Khabar Dabali २३ माघ २०८२ बिहीबार | 5th February, 2026 Thu
Investment bank

टिकट नपाएको भन्दै कांग्रेसमा सिटौला असन्तुष्ट, झापा ३ बाटै निर्वाचन लड्ने 

\"\"काठमाडौं । निर्वाचन आयोगमा दर्ता भएको समानुपातिक उम्मेदवारको सूचीमा परिसकेका कांग्रेस पूर्वमहामन्त्री कृष्ण सिटौलाले झापा ३ बाटै निर्वाचन लड्ने घोषणा गरेका छन् । आजको नयाँपत्रिका दैनिकमा खबर छ–सोमबार झापा पुगेका उनले नेता कार्यकर्तासँग भने, ‘मसँग सल्लाह नै नगरी मेरो नाम समानुपातिकमा पठाइएको छ, तर म झापा–३ बाटै निर्वाचन लड्छु ।’ कार्यकर्ताले समानुपातिकमै जान आग्रह गरे आफूलाई मान्य हुने पनि उनले बताएका छन् । एमाले र माओवादी केन्द्रले वाम गठबन्धन बनाएपछि कांग्रेसले राप्रपासँग मिलेर बलियो गठबन्धन बनाउन खोजेको छ । त्यसकै चेपुवामा सिटौलाजस्ता शीर्ष नेता पनि परेका छन् । गत संविधानसभा निर्वाचनमा सिटौलासँगै पराजित राप्रपाका राजेन्द्र लिङ्देनका लागि सिट छोड्न कांग्रेस तयार भएको छ । कांग्रेसले गत संविधानसभामा झापामा चार क्षेत्र जितेको थियो । एमालेको पकड भएको झापामा सिटौलाजस्ता प्रभावशाली नेता चुनावमा नजाँदा यसको फाइदा वाम गठबन्धनलाई हुन्छ, कांग्रेस कार्यकर्ताको मनोबल गिर्छ भन्नेहरूले पनि सिटौलालाई प्रत्यक्षमै उठ्न सुझाब दिइरहेका छन् । विधानविपरीत बनेको समितिले मनपरि गरेको आरोप –जिल्लामा आफ्नो प्रभाव रहे पनि टिकट नपाएकोमा कांग्रेसका केही नेता असन्तुष्ट छन् । संखुवासभा कांग्रेसमा तीनपटक सभापति भएका तारामान गुरुङ प्रदेश र प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार बन्नबाट वञ्चित भए । उनी गत संविधानसभा निर्वाचनमा संखुवासभा १ बाट विजयी भएका थिए । संखुवासभा २ बाट जितेका दीपक खड्का यसपटक उम्मेदवार बनेका छन् । गुरुङ कृष्णप्रसाद सिटौला र खड्का महामन्त्री डा. शशांक कोइरालानिकट मानिन्छन् । –ओखलढुंगामामा जिल्ला सभापति प्रदीप सुनुवार प्रदेश ‘क’ बाट सिफारिस भए पनि ‘ख’ बाट उम्मेदवार बनाइएका छन् । आफ्नो प्रभाव नभएको क्षेत्रमा उम्मेदवार बनाइएकोमा उनी दुःखी छन् । कमला पन्त लगातार तेस्रोपटक समानुपातिक सूचीमा परेकी छिन् । त्यस्तै, बाग्लुङमा प्रभावशाली उम्मेदवार भए पनि चम्पादेवी खड्कालाई प्रत्यक्षमा उठाइएको भन्दै कांग्रेसमा असन्तुष्टि छ । –कांग्रेसले युवा नेता बद्री पाण्डेलाई प्रतिनिधिसभा र प्रदेश सभा दुवैमा टिकट दिएन । प्रतिनिधिसभाको समानुपातिक सूचीमा समेत उनको नाम छैन । बाजुराका पाण्डे गत संविधानसभामा समानुपातिकबाट सांसद बनेका थिए । बाजुराबाट जिल्ला सभापति कविराज पण्डितलाई प्रतिनिधिसभाको टिकट दिइएको छ । उम्मेदवार छान्ने १४ सदस्यीय समिति विधानविपरीत २२ सदस्यीय बनाइएको, समितिका सबै सदस्यको हस्ताक्षर नगरी टुंगो लगाइएको, केन्द्रीय समितिबाट अनुमोदन नगरिएको भन्दै नेतृत्वको आलोचना सुरु भएको छ । असन्तुष्टि जनाउनेमा कृष्णप्रसाद सिटौला र रामचन्द्र पौडेल पक्षका नेता छन् । विधानविपरीत संसदीय समिति २२ सदस्यीय बनाइयो । अझै यसमा दुई सदस्यले थप हालीमुहाली गरेका छन् । टिकट वितरण निर्णयको माइन्युटमा समितिकै सदस्यको हस्ताक्षर छैन,’ कांग्रेसका एक केन्द्रीय सदस्य भन्छन्, ‘दाबेदार र प्रभावशालीलाई समेत टिकट दिइएको छैन ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE