Khabar Dabali २३ माघ २०८२ बिहीबार | 5th February, 2026 Thu
Investment bank

गठबन्धनलाई दोस्रो चरणको तालमेलमा सकस

\"\"काठमाडौं । कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनलाई दोस्रो चरणमा चुनावी तालमेल मिलाउनै सकस परेको छ । आजको कान्तिपुर दैनिकमा खबर छ–निर्वाचन क्षेत्र बाँडफाँटको विषय पेचिलो बनेपछि दोस्रो चरणको चुनावी तालमेल हुने कि नहुने भन्नेमै अन्योल खडा भएको कांग्रेसका एक नेताले बताए । पहिलो चरणअन्तर्गत ३२ जिल्लामा राप्रपा, राप्रपा प्रजातान्त्रिक, संघीय समाजवादी फोरम र नयाँ शक्ति नेपालबीच चुनावी तालमेल भए पनि दोस्रो चरणअन्तर्गतका मधेसका निर्वाचन क्षेत्रमा चुनावी तालमेल कठिन देखिएको हो । पहिलो चरणको तालमेलमा पनि सहमतिअनुसार कार्यान्वयन नभएको भन्दै कांग्रेस नेताहरू गठबन्धनमा आबद्ध दलसँग असन्तुष्ट छन् । कांग्रेसले नयाँ शक्तिलाई प्रतिनिधिसभामा १ र प्रदेशसभामा २ सिट दिएको थियो । त्यस्तै राप्रपा (प्रजातान्त्रिक) लाई प्रतिनिधिसभामा १, राप्रपालाई प्रदेशसभामा २ र संघीय समाजवादी फोरमलाई प्रदेशसभामा १ सिट छाडेको थियो । यीबाहेक तालमेलमा सामेल सबै दलले कांग्रेस उम्मेदवारलाई सघाउने सहमति भएको थियो । त्यसविपरीत राप्रपा, राप्रपा (प्रजातान्त्रिक) संघीय समाजवादी फोरम र नयाँ शक्तिबाटै उम्मदेवार परेपछि कांग्रेस झस्केको छ । कांग्रेस नेता विमलेन्द्र निधिले कांग्रेसले छाडेका बाहेकका निर्वाचन क्षेत्रमा लोकतान्त्रिक गठबन्धनमा आबद्ध दलबाट उम्मेदवारी नदिने सहमति भएको बताए । ‘सहमतिविपरीत केही ठाउँमा उम्मेदवारी परेका छन्, त्यसलाई सम्बन्धित दलका शीर्ष नेताले फिर्ता गराउने भन्नुभएको छ,’ निधिले कान्तिपुरसँग भने, ‘दोस्रो चरणमा पनि लोकतान्त्रिक गठबन्धनमा रहेका सबै दलबीच तालमेल हुन्छ ।’ कांग्रेसको मुख्य जनाधार क्षेत्र मधेस हो । त्यही मधेसमा राष्ट्रिय जनता पार्टी ९राजपा० र संघीय समाजवादी फोरमले कांग्रेसले भन्दा आफूहरूले बढी सिट पाउनुपर्ने माग गर्दै आएका छन् । खासगरी प्रदेश २ को सिट बाँडफाँट नै तालमेलका लागि जटिल बनेको छ । राजपा र फोरमले मधेसबाटै प्रतिनिधिसभामा ५५ सिट र प्रदेशसभामा १ सय ३१ सिट पाउनुपर्ने माग गरेका छन् जसमा प्रदेश २ को ३२ निर्वाचन क्षेत्रमा मात्रै २४ सिट प्रतिनिधिसभा र प्रदेशसभाका लागि ४८ सिट माग गरेका छन् । सिट बाँडफाँटका लागि गठबन्धनमा आबद्ध दलबीच कार्यदलसमेत गठन गरेको थियो । उक्त कार्यदलका संयोजकसमेत रहेका कांग्रेस नेता निधिले तालमेलमा कुनै सकस नभएको दाबी गरे । ‘कुन दललाई कति सिट भन्दा पनि कुन क्षेत्रमा कुन दलको प्रभाव कस्तो छ, त्यसका आधारमा तालमेल हुन्छ,’ उनले भने, ‘भोलिदेखि (मंगलबार) नै तालमेलका लागि छलफल अघि बढ्छ ।’ राजपा र फोरमले चुनावी तालेमल गरिसकेका छन् । दुई दलबीच २ नम्बर प्रदेशमा सिट बाँडफाँटसमेत मिलाइएको छ । फोरमले १७ प्रतिनिधिसभा र ३३ प्रदेशको सिट लिने भएको छ भने राजपाले १५ प्रतिनिधिसभा र ३१ प्रदेशसभा लिने सहमति भएको छ । कांग्रेससँग तालमेल गर्दा संयुक्त रूपमा गर्ने उनीहरूको निर्णय छ । राजपा र फोरमले २० सिटभन्दा तल झर्न नसकिने संयुक्त अडान राख्दै आएका छन् । सिट बाँडफाँट मिलाउन कांग्रेस, राजपा र फोरमबीच तिहारका बेला अनौपचारिक छलफलसमेत भएको थियो । त्यस बैठकमा कांग्रेसले प्रतिनिधिसभामा १८ सिट आफूहरूलाई दिन माग गरेको थियो । ‘हामी पचास–पचास प्रतिशत बाँडफाँट गरेर जान तयार छौं, तर कांग्रेसले बढी सिट खोजिरहेकाले सहमति हुन सकेको छैन,’ फोरमका एक नेताले भने, ‘तालमेलको सम्भावना अझै छ । सोमबारै हामी छलफलमा जुट्छौं ।’ तालमेलमा सहमति नजुटेमा कांग्रेस, राजपा र फोरमबीच शीर्ष नेतृत्वको क्षेत्रमा मात्रै तालमेल गर्ने विकल्पसमेत अघि बढाएका छन् । ‘सहमति जुटेन भने हाम्रा अध्यक्ष मण्डलका नेताहरूका ठाउँमा कांग्रेसले उम्मेदवारी नदिने र हामीले पनि कांग्रेसका सिनियर नेताहरूका ठाउँमा उम्मेदवार नदिने विकल्प पनि आएको छ,’ स्रोतले भन्यो । राजपा महासचिव केशव झाले भने कांग्रेससँग सकारात्मक ढंगले नै वार्ता भइरहेको बताए । ‘तालमेलको सम्भावना अझै छ । पहिलो चरणमा हाम्रो र फोरमबीच तालमेल टुंगिएपछि कांग्रेसँगको तालमेललाई अघि बढाउँछौं,’ उनले भने, ‘सम्भवतस् सोमबारदेखि नै कांग्रेससँग छलफल सुरु हुन्छ ।’  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE