Khabar Dabali २३ माघ २०८२ बिहीबार | 5th February, 2026 Thu
Investment bank

प्रचण्डको क्षेत्रमा को बलियो, कति छ गठबन्धनको मत ?

\"\"काठमाडाैं । आगामी प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट माओवादी अध्यक्ष प्रचण्डले उम्मेदवारी दिने भएपछि देशभर चर्चा छ । आजको नयाँपत्रिका दैनिकमा खबर छ– गत स्थानीय तह निर्वाचनमा यस क्षेत्रमा वाम गठबन्धनको मत कांग्रेस–राप्रपा गठबन्धनको भन्दा आठ हजार बढी छ । यस क्षेत्रमा पर्ने भरतपुर महानगरपालिकाको मेयर र उपमेयरका लागि कांग्रेस र माओवादीले गठबन्धन गरेका थिए । भरतपुर महागनरका १९ वडाका वडाध्यक्षमा दुवै पार्टी प्रतिस्पर्धी थिए । ती वडाका अध्यक्षका उम्मेदवार र माडी नगरपालिकाका वडाध्यक्ष उम्मेदवारको मत विश्लेषण गर्दा वाम गठबन्धन अगाडि देखिएको हो । माडी क्षेत्रबाट दोस्रो संविधानसभामा विजयी राप्रपा प्रजातान्त्रिकका विक्रम पाण्डे कांग्रेससँग मिलेर प्रचण्डविरुद्ध निर्वाचन लड्दैछन् । कांग्रेसले साथ दिने भएपछि उनलाई पनि बलियो उम्मेदवार मानिएको छ । वाम गठबन्धनको मत क्षेत्र नम्बर ३ मा पर्ने भरतपुरका १९ वटा वडामा एमालेले कुल २१ हजार पाँच सय ३९ मत पाएको छ । त्यस्तै, माडी नगरपालिकामा चार हजार दुई सय ३८ मत ल्याएको छ । यस क्षेत्रमा एमालेको कुल मत २५ हजार सात सय ७७ छ । त्यस्तै, भरतपुरमा माओवादीका वडाध्यक्ष उम्मेदवारले १४ हजार तीन सय ६४ र माडी नगरपालिकामा तीन जहार सात सय ६६ मत पाए । उसको जम्मा मत १८ हजार एक सय ३० छ । यस क्षेत्रमा वाम गठबन्धनले पाएको जम्मा मत ४३ हजार नौ सय सात छ । लोकतान्त्रिक गठबन्धनको मत क्षेत्र नम्बर ३ मा पर्ने भरतपुरका १९ वटा वडामा नेपाली कांग्रेसका वडाध्यक्षहरूले प्राप्त गरेको कुल मत २३ हजार चार सय ८७ छ । माडी नगरपालिकामा कांग्रेसको वडाध्यक्षले तीन हजार चार सय ३६ मत प्राप्त गरेका छन् । दुवै गरी कांग्रेसको कुल मत २६ हजार नौ सय २३ छ। लोकतान्त्रिक गठबन्धनकै राप्रपाका वडाध्यक्षले भरतपुर महानगरका १९ वटा वडामा पाँच हजार दुई सय ३८ छ । माडीमा राप्रपाका वडाध्यक्षले कुल तीन हजार एक सय १४ मत ल्याएका छन् । राप्रपाको कुल मत आठ हजार तीन सय ५२ छ । कांग्रेस र राप्रपाको कुल मत ३५ हजार दुई सय ७५ छ । यस क्षेत्रमा लोकतान्त्रिक गठबन्धनको भन्दा वाम गठबन्धनले आठ हजार ६ सय ३२ मत बढी पाएको छ । वडामा एमाले बलियो क्षेत्र नम्बर ३ मा भरतपुर महानगरपालिका र माडी नगरपालिकाका २८ वटा वडा छन् । जसमा एमालेका १२ वडाध्यक्ष विजयी भएका छन् । माओवादीले ६ वटा वडा जितेको छ । त्यस्तै, कांग्रेसको १० वटा वडा जित्दा राप्रपाले कुनैमा पनि जित हासिल गर्न सकेन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE