Khabar Dabali २३ माघ २०८२ बिहीबार | 5th February, 2026 Thu
Investment bank

घोषणापत्रविनै दलहरू चुनाव प्रचारमा

\"\"काठमाडौं । चुनावी एजेन्डा र घोषणापत्रविनै मुख्य दलहरू चुनाव प्रचारप्रसारमा होमिएका छन् । प्रचारमा गइसकेका दलहरूले घोषणापत्र निर्माण कार्य अन्तिम चरणमा पुगेको बताएका छन् ।राष्ट्रिय प्रजातन्त्र पार्टी, नयाँ शक्ति नेपाल र राप्रपा प्रजातान्त्रिकसँग चुनावी तालमेल गरेको कांग्रेसले उम्मेदवारी घोषणासँगै धेरै जिल्लामा प्रचारप्रसार सुरु गरिसकेको छ । पार्टी नेता गगन थापाले पहिलो र दोस्रो चरणको निर्वाचनका प्रचार प्रसारका लागि बालकृष्ण खाँडको संयोजकत्वमा निर्वाचन प्रसारप्रसार समिति गठन गरिएको र शीर्ष नेताहरू खटिने स्थानका विषयमा छिट्टै निर्णय हुने जानकारी दिए । आजको अन्नपूर्णपोष्ट दैनिकमा खबर छ– घोषणापत्रको मस्यौदालाई मंगलबार पार्टी सभापति शेरबहादुर देउवासहित केन्द्रीय नेतासँग छलफल गरी स्वीकृत गरेको छ । ‘तीन दिनभित्रै पार्टीले घोषणापत्र सार्वजनिक गर्नेछ’, थापाले अन्नपूर्णसँग भने । निर्वाचनमा दलहरूसँग तालमेल गरिए पनि कांग्रेसको एकल घोषणापत्र हुने नेता खाँड बताउँछन् । तर, निर्वाचन प्रसारप्रसार भने संयुक्त रूपमा गर्ने गरी कार्यक्रम तय गरिने उनले जनाए ।दोस्रो चरणको निर्वाचनका लागि उम्मेदवार छनोट गरेपछि औपचारिक रूपमा निर्वाचन प्रसारप्रसार सुरु हुने कांग्रेसले जनाएको छ । दोस्रो चरणको उम्मेदवार छनोटका लागि कांग्रेसले बुधबार संसदीय बोर्डको बैठक डाकेको छ ।माओवादीसँग चुनावी तालमेल गरेको एमालेले पनि चुनाव प्रचारप्रसारलाई तीव्र पारेको छ । एमाले प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले प्रत्यक्षतर्फका उम्मेदवारले आफ्नो ढंगले जिल्लामा चुनावी कार्यक्रम सुरु गरिसकेको बताए । एमाले रमाओवादीले कात्तिक १० मा संयुक्त घोषणापत्र सार्वजनिक गर्ने जनाएका छन् । दोस्रो चरण अर्थात् मंसिर २१ को निर्वाचनका लागि उम्मेदवार छनोट कार्य भइरहेको र घोषणापत्र सार्वजनिक भएपछि औपचारिक रूपमा चुनावी अभियान सुरु हुने एमाले प्रचार विभाग प्रमुख ज्ञवालीले बताए । उनका अनुसार संयुक्त रूपमा जिल्ला(जिल्लामा चुनावी कार्यक्रम गरिनेछ । पार्टी अध्यक्ष केपी ओली तथा पुष्पकमल दाहाल भने संयुक्त रूपमा चुनावी सभामा सहभागी हुनेछन् । अध्यक्ष ओलीले ताप्लेजुङदेखि दार्जुलासम्मको चुनावी अभियानमा सहभागिता जनाउनेछन् । ‘दाहाल पनि महत्वपूर्ण चुनावी सभामा ओलीसँगै जानुहुनेछ’, ज्ञवालीले भने । प्रत्यक्षतर्फ कात्तिक ५ गते उम्मेदवारी दर्ता गराएका उम्मेदवारलाई निर्वाचन आयोगले कात्तिक ८ मा निर्वाचन चिह्न प्रदान गरिनेछ । मंसिर २१ मा हुने निर्वाचनका लागि कात्तिक १६ मा उम्मेदवारी मनोयनको कार्यक्रम छ । माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले पनि ३२ वटै जिल्लामा एकल रुपमा चुनावी अभियान सुरु भइसकेको जानकारी दिइन् । ‘दोस्रो चरणको उम्मेदवार छनोट टुंग्याएपछि मात्रै संयुक्त रूपमा चुनावी अभियान सुरु हुनेछ’, उनले भनिन् । संघीय समाजवादीसँग चुनावी तालमेल गरेको राष्ट्रिय जनता पार्टी नेपालले पनि चुनावी अभियान सुरु गरेको छ । राजपाका नेता लक्ष्मणलाल कर्णले पहिलो चरणको निर्वाचनका लागि आफ्नो जिल्लामा चुनावी अभियान सुरु गरिसकेका बताए । दोस्रो चरणको निर्वाचनका लागि उम्मेदवार छनोट भएपछि केन्द्रीय नेता पहिलो चरणको निर्वाचनको चुनावी प्रचारप्रसारमा सहभागी हुने उनी बताउँछन् । पहिलो चरणको निर्वाचनमा भने राजपाका केन्द्रीय नेताले उम्मेदवारी दिएका छैनन् । राजपाले पनि चुनावी घोषणापत्र सार्वजनिक गरिसकेको छैन । चार÷पाँच दिनभित्रै घोषणापत्र जारी हुने नेता कर्ण बताउँछन् । यता, समानुपातिक निर्वाचन प्रणालीतर्फका लागि असोज २९ मा उम्मेदवारको बन्दसूची पेस गरेका दलले सूचीलाई पूर्णता दिने काम गरिरहेका छन् । समानुपातिक उम्मेदवारको कात्तिक १७ मा अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका भएकाले दलहरू बन्दसूची सच्याउन व्यस्त छन् । बन्दसूचीमा जातजातिको प्रतिशत तथा अन्य प्रक्रिया नमिलेको भन्दै आयोगले अधिकांश दललाई सञ्चाएर पेस गर्न पत्र काटेको छ । पहिलो चरणको निर्वाचनमा ३४ दल प्रत्यक्षतर्फ निर्वाचन लड्दै छन् । पहिलो चरणका लागि प्रतिनिधिसभा र प्रदेशसभामा ८ सय ३ जनाको उम्मेदवारी परेको छ । समानुपातिकतर्फ भने जम्मा ४९ दल सहभागी हुँदै छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE