टिकट दिइँदा समस्या उब्जिएको बताए । उनले आप्mनो बार्गेनिङ प्रतिनिधिसभा सदस्य प्राप्तिकै लागि रहेको पनि स्पष्ट पारे । हुम्लाको प्रदेश ९क० मा उम्मेदवारी दिएका माओवादी केन्द्रकै लालकेश जैशी पनि ‘जनमत’ लाई देखाएर चुनावी बार्गेनिङ गरिरहेका छन् । वाम गठबन्धन कार्यदलबाट आपूmलाई टिकट दिने निर्णय भए पनि अन्तिम समयमा चलखेल गरी एमालेका दल रावललाई दिइएको उनको आरोप छ । ‘मैले उम्मेदवारी दिएको क्षेत्रमा बहुसंख्यक जनताको समर्थन मलाई छ,’ उनले भने, ‘त्यो जनमतलाई शान्त पार्ने शक्ति दिइयोस्, म उम्मेदवारी फिर्ता लिन तयार छु ।’ कतिपयले स्वतन्त्र उम्मेदवारीलाई आर्थिक स्वार्थसँग जोडेका छन् । कर्णालीको एक जिल्लामा वाम गठबन्धनका प्रतिनिधिसभा सदस्य उम्मेदवारविरुद्ध उनकै पूर्वव्यावसायिक साझेदारले बागी उम्मेदवारी दिएका छन् । साझेदारीमा ठेक्काको काम गर्दा आपूmले पाउनुपर्ने रकम नदिएको र अहिले अप्रत्यक्ष रुपमा उक्त रकमलाई उम्मेदवारी फिर्तासँग जोडेको स्थानीय नेताको भनाइ छ । ‘उहाँले प्रत्यक्ष रुपमा त पैसा माग्नुभएको छैन, तर डुबेको पैसा असुल्न उम्मेदवारी दिएको बताउने गरेको चर्चा चलेको छ,’ ती नेताले भने, ‘त्यसैले मेरो विचारमा यो उम्मेदवारी आर्थिक लेनदेनसँगै जोडिएको छ ।’  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE