Khabar Dabali २३ माघ २०८२ बिहीबार | 5th February, 2026 Thu
Investment bank

घोषणा हुन मात्र बाँकी हो, हामीले जितिसक्यौंः वर्षमान पुन

\"\"रोल्पा । प्रतिनिधिसभा निर्वाचनमा रोल्पामा पूर्वअर्थमन्त्री एवं माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ र सिंचाई राज्यमन्त्री एवम् नेपाली कांग्रेसका जिल्ला सभापति अमरसिंह पुनबीच प्रतिस्पर्धा हुने भएको छ। मुख्या निर्वाचन अधिकृतकको कार्यालयमा वाम गठबन्धनबाट माओवादी केन्द्रका युवा नेता अनन्तले र कांग्रेसबाट पुनले उम्मेदवारी दर्ता गराएपछि दुईबीच प्रतिस्पर्धा हुने चर्चा हुन थालेको छ। माओवादीको उद्गमथलो मानिने यहाँ वामगठबन्धको सहमती अनुसार प्रतिनिधिसभा र प्रदेश सभामा माओवादी केन्द्रले उम्मेदवार उठाएको छ। आजको अन्नर्पूपोष्ट दैनिकमा खबर छ– एमालेका पोलिट ब्यूरो सदस्य गोकुल घर्तीको प्रस्तावमा नेता अनन्तले उम्मेदवारी दिएको माओवादी केन्द्रका जिल्ला अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिए । २०६४ र २०७० को दुवै निर्वाचनमा माओवादी केन्द्र यहाँबाट विजयी भएको थियो। नौ गाउँपालिका र एक नगरपालिका मध्ये माओवादी सात, एमाले दुई र कांग्रेसले एक गाउँपालिका जितेको अवस्था छ। विगतको चुनावी मत परिणाम अनुसार जिल्लामा माओवादी केन्द्र पहिलो, कांगे्रस दोस्रो र एमाले तेस्रो दल मानिन्छन्। वाम गठबन्धनपछि भने माओवादी केन्द्रका उम्मेदवारको पक्षमा भारी मत हुने उम्मेदवार अनन्तले दाबी गरे। उम्मेदवारी पश्चात चुनावी सभालाई सम्बोधन गर्दै उम्मेदवार अनन्तले भने, ‘वामगठबन्धनको जित निश्चित छ। चुनाव भएर घोषणा हुन मात्र बाँकी हो। हामीले जितिसक्यौं ।’ प्रदेशसभाका लागि वाम गठबन्धनबाट माओवादी केन्द्रका नेता कुलप्रसाद केसी निर्वाचन क्षेत्र क र ख बाट दीपेन्द्र पुन उम्मेदवार बनेका छन्। नेपाली कांगे्रसबाट निर्वाचन क्षेत्र क बाट शेरबहादुर महरा र ख बाट खगेन्द्र हमाल उम्मेदवार रहेको जिल्ला कोषाध्यक्ष खटकबहादुर खत्रीले जानकारी दिए। कांग्रेसले राप्रपा कमल थापासहित तालमेल गरेको छ। एमाले र माओवादी वाम गठबन्धनले बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगेको थियो। नेपाली कांग्रेसले पार्टी कार्यालयमा उम्मेदवार प्रस्ताव गरिएकासँग सामुहिक तस्बिर खिचाएर उम्मेदवारी दर्ता गराउन पुगेका थिए । यहाँ एकीकृत राप्रपा (राष्ट्रवादी) ले पनि उम्मेदवारी दिएको छ। प्रतिनिधि सभाका लागि रामबहादुर ओली, प्रदेशसभाका लागि दलवीर पुन र खिरबहादुर डाँगी उम्मेदवार रहेका छन्। सम्बन्धित् समाचार कांग्रेसका प्रतिनिधी र प्रदेशसभाका यस्ता छन उम्मेदवार सूचीसहित देशभक्त जनगणतन्त्रवादी मोर्चाका कुमार शाह प्रतिनिधिसभा र टिकामन बुढा र मोतीराम बुढा प्रदेश सभाका उम्मेदवार बनेका छन्। मुख्या निर्वाचन अधिकृतको कार्यालयका अनुसार राजमोबाट प्रतिनिधिसभाका लागि मेघनाथ विष्ट र प्रदेश सभाका लागि वीरबहादुर विष्ट र धनबहादुर डाँगीले उम्मेदवारी दिएका छन्। मंगोल नेशनल अर्गनाईजेशन, नयाँ शक्ति र संघीय समाजवादी फोरमले पनि उम्मेदवारी दिएका छन्।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE