Khabar Dabali २३ माघ २०८२ बिहीबार | 5th February, 2026 Thu
Investment bank

गठबन्धनमा धेरैको असन्तुष्टि, सिट बाँडफाँटमा सकस

\"\"काठमाडौं । वामपन्थी गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको दोस्रो चरणका लागि उम्मेदवार मनोनयन गर्ने दिनभन्दा केही अघि मात्र सिट बाँडफाँट सार्वजनिक गर्ने भएको छ । सिट बाँडफाँटसहित नाम सार्वजनिक गर्दा विभिन्न जिल्लामा विवाद उत्पन्न सक्ने भन्दै गठबन्धनले अन्तिम समयमा मात्र नाम सार्वजनिक गर्ने रणनीति बनाएको हो। ‘क्षेत्र निर्धारण र सिट बाँडफाँटको निर्णय पहिल्यै गरे पनि सार्वजनिक गर्न ढिलाइ हुनेछ । १३ गतेअघि सिट बाँडफाँट सार्वजनिक हुँदैन,’ गठबन्धनको आन्तरिक छलफलमा सहभागी एक नेताले भने, ‘विभिन्न जिल्लामा असन्तुष्टि देखिने भएकाले ढिलो गरी सिट बाँडफाँटबारे अन्तिम समयमा सार्वजनिक गर्ने नीति छ ।’ दुवै दलका नेताहरुले सिट बाँडफाँटका बारेमा पहिलो चरणमा भन्दा दोस्रो चरणमा बढी असन्तुष्टि देखिने र लामो समय हुँदा अन्य पक्षले खेल्न सक्ने विषयलाई ध्यान दिँदै अन्तिम समयमा मात्रै सार्वजनिक गर्ने रणनीति लिएको बताए । पहिलो चरणका चुनावमा रामेछाप, जाजरकोट, हुम्ला, मुगु, मनाङ, बझाङलगायतका जिल्लामा गठबन्धनभित्र र पार्टीभित्रै टिकटका विषयमा विवाद देखिएको छ । ४५ जिल्लाका प्रतिनिधिसभातर्फको १ सय २८ र प्रदेशसभातर्फको २ सय ५६ क्षेत्रका लागि अर्को बिहीबार मनोनयनपत्र दाखिल हुनेछ । आइतबार हिमाली र उच्च पहाडी ३२ जिल्लाको प्रतिनिधिसभातर्फ ३७ र प्रदेशसभाका ७४ स्थानका लागि मनोनयन दर्ता भइसकेको छ । एमाले महासचिव ईश्वर पोखरेल नेतृत्वमा रहेको कार्यदलले सिट बाँडफाँटबारे छलफल गरे पनि त्यसलाई टुंगोमा पु¥याइएको छैन । कार्यदलले बुधबारसम्म सिट बाँडफाँटलाई अन्तिम रूपमा दिनेछ । प्रत्यक्षतर्फ उम्मेदवार नाम सिफारिस भएर पनि टिकट पाउन नसकेकालाई समानुपातिकतर्फ व्यवस्थापन गर्नुपर्ने भएकाले बिहीबारसम्ममा प्रत्यक्षतर्फको बाँडफाँट गरिसक्ने तयारीमा वामपन्थी गठबन्धन रहेको छ । ‘जिल्लासँग आवश्यक समन्वय गरी सिट बाँडफाँटका विषयमा चलिरहेको छ । अहिलेसम्म खासै समस्या देखिएको छैन,’ कार्यदलका सदस्य एमाले स्थायी कमिटीका सदस्य सुरेन्द्र पाण्डेले भने, ‘प्रत्यक्षतर्फको सिट बाँडफाँटपछि मात्रै समानुपातिकतर्फको सूचीका टुंगो लाग्ने भएकाले बिहीबारसम्ममा दोस्रो चरणको चुनावका लागि सिट बाँडफाँटको काम सकिनेछ ।’ निर्वाचन आयोगले समानुपातिकतर्फको प्रस्तुत गरेको सूचीलाई सच्याउन आइतबारसम्म समय दिएको छ । पर्याप्त गृहकार्य र औपचारिक निर्णयबिना नै राजनीतिक दलहरूले असोज २९ गते बन्दसूची निर्वाचन आयोगमा प्रस्तुत गरेका थिए । एमाले र माओवादी केन्द्रबीच चुनावी गठबन्धनमा सहभागी हुन आउने विभिन्न पक्षहरूलाई छुट्ट्याएको सिटबाहेक अन्यमा ६०–४० को अनुपातमा सिट बाँडफाँट गर्ने सहमति भएको छ । कार्यदलमा प्रदेश नम्बर २ मा प्रतिनिधिसभातर्फ आधाआधा गरी निर्वाचन क्षेत्र बाँडफाँट गर्ने सहमति भएको छ । ८ जिल्ला रहेको प्रदेश नम्बर २ मा प्रतिनिधिसभातर्फ ३२ निर्वाचन क्षेत्र छ । मधेस आन्दोलनको केन्द्रबिन्दु रहेको २ नम्बर प्रदेशमा असोज पहिलो साता भएको स्थानीय तह चुनावमा माओवादी चौथो र एमाले पाँचौं दल भएका छन् । तर समग्र पद र मतका आधारमा एमाले दोस्रो स्थानमा छ । कार्यदलले निर्वाचन क्षेत्रमा रहेका वडामा प्राप्त गरेको मतलाई प्रमुख आधार बनाएर सीटको बाँडफाँट गरेका छन्। दुई नम्बर प्रदेशमा माओवादीले प्रतिनिधिसभातर्फ सप्तरीका १ र २, सिरहाका ३ र ४, धनुषाका १ र २, महोत्तरीका १, २ र ३, सर्लाहीका १, ३ र ४, रौतहटका १, २, ३, बाराको ३ र पर्साका १ र ४ क्षेत्र गरी १७ सिट मागेको छ । नागरिक दैनिक बाट
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE