Khabar Dabali २३ माघ २०८२ बिहीबार | 5th February, 2026 Thu
Investment bank

बागी उम्मेदवारको चुनौती, १० जिल्लाका बागी उम्मेदवारको नालीबेली

\"\"रामेछापः वाम गठबन्धनविरुद्ध माओवादीकै बागी उम्मेदवार वाम गठबन्धनलाई सबैभन्दा ठूलो झड्का रामेछापमा लागेको छ । प्रतिनिधिसभा र प्रदेश सभाका दुईवटै क्षेत्रमा माओवादी केन्द्रका तर्फबाट बागी उम्मेदवार खडा भएका छन् । गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा माओवादीका श्यामकुमार श्रेष्ठले उम्मेदवारी दिएका छन् । उनको विरुद्धमा माओवादीकै पूर्वसभासद् लक्ष्मी गुरुङले उम्मेदवारी दिएकी छिन् । त्यस्तै, प्रदेश सभाका दुईवटा क्षेत्र एमालेको भागमा परेको छ । क्षेत्र नं। १ बाट जिल्ला अध्यक्ष शान्तिप्रसाद पौडेल र २ बाट कैलाश ढुंगेल उम्मेदवार बनेका छन् । उनीहरूको विरुद्ध पनि माओवादी नेताहरू बागी उम्मेदवार बनेका छन् । क्षेत्र नं। १ मा हेमन्त पौडेल र क्षेत्र नं। २ मा मयनकुमार मोक्तानले उम्मेदवारी दिएका छन् । स्रोतका अनुसार उनीहरूलाई माओवादी केन्द्रकै नेता युवराज चौलागाईं, पेमा लामा, रामकुमार लामा, यशु चौलागाईं, नेत्र लामा, खड्ग घिसिङ, रेम थापा, धनदेवी श्रेष्ठलगायतको पनि समर्थन छ । मनाङः पहिले भर गरिएका मनाङेबाट नै एमालेलाई डर प्रदेश सभा क्षेत्र नं। २ का लागि एमाले मनाङले दीपक मनाङेको नाम सिफारिस गरेको थियो । नेतृत्वबाट पनि मनाङेले टिकटको आश्वासन पाएका थिए । तर, अन्तिम समयमा एमालेले खाण्ड लामा गुरुङलाई उम्मेदवार बनायो । त्यसका विरुद्ध मनाङेले बागी उम्मेदवारी दिएका छन् । पाँच हजार आठ सय ८० मतदाता रहेको मनाङमा मनाङेले थोरै प्रभाव पार्दा पनि नतिजा तलमाथि हुने डर एमालेलाई छ । ओखलढुंगाः आधिकारिक उम्मेदवार विरुद्ध कांग्रेसकै बागी उम्मेदवार प्रदेश सभाको क्षेत्र नं। २ मा कांग्रेसले जिल्ला सभापति प्रदीपकुमार सुनुवारलाई उम्मेदवार बनाएको छ । तर, टिकट वितरण गर्दा नेतृत्वले गलत निर्णय गरेको भन्दै तरुण दलका जिल्ला सभापति ज्ञानेन्द्र रुम्दालीले पनि उम्मेदवारी दर्ता गरेका छन् । सुनुवारलाई टिकट दिएको विरोधमा महासमिति सदस्य र महाधिवेशन प्रतिनिधिसहितका जिल्लाका ३१ नेता÷कार्यकर्ताले विज्ञप्ति निकालेका छन् । दोलखाः पशुपति चौलागाईंविरुद्ध पुराना एमाले नेता लालकुमार विद्रोही प्रदेश सभाको क्षेत्र नं। २ मा वाम गठबन्धनका तर्फबाट एमाले नेता पशुपति चौलागाईं उम्मेदवार छन् । उनका विरुद्ध एमालेकै पुराना नेता लालकुमार केसीले उम्मेदवारी दिएका छन् । एमालेले टिकट नदिएपछि केसी मालेबाट उम्मेदवार बनेका हुन् । उनी ०५४ मा जिल्ला विकास समितिको सभापति थिए । पूर्वरुकुमः माओवादीकै केन्द्रीय नेता विद्रोही उम्मेदवार वाम गठबन्धनका तर्फबाट पूर्वीरुकुममा प्रतिनिधिसभाका लागि माओवादी केन्द्रकी कमला रोक्का र प्रदेश सभाको क्षेत्र नं. १ बाट माओवादीकै तेजबहादुर ओली उम्मेदवार बनेका छन् । उनीहरू दुवैविरुद्ध माओवादीकै नेताहरू विद्रोही उम्मेदवार बनेका छन् । रोक्काको क्षेत्रमा माओवादीको राष्ट्रिय महाधिवेशन आयोजक समिति सदस्य तेजेन्द्र खाममगर र ओलीको क्षेत्रमा पुणीराज घर्तीले उम्मेदवारी दिएका छन् । नेतृत्वले पिछडिएको क्षेत्रलाई उपेक्षा गरेर टिकट वितरण गरेको भन्दै स्थानीय केही माओवादी नेताहरूले पनि विद्रोही उम्मेदवारलाई नै साथ दिएका छन् । नुवाकोटः जगदीश्वरनरसिंहविरुद्ध कांग्रेसकै बागी उम्मेदवार कांग्रेसले नुवाकोटको प्रदेश सभा क्षेत्र नं। १ मा जगदीश्वरनरसिंह केसीलाई उम्मेदवार बनाएको छ । उनका विरुद्ध कांग्रेसकै बद्री त्रिपाठीले बागी उम्मेदवारी दिएका छन् । कांग्रेस कार्यकर्तामाझ लोकप्रिय रहेका उनी साबिकको मदानपुर गाउँ कमिटीका पूर्वसभापति हुन् । स्थानीय तह निर्वाचनमा त्रिपाठी बेल्कोटगढी नगरपालिकाको मेयरका दाबेदार थिए । लमजुङः दिलबहादुर घर्तीविरुद्ध द्वारिकाप्रसाद मिश्रको उम्मेदवारी प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका कांग्रेस नेता दिलबहादुर घर्तीविरुद्ध पनि बागी उम्मेदवारी परेको छ । स्थानीय तह निर्वाचनमा समेत बागी उम्मेदवार बनेका द्वारिकाप्रसाद मिश्रले घर्तीविरुद्ध पनि उम्मेदवारी दिएका छन् । कांग्रेसले उनलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ । जाजरकोट र मुगुः दुई जिल्लाका ६ वटै क्षेत्रमा वाम गठबन्धनका बागी वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभाको उम्मेदवार बनेका पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेतविरुद्ध एमालेका गोविन्दविक्रम शाहले उम्मेदवारी दिएका छन् । शाहको बागी उम्मेदवारी परेपछि एमालेको भागमा परेको प्रदेश सभामा माओवादीले र माओवादीको भाग परेको क्षेत्रमा एमालेले पनि उम्मेदवारी दिएको छ । त्यस्तै, मुगुमा प्रतिनिधिसभा र प्रदेशका सबै सिट एमालेलाई दिएको भन्दै तीनै क्षेत्रमा माओवादीले उम्मेदवारी दिएको छ । संखुवासभाः वाम र लोकतान्त्रिक दुवै गठबन्धनका बागी उम्मेदवार वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका लागि एमालेका राजेन्द्र गौतम र कांग्रेसका तर्फबाट दीपक खड्का उम्मेदवार छन् । उनीहरू दुवैविरुद्ध स्थानीय कांग्रेस नेता बालकुमार राई र एमालेका डा। गुप्तबहादुर श्रेष्ठ बागी उम्मेदवार छन् । त्यस्तै, प्रदेश सभाका दुवै क्षेत्रमा पनि कांग्रेसका बागी उम्मेदवार खडा भएका छन् । म्याग्दीः कांग्रेस र एमाले दुवैका बागी उम्मेदवार प्रदेशसभा क्षेत्र नं. १ बाट एमाले र कांग्रेसका नेताहरूले बागी उम्मेदवारी दिएका छन् । यो क्षेत्रमा वाम गठबन्धनका तर्फबाट माओवादीका विनोद केसी र लोकतान्त्रिक गठबन्धनका तर्फबाट भीमबहादुर गौचन उम्मेदवार बनेका छन् । उनीहरूविरुद्ध कांग्रेसका पुराना नेता नेत्रबहादुर महत र कर्णबहादुर भण्डारी तथा एमालेका केपी अधिकारीले बागी उम्मेदवारी दिएका छन् । ‘मैले पार्टी निर्णयविरुद्ध नभएर कार्यकर्ताको मनोबल बढाउन उम्मेदवारी दिएको हुँ,’ महतले भने, ‘दुवैखाले अधिनायकवादको विपक्षमा रहेका मतदाताको सहयोग मलाई हुन्छ ।’ हुम्लाः वाम गठबन्धनविरुद्ध माओवादीका विद्रोही उम्मेदवार दोस्रो संविधानसभा निर्वाचनमा माओवादी केन्द्रको तर्फबाट उम्मेदवार बनेका छक्कबहादुर लामाले प्रतिनिधिसभाका वाम गठबन्धनका उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दिएका छन् । गठबन्धनका तर्फबाट माओवादी केन्द्रका छिमीदोर्जे उम्मेदवार छन् । त्यस्तै, प्रदेशसभाको क्षेत्र नं। १ बाट माओवादी केन्द्रका लालकेस जैसी वाम गठबन्धनका उम्मेदवार हुन् । उनीविरुद्ध पनि माओवादीकै सुनम ग्याल्जेन लामा विद्रोही उम्मेदवार छन् । आजको नयाँपत्रिकाबाट
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE