Khabar Dabali २३ माघ २०८२ बिहीबार | 5th February, 2026 Thu
Investment bank

बाबुराम–नारायणकाजी जुहारी, कस्ले मार्ला बाजी

\"\"गोरखा । गोरखा २ मा चुनावी मैदानमा उत्रिएका शीर्ष नेता बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले एकअर्काप्रति आरोप–प्रत्यारोप थालेका छन् । आजको नागरिक दैनिकमा खबर छ– सोमबार बिहान छुट्टाछुट्टै पत्रकार सम्मेलन गर्दै उनीहरूले आफूले जित्ने दाबीमात्रै गरेनन्, एकअर्काप्रति आरोप–प्रत्यारोप लगाउनसमेत भ्याए । भट्टराईले वाम गठबन्धन सत्ताको लोभमा लागेकाले आफू बाहिरिएको बताए । उनले भने, ‘देशलाई निकास दिन वाम वा लोकतान्त्रिक जुन शक्तिसँग भए पनि गठबन्धन गरेर अगाडि बढ्ने योजना थियो ।’ वाम गठबन्धन सत्ताको लोभमा लागेको र परिर्वतन हुन नसकेको आरोप लगाउँदै उनले आफ्नो जित सुनिश्चित रहेको दाबी गरे । उनले भने, ‘वाम गठबन्धन सत्ता केन्द्रित भयो, त्यसैले त्यहाँबाट बाहिरिएको हुँ ।’ कांग्रेसलाई जरैदेखि सिध्याउनुपर्छ भन्ने अभिव्यक्ति दिएको भनेर गलत प्रचार गरिएको बताउँदै उनले आफूले त्यस्तो प्रतिक्रिया नदिएको प्रस्ट पारे । उनका प्रतिद्वन्द्वी नारायणकाजी श्रेष्ठ सोमबार नै पत्रकार भेटघाट गर्दै बाबुरामको प्रवृत्तिका कारण उनीसँगको तालमेल टिकाउ नभएको बताए । जोसँग पनि मिल्न खोज्ने, आफूले भनेअनुसार सिट नपाएपछि जानेजस्ता प्रवृत्तिका कारण बाबुरामसँगको तालमेल हुन नसकेको उनको भनाइ थियो । कहिले फोरमसँग तालमेल गर्न खोज्ने, कहिले वाम गठबन्धनमा कहिले कांग्रेसमा जाने बाबुरामको ढुलमुले प्रवृत्ति रहेको उनले टिप्पणी गरे । स्थानीय तह निर्वाचनमा परिणाम हेरेपछि बाबुराम झनै अत्तालिएर गठबन्धन गर्न दल खोज्दै हिँडेको श्रेष्ठले आरोप लगाए । उनले भने, ‘बाबुरामजीले चुनाव जित्ने आधार देखिँदैन, कार्यदिशा र योजना केही प्रस्ट छैन ।’ शीर्ष नेताहरूबीच चुनावी प्रतिस्पर्धा हुन लागेको र आउने परिणामबारे सञ्चारकर्मीको जिज्ञासामा उनले बाबुरामको चर्को आलोचना गरेका हुन् । भट्टराईले नाम नै किटेर आलोचना नगरे पनि उनले वाम गठबन्धनको सम्बन्ध लामो समय जान नसक्ने र सत्तालिप्सा ध्येय रहेको ठोकुवा गरे । अर्थमन्त्री हुँदा गोरखा २ मा आफूले गरेको लगानी, यसअघि एकपटक विजयी हुँदा जनताले दिएका मत र जनआधारमा जित्ने दाबी गरे । ‘कृषि, बाटोघाटो, जलविद्युत, पर्यटन र तिब्बतसँगको गोरखाको नाका सधैं खुलाउने अजेन्डामा अगाडि बढेको छु,’ आफूले निर्वाचन जित्ने आधारबारे नेता श्रेष्ठले भने । गोरखाको समृद्धि र सिंगो नेपालको विकासका लागि वाम गठबन्धनले बहुमतको सरकार बनाएर देशको कायपलट गर्ने दाबी उनले गरे । वाम एकता चुनावी मात्रै नभएर पार्टी एकता हुनेमा दुविधा नराख्न उनले कार्यकर्तालाई आग्रहसमेत गरे । भट्टराई र श्रेष्ठ माओवादी पार्टीभित्र सँगै काम गरेका थिए । माओवादी युद्धकालको समयमा भट्टराई गोरखासँग नजिक रहेको र नेता कार्यकर्तासँग पनि निकट भएकाले उनले भोट बटुल्न सक्ने आकलन गरिएको छ । श्रेष्ठले भने संगठन बलियो रहेको र वाम तालमेलले जित पक्का भएको दाबी गरेका छन् । यी दुई शीर्ष नेताबीच चुनावी प्रतिस्पर्धा हुन लागेको गोरखा २ मा सबैको चासो छ । नयाँ शक्तिका संयोजक भट्टराई र माओवादी नेता श्रेष्ठले उम्मेदवारी दर्ता गराएपछि दुवै नेता मत बटुल्न, नेता र कार्यकर्ताको ध्यान खिच्न सोमबार पनि गोरखा सदरमुकाममा भेटघाट गरिरहेका छन् । उनको गोरखाको विकास निर्माणमा मध्यपहाडी लोकमार्ग, बुढीगण्डकी आयोजनाजस्ता राष्ट्रिय गौरवका योजनालाई सम्पन्न गर्न आफूले प्रयत्न गर्ने बताएका छन् । संविधान निर्माणक्रममा आफूले ठूलो योगदान गरेको स्मरण गर्दै उनले भने, ‘जनताले विकास निर्माण र संविधान कार्यान्वयनको जिम्मेवारी दिनेछन्, मत दिएर जिताउनेछन् भन्नेमा आशावादी छु ।’  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE