Khabar Dabali २३ माघ २०८२ बिहीबार | 5th February, 2026 Thu
Investment bank

यसरी हुन्छ राष्ट्रिय सभा निर्वाचन

\"\"काठमाडौं । सरकारले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आवश्यक कानुन अध्यादेशमार्फत जारी गर्ने तयारी गरेको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाका अनुसार एकल संक्रमणीय मत प्रणालीबाट राष्ट्रिय सभा सदस्य चयन हुने गरी अध्यादेश जारी गर्ने गृहकार्य चलिरहेको छ । यसअघि सरकारले संसद्मा पेस गरेको विधेयकमा राष्ट्रिय सभा सदस्यको चयन बहुमतीय प्रणालीबाट हुने व्यवस्था प्रस्तावित थियो । आफ्नै नेतृत्वको सरकारले पेस गरेको विधेयकमा प्रमुख सत्तारूढ कांग्रेसकै सांसदहरूले संशोधन प्रस्ताव दर्ता गराएपछि उत्पन्न विवाद समाधान नहुँदै संसदको कार्यकाल सकिएको थियो । एकल संक्रमणीय प्रणालीअनुरूप विधेयकमा संशोधन गर्नुपर्ने कांग्रेसको अडानलाई एमाले नेतृत्वको वामपन्थी गठबन्धनले अस्वीकार गरेको थियो । ‘राष्ट्रिय सभामा दलहरूको स्ट्रेन्थअनुसारको प्रतिनिधित्व गराउन एकल संक्रमणीय मत प्रणाली आवश्यक छ,’ मन्त्री थापाले भने, ‘यसै प्रणालीअनुरूप अध्यादेश तयार भएको छ । छिट्टै अध्यादेश पारित गरी प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाउँछौं ।’ उनका अनुसार प्रत्येक प्रदेशबाट निर्वाचित हुने ३ महिला र ३ अन्य ९खुला० कोटाका उम्मेदवारलाई मतदाता ९निर्वाचक मण्डलका सदस्य० ले प्राथमिकताक्रम अनुसार मत दिनुपर्ने व्यवस्था प्रस्तावित छ । ‘अल्पसंख्यक वा अपांगता भएका व्यक्ति र दलितको हकमा एकरएक सिट भएकाले सबभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवार नै विजयी हुन्छ,’ थापाले भने, ‘बाँकी समूहमा एकल संक्रमणीय मत प्रणाली लागू हुन्छ ।’ राष्ट्रिय सभाका ५९ मध्ये ५६ सदस्यको चयन प्रदेशसभाका सदस्य र स्थानीय तहका प्रमुख–उपप्रमुख सम्मिलित निर्वाचक मण्डलबाट हुने संवैधानिक व्यवस्था छ । प्रत्येक प्रदेशबाट कम्तीमा तीन महिला, एक दलित, एक अल्पसंख्यक वा अपांगता भएका व्यक्ति र तीन अन्य गरी ८ सदस्य चयन गर्दा प्रदेशसभाका सदस्य र स्थानीय तहका प्रमुख–उपप्रमुखको मतको भार संघीय कानुनमा उल्लेख भएबमोजिम फरक हुने संवैधानिक व्यवस्था छ । यसअघि सरकारले सदनमा पेस गरेको विधेयकमा प्रदेशसभा सदस्यको मतको भार ४८ र स्थानीय तहका प्रमुख–उपप्रमुखको मतको भार १८ प्रस्तावित थियो । उम्मेदवारमध्ये सबभन्दा बढी मत ल्याउने विजयी हुने बहुमतीय प्रणाली विपरीत एकल संक्रमणीय मत प्रणालीमा निर्वाचक मण्डलका सदस्यले एकभन्दा बढी उम्मेदवारलाई प्राथमिकताक्रम अनुसार मत दिन पाउँछन् । उम्मेदवारले प्राप्त गरेको विजयी हुन आवश्यक संख्याभन्दा बढी मत दोस्रो प्राथमिकतामा संक्रमण हुने प्रणालीमा कुनै पनि खेर जाँदैन । निर्वाचक मण्डलको शक्ति सन्तुलनअनुसार प्रतिनिधित्व हुने यस प्रणालीले अल्पमतलाई उसको शक्तिअनुसारको प्रतिनिधित्व सुनिश्चित गराउँछ । निर्वाचक मण्डलका सदस्यबीच मतभारको अन्तर र प्रत्येक प्रदेशमा चार समूहबाट निर्वाचित हुनुपर्ने संवैधानिक व्यवस्थाका कारण एकल संक्रमणीय मत प्रणालीको हिसाब निकाल्न अप्ठ्यारो हुन्छ । ‘विज्ञान प्रविधिको विकासले सबै हिसाब सम्भव बनाएको छ,’ मन्त्री थापाले भने, ‘हामीसँग यस्तो गणना गर्न सक्ने निर्वाचनविज्ञको कमी छैन ।’ २०४७ को संविधानअनुसार राष्ट्रिय सभाका ६५ मध्ये ३५ सिट (प्रतिनिधिसभाबाट निर्वाचित हुने) का लागि एकल संक्रमणीय निर्वाचन प्रणालीको अभ्यास भएको थियो । त्यतिबेला स्थानीय निकायका प्रतिनिधिले निर्वाचित गर्ने सिट ९प्रत्येक विकास क्षेत्रबाट ३/३० को अलग्गै व्यवस्था थियो ।    
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE