Khabar Dabali २३ माघ २०८२ बिहीबार | 5th February, 2026 Thu
Investment bank

तालमेलले माओवादी नेता महरा धरापमा, भन्छन, ‘दाङ–२ नपाए घरमै बस्छु’

\"\"दाङ । संविधानसभाको पहिलो निर्वाचनमा दाङ क्षेत्र नम्बर ३ मा विजयी भएका माओवादी नेता कृष्णबहादुर महरा दोस्रो संविधानसभा निर्वाचनका बेला दाङमा अडिएनन् । रोल्पालाई आफ्नो सुरक्षित थलोका रूपमा बुझेका उनी दोस्रो संविधानसभा निर्वाचनमा रोल्पा १ बाट जिते । पहिलो निर्वाचनमा दाङमा विजयी महराको ‘रोल्पा यात्रा’ लाई त्यो बेला महरा दाङमा निकै असुरक्षित महसुस गरेर पाखा लागेको भन्ने विश्लेषण गरिएको थियो । आजको नागरिक दैनिकमा खबर छ– यसको कारण निर्वाचन जितेपछि उनी मतदाताको सामीप्यमा रहन नसकेको भनेर चर्चा गरिएको थियो । प्रतिनिधिसभा निर्वाचनका लागि महरा यसपालि रोल्पामा अटाउन सकेनन् । यसअघिका सबै निर्वाचन रोल्पाबाहिर लड्दै आएका अर्का नेता वर्षमान पुन यसपटक रोल्पा भित्रिने कसरतमा लागेपछि महराका लागि एउटै निर्वाचन क्षेत्र रहेको रोल्पामा ‘स्पेस’ नरहेको चर्चासमेत भएको छ । यद्यपि माओवादीले यसलाई भने महराकै सुझावका आधारमा वर्षमान रोल्पामा उम्मेदवार बनेको दाबी गर्दै आएको छ । ‘रोल्पाबाट अहिलेसम्म चुनाव लड्न नपाएका वर्षमानजी अहिले रोल्पाबाट चुनाव लड्नुपर्छ भनेर सुझाव दिने मान्छे महराजी हो,’ माओवादी रोल्पाका इन्चार्ज दीपेन्द्र पुनले भने । वर्षमान रोल्पाको उम्मेदवार बन्ने भएपछि महराका लागि दाङ निर्विकल्प बन्नु स्वाभाविकै थियो । यसर्थ उनी आफ्नो पुरानो निर्वाचन क्षेत्र साबिक ३ र अहिलेको २ नम्बर निर्वाचन क्षेत्रमा उत्र्ने योजनामा लागे । तर, यो निर्वाचन क्षेत्रमा उनको उपस्थिति त्यति सहज छैन । कारण भने एमाले नेता शंकर पोख्रेल बनेका छन् । वाम गठबन्धनपश्चात् पोख्रेलले यो क्षेत्रको उम्मेदवार आफू भएको दाबी गर्दै आएका छन् । माओवादीबाट उम्मेदवारमा सिफारिस महरा त्यसलगत्तै भएको वाम तालमेलले यो क्षेत्रमा उनको उम्मेदवारी अनिश्चित बनाइदिएको छ । महराले वाम तालमेलप्रति असन्तुष्टि जनाउनुलाई पनि यसैकै कारणका रूपमा आकलन गरिएको छ । यहाँको दुई नम्बर चुनावी क्षेत्र पनि पक्का नभएपछि महराको उम्मेदवारी अन्योलमा परेको छ । महराले भने आफू दुई नम्बर निर्वाचन क्षेत्रबाट उम्मेदवार बन्ने दाबी गरिरहेका छन् । त्यसो नभए निर्वाचन नै नलड्ने उनले बताए । ‘मेरो क्षेत्र २ नम्बर नै हो,’ उनले सोमबार नागरिकसँग भने, ‘दुईमा उम्मेदवार भइनँ भने घरमा बस्छु ।’ त्यसो त दुई नम्बर क्षेत्रमा महरा नभएको खण्डमा एक नम्बरको उम्मेदवार बन्न सक्ने चर्चा पनि चलिरहेको छ । तर, महराले यसलाई स्वीकार गरेनन् । उनले थपे, ‘म अन्त कतै पनि जान्नँ, भए दुईबाट लड्छु नत्र घरमै बस्छु ।’ बरु शंकर पोख्रेललाई जिल्लाका अन्य क्षेत्रमा उम्मेदवार बनाएर मिलान गर्न सकिने आशय उनले पोखे । ‘शंकरजी जिल्लाका लागि अति आवश्यक पर्ने नेता हुनुहुन्छ,’ उनले भने ‘उहाँलाई अन्यत्र व्यवस्थापन गरेर चुनावी तालमेललाई व्यवस्थित गर्न सकिन्छ ।’ तर, पोख्रेल आफू दुईमा कायम रहँदै महरालाई अन्यत्र व्यवस्थापन गरेर जानुपर्ने मनस्थितिमा छन् । एमालेले महरालाई एक नम्बर क्षेत्र देखाइदिएको छ । आफ्नो पुरानो चुनावी क्षेत्र भएकाले पनि दुई नम्बर क्षेत्रलाई कुनै पनि हालतमा छोड्ने मनस्थितीमा पोख्रेल छैनन् । उनी विगतका हरेक निर्वाचन आफ्नै क्षेत्रबाट लड्दै आइरहेकाले अर्को चुनावी क्षेत्रलाई विकल्पमा बनाउनै नसक्ने रणनीतिमा छन् । उनको पनि उस्तै अडान छ, ‘बरु चुनाव लड्दिनँ ।’ ‘दुई नम्बरबाहेक अर्को चुनावी क्षेत्रबाट पोख्रेलज्यू चुनाव लड्नुहुन्न,’ एमालेका जिल्ला सचिवालय सदस्य मनोहर बुढाथोकीले भने, ‘दुई नम्बर क्षेत्रको उम्मेदवार उहाँ नै हो ।’ पहिलो संविधानसभा निर्वाचनपश्चात् दोस्रो निर्वाचनका बेला रोल्पामा पुगेका महरालाई अवसरवादीको आरोपसमेत लाग्ने गरेको छ । उनलाई ‘पाहुना’ नेताका रूपमा विश्लेषण गरिएको छ । यता नेता पोख्रेलले भने मंगलबारदेखि कार्यदलको बैठक सुरु हुने र तत्कालै उम्मेदवार टुंग्याउने बताए । ‘हामी यो विषयलाई सहज व्यवस्थापन गर्छौं,’ कार्यदलका सदस्यसमेत उनले भने, ‘मंगलबारदेखि कार्यदलको बैठक बसेर चाँडै यसलाई टुंग्याउँछौं ।’ पोख्रेललाई एमालेले प्रदेशमा फर्काउनका लागि पहल गरिरहेको बुझिएको छ । स्रोतका अनुसार उनलाई प्रदेशमा फर्कन पार्टी शीर्ष नेतृत्वले आग्रह गरेको र पोख्रेलले त्यसका लागि मुख्यमन्त्री ग्यारेन्टीको सर्त राखेका छन् । यसैगरी पार्टीको महासचिवको अर्को सर्त पनि पोख्रेलले राखेको चर्चा चलेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE