Khabar Dabali २३ माघ २०८२ बिहीबार | 5th February, 2026 Thu
Investment bank

नरम नेताको कडा टक्कर, दिलबहादुर घर्ती र देवप्रसाद गुरुङमा कस्ले मार्ला बाजी

\"\"काठमाडौं । दिलबहादुर घर्ती र देवप्रसाद गुरुङका ओठमाथि जुंगाका रेखी देखिँदैनन् । ‘लामो जुंगा भएकाहरूको जिल्ला’ भनिने लमजुङको एक मात्र निर्वाचन क्षेत्रमा यिनै दुई नेता मंसिर १० गते हुने निर्वाचनमा प्रतिनिधिसभा सदस्य पदका मुख्य प्रतिस्पर्धी हुन् । फरक सैद्धान्तिक आधार र विचार बोक्ने पार्टीबाट प्रतिस्पर्धामा उभ्याइएका यी नेताका आनीबानी भने मिल्दाजुग्दा छन् । दुवै धेरै नबोल्ने नेताका रूपमा चिनिन्छन् । कांग्रेस नेता घर्ती लोकतान्त्रिक गठबन्धन र माओवादी नेता गुरुङ वाम गठबन्धनका साझा उम्मेदवार हुन् ।आजको कान्तिपुर दैनिकमा खबर छ–संविधानसभा निर्वाचन २०७० मा यी दुवै नेता प्रत्यक्ष चुनाव लडेनन् । घर्ती समानुपातिकबाट सांसद भए । संविधान निर्माणमा सामेल भए । गुरुङ वैद्य नेतृत्वको नेकपा–माओवादीमा लागेर निर्वाचन बहिष्कार गरे । संविधानसभा निर्वाचन २०६४ मा भने घर्ती लमजुङ क्षेत्र नं २ बाट पराजित भए । गुरुङ मनाङ र कास्की–१ दुई क्षेत्रबाटै सभासद निर्वाचित भए । यसपालि संघीय संरचनाले यी दुई नेतालाई सँगै चुनाव लड्न जुराइदिएको छ । घर्ती र गुरुङ दुवै आदिवासी जनजाति हुन् तर कहिल्यै जनजातिका मुद्दा नबोकेको आरोप दुवैमाथि लाग्दै आएको छ । लमजुङमा ०४७ यताका हरेक चुनाव जित्दै आएको कांग्रेसले संविधानसभा निर्वाचन ०६४ मा भने साख जोगाउनै सकेन । एमाले र माओवादीले एकरएक क्षेत्रमा कम्युनिस्ट झन्डा फहराए । तत्कालीन क्षेत्र नं। १ माओवादीले जित्यो, २ एमालेले । ०७० मा एमालेले क्षेत्र नं २ गुमायो, कांग्रेसले झन्डा फहरायो । १ मा भने एमालेले जित्यो । अहिले एकै क्षेत्रमा सीमित लमजुङको गुमेको साख फर्काउन कांग्रेसले घर्तीलाई अघि सारेको छ । कम्युनिस्ट झन्डा फहराउन वाम गठबन्धनले गुरुङलाई जिम्मा दिएको छ । पार्टी नेतृत्वमा गिरिजाप्रसाद कोइराला छउन्जेल घर्ती कांग्रेस केन्द्रीय सदस्य बने । संसद्को राज्यव्यवस्था समितिको निवर्तमान सभापति हुन् उनी । मध्यनेपाल नगरपालिका–१, जिता घर भएका उनी काठमाडौं बस्छन् । कार्यक्रम हुँदाबाहेक जिल्ला नआउने नेता भनी घर्ती कार्यकर्ताबाटै आलोचित पनि छन् । उनी ०५६ सालमा राष्ट्रिय सभाका सचेतक बने । जिल्लाबाटै राजनीति सुरु गरे पनि पछिल्लो समय केन्द्रीय राजनीतिमा भिजे । पञ्चायतविरुद्ध लागेको आरोपमा उनलाई ‘राजकाज अपराध ऐन’ मुद्दामा सर्वस्वहरणसहित देशनिकाला गरियो । भारतको बनारस पुगेका घर्तीको संगत बीपी कोइरालासँग भयो । बनारसबाट फर्केपछि उनी ०३६ सालमा भएको नेविसंघको केन्द्रीय अधिवेशनबाट महामन्त्री निर्वाचित भएयता उनले स्वदेशमै सक्रिय राजनीति गरे । मनाङको नासोङ गाउँपालिका–४ ओडार घर भएका गुरुङको बाल्यकाल मामागाउँ लमजुङको बिम्दामा बित्यो, शिक्षादीक्षा कास्कीमा । जिल्लामा नेता नपाएर मनाङका व्यक्तिलाई ल्याइएको आरोप पार्टीमाथि छ । सशस्त्र युद्धका बेला ४ वर्ष जेल काटेका उनी दुई पटक मन्त्री बने । ०३५र३६ सालको विद्यार्थी आन्दोलनबाट राजनीतिमा लागेका गुरुङ दुई वर्षपछि नेकपा मसालको केन्द्रीय सदस्य बने । ०४० सालमा अनेरास्ववियु आठौं राष्ट्रिय सम्मेलनबाट केन्द्रीय अध्यक्षमा निर्वाचित भए । पार्टी एकतापछि ०४७ सालमा एकताकेन्द्रको केन्द्रीय सदस्य बने । ०४८ को आमनिर्वाचनमा संयुक्त जनमोर्चाका तर्फबाट ‘एक वाम एक ठाम’ को नारासहित उनी लमजुङ–१ ९हालको प्रदेश ‘क’० बाट चुनाव लडे, हारे । ०५१ मा पार्टीको पोलिटब्युरो सदस्य बने । सशस्त्र युद्धका बेला भूमिगत उनी ०६१ मा स्थायी कमिटी सदस्य बने । ०६२ मा नेकपा (माओवादी) का तर्फबाट वार्ता टोलीको सदस्य बने । शान्ति प्रक्रियापछि ०६४ मा अन्तरिम विधायिका संसद् सदस्य हुँदै गुरुङ संसदीय दलको उपनेता बने । त्यसपछि सांसद, मन्त्री र एकीकृत माओवादीको संसदीय दलका प्रमुख सचेतकको भूमिकामा रहे । पार्टी फुटेपछि मोहन वैद्यसँगै गएका उनी पुनस् माओवादी केन्द्र फर्किए । जिल्लामा घर्तीको अलोकप्रियता र गुरुङ बेजिल्लाका भएकाले प्रतिनिधिसभा चुनाव यी दुवैका लागि अग्निपरीक्षा झैं बनेको विश्लेषण छ । चुनाव भने दुवैले जित्ने दाबी गरिरहेका छन् । मतदाताले आफ्नै जिल्लाकालाई जिताउनेमा घर्ती आशावादी छन् । ‘आफ्नै जिल्लाले आफ्नै जिल्लाकालाई भोट दिने भएकाले मेरो जितलाई कसैले रोक्न सक्दैन,’ उनी भन्छन् । गुरुङ भने दुवै वाम पार्टीका मतले जित्ने दाबी गर्छन् । ‘स्थानीय चुनावको पहिलो र तेस्रो पार्टीको साझा उम्मेदवार भएकाले मेरो जितलाई कसैले रोक्न सक्दैन,’ गुरुङले भने । निर्धक्क भने दुवै देखिँदैनन् । संविधानसभा निर्वाचन ०७०, क्षेत्र नं १ मा एमालेका प्रत्यक्ष उम्मेदवारले ११ हजार ३ सय ९ र कांग्रेस उम्मेदवारले १० हजार ४ सय ११ मत पाएका थिए । एकीकृत माओवादी उम्मेदवारले ६ हजार ३ सय ५५ र राप्रपाका उम्मेदवारले २ हजार २ सय ५३ पाएका थिए । अन्य ६ उम्मेदवारले १ हजार ५ सय ३६ मत पाएका थिए । एमाले र माओवादीको जोडदा १७ हजार ६ सय ६४ मत हुन आउँछ । कांग्रेस र राप्रपाको जोडेर १२ हजार ६ सय ६४ र अन्यको १ हजार ५ सय ३६ समेत जोडदा १४ हजार २ सय हुन आउँछ । क्षेत्र नं २ मा कांग्रेस उम्मेदवारले १४ हजार ७ सय ६५ मत पाएका थिए भने एमाले उम्मेदवारले १४ हजार ९३ । माओवादी उम्मेदवारले ५ हजार २ सय ९५ मत ल्याएका थिए । अन्य राजनीतिक दलले १ हजार ५ सय कटाएनन् । यसमा एमाले–माओवादीको १९ हजार ३ सय ८८ र कांग्रेससहित अन्य दलको १६ हजार २ सय ६५ मत हुन आउँछ । दुवै गर्दा एमाले–माओवादीको पक्षमा ३७ हजार ५२ र कांग्रेसलगायतको पक्षमा २८ हजार ९ सय २९ मत परेको थियो । जिल्लामा ४ नगर र ४ गाउँपालिका गरी ८ स्थानीय तह छन् । स्थानीय तह निर्वाचनमा देशभर कांग्रेस–माओवादी केन्द्र गठबन्धन भए पनि लमजुङमा एमाले–माओवादी केन्द्र गठबन्धन भएको थियो । यसैलाई आधार मानेर अहिले एमाले–माओवादी गठबन्धन भएको कतिपयले बताउन थालेका छन् । एमालेले ५ प्रमुख तथा अध्यक्ष र माओवादी केन्द्रले ३ प्रमुख तथा उपप्रमुख साथै एमालेले ५ उपप्रमुख तथा उपाध्यक्ष र माओवादी केन्द्रले ३ उपप्रमुख तथा उपाध्यक्षमा सहमति गरेर चुनाव लडेका थिए । दूधपोखरीमा कांग्रेस उम्मेदवारसँग गठबन्धनका अध्यक्षरउपाध्यक्ष नै पराजित भएका थिए । गठबन्धनबाट २ तहमा अध्यक्ष र ३ तहमा उपाध्यक्षका उम्मेदवार पराजित भएका थिए । लमजुङ प्रदेशसभा ‘क’ मा गठबन्धनबाट एक अध्यक्ष र दुई उपप्रमुख पराजित भएको थियो । प्रदेशसभा ‘ख’ मा एक प्रमुख र एक उपप्रमुख गठबन्धनका उम्मेदवार पराजित भएका थिए । जिल्लामा १ लाख १५ हजार ४ सय ४९ मतदाता छन् । स्थानीय तह चुनावमा १ लाख ५ हजार ९ सय ९२ थिए ।    
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE