Khabar Dabali २३ माघ २०८२ बिहीबार | 5th February, 2026 Thu
Investment bank

१४ वर्षीया बालिकाको बिहे, ५० लाख खर्च, ४० गाडीमा तीन सय जन्ती

\"\"नेताको घरमा आए भारतबाट ४० गाडीमा तीन सय जन्ती – फूलमाला र बत्तीले झिलिमिली भव्य मण्डप । छिमेकीदेखि टाढाटाढाका आफन्त । खानपिनका लागि विभिन्न थरी परिकार । लाहान, नयाँ बजारका मोहम्मद ताहिर अन्सारीले छोरीको बिहेका लागि सम्पूर्ण तयारी गरेका थिए । मात्र प्रतीक्षा थियो जन्तीको । आजको नयाँपत्रिका दैनिकमा खबर छ–राति करिब ११ बजे जन्तीको लावालस्कर पनि आयो । ४० गाडीमा तीन सय जन्ती मण्डपमा भित्रँदा बेहुलीका अभिभावकको अभिमानसमेत बढेको थियो। स्वागतसँगै जन्ती खानपिनमा लागे । अभिभावक निकाह ९बिहे०को तयारीमा लागे । सम्पूर्ण रूपले सिँगारिएकी बेहुलीलाई कोठाबाट मण्डपतिर लगिँदै थियो । त्यही वेला फिल्मी शैलीमा ‘यो बिहे हुन सक्दैन’ भन्दै प्रहरी पुग्यो । समारोहमा अचानक बिघ्न उत्पन्न भएपछि सबैजना अत्तालिए । प्रहरीले अभिभावकलाई सोधे, ‘बेहुलीको उमेर कति हो ?’ अभिभावकले सुरुमा आनाकानी गरे पनि खुलासा गर्न बाध्य भए, ‘बेहुलीको उमेर १४ वर्ष मात्रै छ ।’ उमेर नपुगेकी बालिकाको बिहे गर्न पाइँदैन, अभिभावक र साक्षीलाई समेत मुद्दा लाग्छ भनेर प्रहरीले ठुल्ठूलो स्वरमा भन्न थालेपछि आफन्तहरूको भागाभाग भयो । बेहुलीपक्ष मात्र होइन, नाच्दैगाउँदै आएका जन्ती पनि तितरबितर हुँदै भाग्न थाले । ५० लाख रुपैयाँ खर्च गरेर आयोजना गरिएको बिहे समारोहमा कोलाहल मच्चियो । तर, प्रहरीले कसैलाई गिरफ्तार गरेन । घरछेउकै मेरी चिल्ड्रेन एकेडेमीमा कक्षा ७ मा अध्ययनरत बालिकालाई बिहे गर्न आएका बिहार मधुवनीका मोहम्मद आशिफ एकवाल भने ३० वर्षका छन् । स्थानीयका अनुसार जन्तीको स्वागतका लागि मात्रै १० लाख खर्च भएको छ । जन्तीलाई खुवाउन ८ वटा खसी काटिएको थियो । करिब २ लाखको मण्डप सजाइएको थियो । दाइजोको रूपमा बेहुलालाई दिन करिब ४० लाखबराबरको कार किनिएको थियो । बालिकाको बिहे गराउन खोजेकोमा अभिभावकलाई अहिले पनि पछुतो छैन । बरु बिहेका लागि भएको खर्च खेर गएकोमा भने उनीहरू दुःखी छन् । उनले भने, ‘विवाहका सबै सामान बर्बाद भएका छन् ।’ नाबालिक छोरीको बिहे आयोजना गर्ने बाबुआमा आर्थिक रूपमा सम्पन्न र सामाजिक रूपमा प्रतिष्ठित मानिन्छन् । आमा अमिना खातुन राप्रपाकी नेतृ हुन् । गत निर्वाचनमा लाहान नगरपालिकाबाट उपमेयरमा उम्मेदवार बनेकी उनी तीन हजार १९७ मत ल्याएर चौथो भएकी थिइन् । त्यस्तै बाबु मोहम्मद ताहिर पनि दोस्रो संविधानसभा निर्वाचनमा नेपाल लोकतान्त्रिक पार्टीका तर्फबाट सिरहा–१ बाट उम्मेदवार बनेका थिए । उनीहरू जग्गा कारोबारमा समेत छन् । इलाका प्रहरी कार्यालय लाहानका प्रमुख नरेशराज सुवेदीले नाबालिकाको बिहे हुन थालेको सूचनाका आधारमा हस्तक्षेप गरेको बताए । ‘अवैध र अमानवीय यस्तो कार्यमा सहभागी हुन कारजिप चढेर तीन सय मान्छे आएको देख्दा हामी पनि चकित परेका छौँ,’ उनले भने । प्रहरी नायब उपरीक्षक सुवेदीले मंगलबार बिहान बालिका र बुबा ताहिर अन्सारीलाई इलाका प्रहरी कार्यालय लाहानमा हाजिर गराएर चेतावनीसहित छोडेको बताए । बिहेको उमेर कम्तिमा २० वर्ष नेपालको बर्तमान मुलुकी ऐन २०२० को भाग ४ को विवाहवारी सम्बन्धी महलमा केटा र केटी दुबैको उमेर अनिवार्य २० बर्ष पुगि सकेको हुनुपर्ने उल्लेख छ । पहिले अभिभावकको सहमतिमा १८ बर्षमा विवाह गर्न पाउने कानूनी व्यवस्था थियो । २० बर्ष नपुगी विवाह गराएमा विवाह गराउने पण्डित, जन्ती र कुरा छिन्ने व्यक्ति ९लमी०लाई एक महिना कैद र एक हजार रुपैयाँ जरिबाना गर्न सक्ने कानूनी व्यवस्था छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE