Khabar Dabali २३ माघ २०८२ बिहीबार | 5th February, 2026 Thu
Investment bank

पोखराको नालीः जसले मान्छे निल्छ

\"\"पोखरा । इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस लामाचौरनजिकै नालीमा शनिबार राति मोटरसाइकलसहित खसेका १८ वर्षीय पिजन पुनको अत्तोपत्तो छैन । सँगै रहेका श्रवण पुनको घाइते अवस्थामा उपचार भइरहेको छ । नदीपुरका पिजन मुसलधारे वर्षासँगै नालीमा आएको भेलमा बगेका हुन् । आजको अन्नपूर्णपोष्ट दैनिकमा खबर छ– उनको मोटरसाइकल भने केआइसिंह पुलनजिक फेला परेको थियो । ‘नालीको ढक्कन उघारेर हेर्दा मोटरसाइकल फेला पर्‍यो, मान्छे भेटिएन’, पोखरा–१६ का वडाध्यक्ष जीवन आचार्यले भने । प्रहरीले प्राविधिकको सहयोगमा मोटरसाइकल बाहिर निकालेको थियो । बेपत्ताको आइतबार र सोमबार प्रहरीले खोजी गरेको थियो। वडाध्यक्ष आचार्यका अनुसार लामाचौरभन्दा तीन किलोमिटर टाढाको पुरन्चौर भुनपुरे गाउँदेखिको पानी आउने नालीमा पुनद्वय खसेका थिए । ‘पानी पर्दा त्यो नाली नदीजस्तो हुन्थ्यो’, उनले भने, ‘१२–१५ वर्षअघि नै सडक विभागले बनाएको नालीमाथि ढक्कन ९स्ल्याब० थिएन ।’ केही तलबाट भने ढक्कनले छोपिएको हुँदा केआइसिंह पुलनजिक उघार्न मिल्ने ढक्कन लगाएको ठाउँ खोलेर हेर्दा मोटरसाइकल भेटिएको उनले सुनाए । पोखराका नाली सबै असुरक्षित छन् । कि साँघुरा र साना छन् कि त खुला छन् । लामाचौरमा असुरक्षाकै कारण त्यो दुर्घटना भयो ।’( मानबहादुर जीसी, मेयर, पोखरा(लेखनाथ महानगरपालिका नाली सेती नदीमा मिसिएकाले बेपत्ताको खोजी कार्य कठिन बनेको छ । नालीमा ढक्कन भए पुन बेपत्ता हुँदैनथे । बाटुलेचौरको नालीमा पनि ढक्कन नहुँदा गत वर्ष गण्डकी बोर्डिङ स्कुलका प्रशासक कृष्ण थापा खसेर बगेका थिए । उनको भोलिपल्ट शव फेला परेको थियो । यस वर्ष राजधानीको सामाखुसीमा एक बालिका नालीमा खसेर बगेको समाचारले प्रधानमन्त्रीसम्मको ध्यानाकर्षण गरायो । प्रधानमन्त्रीले सडकका खाल्डा पुर्न निर्देशनसमेत दिए । पोखरामा पुन र थापा मात्र होइन, अरूले पनि नालीमा खसेर ज्यान गुमाइसकेका छन् । असोज १ गते बाटुलेचौरका थापाको ज्यान गएको राति नै बिरौटामा स्याङ्जाका गंगाप्रसाद सुवेदी बगेर बिते । पोहोर भदौ २२ गते पोखरा(२८ का शूरवीर जीसी मालपोत कार्यालयनजिकै मोटरसाइकलसहित बगेका थिए । उनको पनि निधन भएको थियो । त्यस्तै, सिद्धार्थ चोकमा एक महिला हिँड्दा(हिँड्दै नालीमा खसेकी थिइन् । पछि उनको शव फिर्के खोलामा भेटिएको थियो । मालेपाटनस्थित नहरमा बगेर एक बच्चाको ज्यान गएको थियो । सिसुवाकी शकुन्तला बाँस्तोलाका ९ वर्षीय छोराको पनि नहरकै पानीले ज्यान लियो । शनिबार रातिको घटनापछि पोखरा(लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जीसी स्थलगत निरीक्षणमा पुगे । त्यहाँको नालीमाथि ढक्कन राख्ने योजना मेयर जीसीले सुनाए । स्थानीय जनसहभागितामा ढक्कन राख्ने र नालीमा जम्मा हुने पानीलाई धेरै ठाउँबाट निकास निकाल्ने उनको भनाइ छ । ‘पोखराका नालीहरू सबै असुरक्षित छन् । कि साँघुरा र साना छन् कि त खुला छन्’, उनले अन्नपूर्णसँग भने, ‘लामाचौरमा असुरक्षाकै कारण त्यो दुर्घटना भयो । त्यहाँ तत्काल सुरक्षित बनाइनेछ । अन्त सुरक्षाले नपुग्ने छ, नयाँ ढंगले नै नाली निर्माण गर्नुपर्छ ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE