Khabar Dabali २३ माघ २०८२ बिहीबार | 5th February, 2026 Thu
Investment bank

माओबादी–एमालेले साटे पार्टीको झण्डा

\"\"खोटाङ । बाम एकताका क्रममा खोटाङमा एमाले र माओवादी केन्द्रले आपसमा झण्डा साटेका छन् । आसन्न प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेद्वार रहेका एमाले र माओबादी नेताले सुर्य चिन्ह अंकित झण्डा र गोलाकारभित्रको हँसिया हथौडा अंकित झण्डा साटेका हुन्। मंगलबार सदरमुकाम दिक्तेलस्थित समिक्षालय हलमा आयोजित अन्तरघुलन एबं संयुक्त अगुवा कार्यकर्ता भेलामा एमालेकातर्फबाट बामगठबन्धनका प्रतिनिधिसभा सदस्यका उम्मेद्वार बिशाल भट्टराई र क्षेत्र नम्बर २ बाट प्रदेशसभा सदस्यका उम्मेदवार माओवादी केन्द्रका नेता रामकुमार राईबीचमा पार्टीको झण्डा साटासाट गरिएको हो। भट्टराई र राईले आफ्नो पार्टीको झण्डा एकले अर्कोलाई सुम्पिरहँदा क्षेत्र नम्बर १ बाट प्रदेशसभा निर्वाचनमा उठेका एमाले नेता राजन राईले भने कम्युनिष्टको झण्डा फहराएका थिए। आजको नागरिक दैनिकमा खबर छ–उम्मेद्वारद्वयबीचमा एमाले सूर्य चिन्ह अंकित र गोलाकारभित्रको हँसिया हथौडा अंकित झण्डा साटिँदा हलमा उपस्थित नेता तथा कार्यकर्ताले तालीले स्वागत गरेका थिए। विगतका कुरालाई भुलेर नयाँ तरिकाले बाम गठबन्धनलाई सफल बनाएर अघि बढाउनका लागि पार्टीको झण्डा साटिएको बताइएको छ। बाम एकताले पार्टी एक भएको सन्देश दिएर दुबै दलका नेता तथा कार्यकर्तालाई निर्वाचनमा जीत सुनिश्चितताका लागि उत्साहित बनाउन दुई पार्टीको झण्डा साटिएको एमाले खोटाङका उपसचिव कुमार आचार्यले बताए। बाम एकताको विषयमा कतिपय कार्यकर्ता पंक्तीमा असपष्टता रहेको भन्दै दुई दलका नेता सम्मिलित संयुक्त बाम संयोजन समितिले अन्तरघुलनका लागि संयुक्त अगुवा कार्यकर्ता भेला राखेको हो। आगामी चुनावमा विजय प्राप्तिका लागि इमान्दार भएर तालमेलअनुशार लाग्न बाम संयोजन समितिले मातहतका कमिटिलाई विशेष परिपत्र पठाएर निर्देशन दिएको जनाएको छ। गठबन्धनको निर्णयलाई उत्साहकारुपमा लिएर चुनावको तयारीमा लाग्न भनिएको माओबादी नेतृ दुर्गाजयन्ती राईले बताइन्। १ हजार ७७७ सदस्यीय संयुक्त निर्वाचन परिचालन कमिटी आगामी मंसिर १० गते हुने निर्वाचनका लागि एमाले अध्यक्ष बबी चामलीङ संयोजक र माओबादी केन्द्रका संयोजक देवान किराती सह–संयोजक रहेको १ हजार ७७७ सदस्यीय संयुक्त निर्वाचन परिचालन समिति गठन गरिएको जानकारी दिइएको छ। यस्तै, प्रदेशसभा निर्वाचनका लागि क्षेत्र नम्बर १ मा माओबादी केन्द्रकी नेतृ दुर्गाजयन्ती राई संयोजक र एमाले नेता सुरेन्द्रकुमार राई उप–संयोजक रहेको ७७७ सदस्यीय तथा क्षेत्र नम्बर २ मा एमाले उपाध्यक्ष रामप्रसाद दंगाल संयोजक र माओबादी केन्द्रका कोषाध्यक्ष दिपक पाण्डे सह–संयोजक रहेको ७७७ सदस्यीय संयुक्त प्रदेशसभा निर्वाचन परिचालकन कमिटि गठन गरिएको छ। बाम एकताका कारण कार्यकर्तामाझमा निम्तिएको भ्रम र अस्पष्टतालाई मेटाउँदै निर्वाचन परिणाम आफ्नोपक्षमा पार्नका लागि दुई दलले जिल्लाका दश वटै पालिकामा संयुक्त प्रशिक्षण कार्यक्रम गर्ने तयारी गरेको छ । बाम एकताको औचित्य र भावी योजनाका विषयमा स्पष्ट बनाउनका लागि हलेसी, कुभिन्डे र बराहपोखरीमा कार्तिक १३ गते तथा ऐसेलुखर्क, बाक्सिला, खोटाङबजार, पञ्चमी र मानेभञ्ज्याङमा मंसिर १४ गते संयुक्त प्रशिक्षण कार्यक्रम राखिएको जानकारी दिइएको छ। निर्वाचनमा एमालेका सचिव देबक्रिम राई र माओबादी केन्द्रका संयोजक देवान किरातीलाई स्वयंसेवक परिचालन संयोजक तथा एमाले नेता दिलचक्र राई, दिनेश राई र माओबादी केन्द्रका युवा नेता अकिल राई, गगन राईलाई स्वयंसेवक परिचालनकै जिम्मा दिइएको छ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE