Khabar Dabali २३ माघ २०८२ बिहीबार | 5th February, 2026 Thu
Investment bank

माओवादी नेता शाहीको उम्मेदवारीले प्रदेश ६ को राजनीति तरंगित

\"\"नेपालगन्ज । मुख्यमन्त्री पदलाई केन्द्रमा राखेर हेर्दा आइतबार मध्याहनसम्म ६ नम्बर प्रदेशको चुनावी राजनीति शान्त थियो । नेपाली कांग्रेसबाट हुम्लाका जीवनबहादुर शाही वा सुर्खेतका तप्तबहादुर बिष्ट र वाम गठबन्धनबाट जुम्लाका नरेश भण्डारी वा सुर्खेतका यामलाल कँडेल मध्येबाट प्रदेश ६ मा मुख्यमन्त्री हुने धेरैको आंकलन थियो । यो प्रदेशको राजनीति एकाएक तरंगित भयो । आजको नागरिक दैनिकमा खबर छ– यसको कारक बने– बिनाविभागीय मन्त्री महेन्द्रबहादुर शाही, जसले कालिकोटबाट प्रदेशसभामा मनोनयन दर्ता गरे । र, उनले आफ्नो उद्देश्य पनि स्पष्ट पारे– पार्टीतफृबाट मुख्यमन्त्री बन्ने । आइतबार दिउँसो यो प्रदेशको राजनीति एकाएक तरंगित भयो । यसको कारक बने– बिनाविभागीय मन्त्री महेन्द्रबहादुर शाही, जसले कालिकोटबाट प्रदेशसभामा मनोनयन दर्ता गरे । र, उनले आप्mनो उद्देश्य पनि स्पष्ट पारे– पार्टीतर्पmबाट मुख्यमन्त्री बन्ने । शाहीको यो आकांक्षाले वाम गठबन्धनका दुई नेता जुम्लाका भण्डारी र सुर्खेतका कँडेललाई एकैपटक घोचेको छ । पहिलो संविधानसभा निर्वाचित जुम्लाका भण्डारी पार्टी नेतृत्वसँगको ‘सहमति’ पछि जुम्लाबाट प्रदेशसभामा चुनाव लड्न तयार भएका हुन् । समर्थकले पनि उनलाई भावी मुख्यमन्त्रीको रुपमा प्रस्तुत गरिरहेका छन् । ‘पार्टीले मेरो सन्दर्भमा ‘अनौपचारिक डिसिजन’ गरिसकेको अवस्था हो, त्यसैले म प्रदेशसभामा झरेको हुँ,’ आप्mनो दाबीलाई बलिलो पार्दै भण्डारीले भने्, ‘उहाँ ९महेन्द्र० को बारेमा के कुरा भएको छ भन्ने थाहा छैन ।’ एमाले पोलिटब्युरो सदस्य एवं पूर्वमन्त्री कँडेल त वाम गठबन्धन हुनुअगावै ‘मुख्यमन्त्री’ को सपना बुनेर चुनावी अभियानमा होमिइसकेका हुन् । त्यसैले दुईपटक सांसद÷सभासद भइसकेका उनले आप्mनो नाम सुर्खेत क्षेत्र नं। २ (क) मा एकल सिफारिस गर्न लगाएका थिए । भण्डारीझैं कँडेल पनि शाहीको प्रदेशसभा सदस्यमा उम्मेदवारी मनोनयनबाट झस्किएका छन् । तर, कँडेल भन्छन्, ‘पार्टीभित्रको किचलोले उहाँ प्रदेशसभामा आउन खोज्नुभएको होला, यसले गठबन्धनको योजनामा खासै फरक नपार्ला ।’ कँडेलले झनेझैं शाही प्रदेशसभामा झर्नुमा केही हदसम्म पार्टीभित्रको किचलो कारक हो । कालिकोटबाट उनी प्रतिनिधिसभामा लड्न खोज्दा पार्टीका प्रभावशाली नेता दुर्गबहादुर रावतले जिल्लाको प्रदेश (क) नछोड्ने अवस्था बन्यो । अर्कोतर्फबाट प्रदेशको सोही निर्वाचन क्षेत्र प्रदेश (क) मा एमालेले कुर्मराज शाहीलाई अघि सा¥यो । वाम गठबन्धनको लागि रावत र शाही दुवै महत्वपूर्ण नेता हुन्, जसलाई छुट्याउनु चुनावी मैदानमा घातक हुनसक्थ्यो । त्यसैले माओवादी केन्द्रले रावतलाई प्रतिनिधिसभामा अघि सारेर शाहीलाई कालिकोट प्रदेश (ख) मा झा¥यो । लडाकु कमान्डर हुँदै मन्त्रीसम्मको यात्रा तय गरेका शाहीले प्रतिनिधिसभामार्पmत राष्ट्रिय राजनीतिमा स्थापित हुने अवसर त्यसै छाडेका होइनन् । स्रोतका अनुसार माओवादी केन्द्र र वाम गठबन्धनले ६ नम्बर प्रदेशको मुख्यमन्त्रीको आश्वासन दिएपछि उनले यो निर्णय लिएका हुन् । यसबाट संसदीय राजनीतिमा शाहीभन्दा धेरै जेठा एमालेका कँडेल र दशकअघि सभासद भइसकेका उनकै पार्टीका भण्डारीबीचको मुख्यमन्त्री–दौड कसरी अघि बढ्छ, चासोको विषय बनेको छ । अहिले भने शाहीको मनोनयनले एमालेका दुवै नेतालाई एकैपटक घोचेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE