Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

माओपछिकै शक्तिशाली सी, के हो ‘सी चिनफिङवाद’ ?

\"\" काठमाडौं । चीनको सत्तारूढ कम्युनिस्ट पार्टीले राष्ट्रपति सी चिनफिङको नाम र विचारधारालाई आफ्नो विधानमा ‘माओवाद’ सरह स्थान दिएको छ । बेइजिङमा जारी पार्टी महाधिवेशनको अन्तिम सत्रले उनको ‘नयाँ युगमा चिनियाँ विशेषतासहितको समाजवाद’लाई ‘सी चिनफिङवाद’का रूपमा विधानमै ग्रहण गर्ने सर्वसम्मत निर्णय गरेको हो । आजको कान्तिपुर दैनिकमा खबर छ– पार्टी विधानमा सीको नयाँ युगलाई महत्त्वपूर्ण विचारधारा र वैज्ञानिक विकाससम्बन्धी धारणासँगै मिलेर चिनियाँ कम्युनिस्ट पार्टीको निर्देशिका बनाउने कुरा समेटिएको छ । महाधिवेशनमा सीले प्रस्तुत गरेको प्रतिवेदनलाई ‘चिनियाँ कम्युनिस्ट पार्टी र सम्पूर्ण चिनियाँहरूको नेतृत्व गरी नयाँ युगमा चिनियाँ विशेषतायुक्त समाजवादको विकास गर्ने राजनीतिक घोषणापत्र तथा कार्यक्रम निर्देशिका र माक्र्सवाद तथा लेनिनवादको निर्देशिका दस्तावेज भएको’ ठहर गरिएको छ ।   गत बुधबार सुरु महाधिवेशन उद्घाटन सत्रमा सीले ‘नयाँ युगमा चिनियाँ विशेषतासहितको समाजवाद’ आवश्यक भएको व्याख्या गर्दै ३ घण्टा लामो सम्बोधन गरेका थिए । सीको उक्त विचारधारा सम्मेलनमा प्रस्तुत भएपछि पार्टीका शीर्ष अधिकारी र सञ्चारमाध्यमका तर्फबाट लगातार यसको प्रशंसा हुँदै आएको थियो । यसले चिनियाँ कम्युनिस्ट पार्टीमाथि राष्ट्रपति सीको पकड विधानमै संस्थागत भएको छ । राष्ट्रपति सी माओत्से तुङपछि चीनकै सर्वशक्तिमान नेता बनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । चिनियाँ सञ्चारमाध्यमले उनलाई पार्टी संस्थापक माओ बराबरको स्थान दिइएको बताएका छन् । पार्टी विधानमै ‘सी चिनफिङवाद’ उल्लेख भएपछि चीनमा कसैले पनि सीको विरोध गर्ने वा चुनौती दिन नसक्ने बीबीसीले जनाएको छ । पार्टी विधानमा गरिएका संशोधनले सीलाई थप शक्तिशाली बनाएको छ । पछिल्लो संशोधनको अर्थ राष्ट्रपति सीलाई दिइने कुनै पनि चुनौती कम्युनिस्ट पार्टीको शासनका निम्ति खतराका रूपमा लिइनेछ । सन् २०१२ मा पार्टी महासचिव भएदेखि नै सीलाई निकै शक्तिशाली नेताका रूपमा चित्रित गर्न थालिएको हो । पूर्वज हु चिन थावो र च्याङ च मिनको तुलनामा उनले आर्थिक तथा कूटनीतिक कार्यलाई तीव्र रूपमा बढाएका छन् । सीको चिनियाँ सपनाले सांस्कृतिक, आर्थिक, औद्योगिक, प्राविधिक, सामाजिक, कूटनीतिक सबै क्षेत्रबाट चीनलाई पुनर्जागरण गराउने काम गरेको छ । कम्युनिस्ट पार्टीको विधानमा कतिपय चिनियाँ नेताको विचारधारा समेटिए पनि यसअघि माओको विचारधारा मात्र ‘वाद’ का रूपमा समावेश थियो । संविधानमा माओत्से तुङ र देङ सियाओ पेङको विचारधारा मात्र उल्लेख छ । देङको नाम उनको मृत्युपछि मात्र संविधानमा समावेश गरिएको हो । पार्टीको पछिल्लो निर्णयसँगै अब चीनमा विद्यालय तथा कलेजमा अध्ययनरत छात्रछात्रा तथा सरकारी कर्मचारी गरी करिब ९ करोड कम्युनिस्ट पार्टीका सदस्यले अनिवार्य रूपमा ‘सी चिनफिङवाद’ पढ्नेछन् । पार्टीले सी चिनफिङवादको सुरुवातसँगै चीन आधुनिक युगको तेस्रो चरणमा प्रवेश गरेको जनाएको छ । गृहयुद्धमा फसेको देशलाई निकास दिन चिनियाँ नागरिकलाई एकत्रित गरेको भन्दै पार्टी संस्थापक माओको शासनकाललाई पहिलो चरण मान्ने गरिन्छ । चीनलाई थप एकीकृत, अनुशासित र विदेश नीतिमा मजबुत बनाएका कारण देङ सियाओ पेङको शासनकाललाई दोस्रो चरण मानिएको छ । महाधिवेशनले तत्कालीन अठारौं केन्द्रीय समितिको प्रतिवेदनसँगै अठारौं केन्द्रीय अनुशासन अनुगमन आयोगको कार्यप्रतिवेदनसमेत पारित गरेको छ । महाधिवेशनले सीपीसीको विधान संशोधनसमेत गरेको छ । महाधिवेशनले सीपीसीको केन्द्रीय समिति र केन्द्रीय अनुशासन अनुगमन आयोगको निर्वाचन गरेको छ । ३ सय ७६ निर्वाचित केन्द्रीय समितिमा २ सय ४ जना पूर्णकालीन र १ सय ७२ जना वैकल्पिक सदस्य छन् । त्यसैगरी केन्द्रीय अनुशासन अनुगमन आयोगमा १ सय ३३ सदस्य निर्वाचित भएका छन् । सीपीसीको बुधबार बस्ने पहिलो पूर्ण ९प्लेनम० बैठकले २५ सदस्यीय पोलिटब्युरो र ७ सदस्यीय पोलेटब्युरो स्थायी समिति चयन गर्नेछ । महाधिवेशनबाट २ हजार ३ सय ८७ प्रतिनिधिले प्रान्तीय प्रमुख, गभर्नर र सरकारी स्वामित्वका उद्योगका प्रमुखसमेत चयन भएका छन् । के हो ‘सी चिनफिङवाद’ ? पार्टीको महाधिवेशनको उद्घाटन सत्रमा राष्ट्रपति सीले चिनियाँ विकासको सफलता अरू कुनै ‘वाद’ नभएर समाजवाद भएको धारणा राखेका थिए । सीले ‘पूर्णरूपमा वैज्ञानिक समाजवादको सिको नगरी चिनियाँ वस्तुस्थितिसँग तादात्म्यता’ नै विकासको प्रमुख आधार भएको बताएका थिए । सिन्हवाका अनुसार अब उनको धारणा र साम्यवादको नयाँ स्वरूप नै चीनको ‘प्रमुख विचारधारा’ का रूपमा स्थापित हुने भएको छ । सीले व्याख्या गरेको चिनियाँ विशेषतासहितको समाजवाद अर्थात् ‘सी चिनफिङवाद’ चार दीर्घकालीन रणनीति समावेश छन् । जसमा मध्यम समृद्ध समाजको निर्माण, सुधारका कार्यक्रम, विधिको शासन र पार्टीको सुदृढीकरण समावेश छन् । यी रणनीतिअनुसार विगत ३० वर्षमा चीनले ७० करोड जनतालाई गरिबीको रेखामाथि उठाएको छ । धेरै पश्चिमा देशहरूको आर्थिक वृद्धिदर ओरालो लागिरहेका बेला चीन भने स्थिरतातर्फ अग्रसर छ । यसको कारण पार्टीको शक्तिशाली नेतृत्व र चिनियाँ विशेषतासहितको समाजवाद भएको सिन्हवाले जनाएको छ । सन् १९८२ को राष्ट्रिय कंग्रेसदेखि पार्टीले चिनियाँ विशेषतासहितको समाजवादको नारालाई उठान गरे पनि आधुनिक युगको तेस्रो चरणमा आएर चीनले यसलाई पूर्णरूपमा ग्रहण गरेको हो । दशकौंको तीव्र आर्थिक वृद्धिपछि विश्वकै दोस्रो ठूलो अर्थतन्त्र बनेको चीनको विगत ३ वर्षको कुल गार्हस्थ्य उत्पादन औसत ७।२ प्रतिशतले वृद्धि भएको छ । सीले जनतासमक्ष सन् २०२० सम्म मध्यम समृद्ध समाज निर्माण गर्ने एवं जनताको जीवनशैली सुधार गर्नमा चिनफिङवाद आवश्यक हुने जनाइएको छ । सन् २०२० सम्ममा मध्यम समृद्ध समाजको लक्ष्य हासिल गरेपछि देशभरका जनता सन् २०४९ सम्ममा आधुनिक समाजवादी राष्ट्र निर्माणमा उत्प्रेरित हुने सीले बताएका छन् । सीले अगाडि सारेको ‘सिल्क रोड’ को अवधारणाले चीन मात्र नभई अन्तर्राष्ट्रिय जगत्लाई नै जागरुक बनाएको छ । उनैले प्रस्ताव गरेको एसियाली पूर्वाधार लगानी बैंक भविष्यको सबभन्दा ठूलो वित्तीय संस्थाका रूपमा उदाउने अनुमान गरिएको छ । सुस्त र अन्तर्म‘खी चिनियाँ स्वभाव त्याग्दै सीले शक्तिशाली र विकसित मुलुक मात्र होइन, अल्पविकसित देशको भ्रमण गर्दै छिमेकी देशलाई पनि सम्पन्न बनाएपछि मात्र गरिबी र पछौटेपनबाट मुक्ति हुने कुरालाई अन्तर्राष्ट्रिय जगत्मा राख्दै आएका छन् । चिनियाँ राजनीतिक व्यवस्थाअनुरूप दीर्घकालीन विकास योजना तर्ज‘मा र प्रभावकारी कार्यान्वयन पनि चीनको विकासको अर्को मुख्य उपलब्धि हो । पार्टीले परिवर्तन भइरहने राष्ट्रिय र अन्तर्राष्ट्रिय अवस्थाअनुरूप प्रतिबद्धता र नीति निर्माणमा स्थिर भएकाले पनि चीनलाई उक्त वृद्धिदर कायम राख्न सहयोग मिलेको हो । त्यसैगरी पाँच वर्षअघिको महाधिवेशनपछि अपनाइएको कठोर पार्टी शासन र भ्रष्टाचार नियन्त्रण पनि चिनफिङवादका विशेषता हुन् । विश्वव्यापी शासन सुधारका लागि ‘विन–विन’ सहकार्यमा आधारित अन्तर्राष्ट्रिय सम्बन्ध स्थापित गर्ने र हरेक देशको विकासप्रतिको अधिकार र समान राजनीतिक हैसियतमा चिनफिङवादले जोड दिएको छ ।    
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending