Khabar Dabali २६ मंसिर २०८२ बिहीबार | 11th December, 2025 Thu
Investment bank

सांसदहरु हाजिर गरेर बाटाे लाग्ने गरेकाले अव ‘ह्वीप’ जारी गर्नुपर्छः सभामुख

\"\"संसद् । सासंदहरुको गणपुरक संख्या नपुगेर संसद्को बैठक बारम्बार स्थगित हुने क्रम बढेपछि सभामुख ओनसरी घर्तीले विधेयकहरु पारित गराउन ह्वीप अर्थात् अनिवार्य उपस्थित हुनुपर्ने आदेश जारी गर्ने बताएकी छन् । सामान्यतया प्रधानमन्त्री निर्वाचन, अविश्वास प्रस्ताव जस्ता महत्त्वपूर्ण मुद्दामा जारी गरिने ह्वीप सांसदहरु हाजिर गरेर जाने गरेपछि लगाउन लागिएको हो । कार्यकाल अन्त्यतिर पुगेको संसद्‍मा अहिले पनि संविधान कार्यान्वयनका निम्ति अनिवार्य मानिएका सहित २० वटाभन्दा बढी विधेयक विचाराधीन छन् । तर संसद् सचिवालयका अनुसार साउन महिनायता सांसदको न्यूनतम संख्या नपुगेर संसद्को बैठक ६ पटक स्थगति भएको छ। विकल्पका लागि ह्वीप शुक्रबार पनि संख्या नपुगेपछि बैठक आइतवार बस्ने गरी स्थगित गरिएको छ। संविधान कार्यान्वयनका लागि अति नै आवश्यक निर्वाचनसम्बन्धी विधेयकहरु पारित हुन बाँकी छन्। यसका लागि सासंदहरुलाई अब ह्वीप जारी गर्नुपर्छ। अब त्यो स्थिति दोहोरिन नदिन ह्वीपको विकल्प रोज्ने निर्णयमा पुगेको सभामुख ओनसरी घर्तीले बताइन । उनले भनिन्, संविधान कार्यान्वयनका लागि अति नै आवश्यक निर्वाचनसम्बन्धी विधेयकहरु पारित हुन बाँकी छन्। ती विधेयकहरु पारित गर्न कोरम पुगिरहेको छैन। यसका लागि सासंदहरुलाई अब चाहिँ ह्वीप जारी गर्नुपर्छ । राष्ट्रपति र उपराष्ट्रपति तथा राष्ट्रियसभाको निर्वाचनसँग सम्बन्धित महत्त्वपूर्ण विधेयक संसद्‌मा विचाराधीन छन्। ती सहित पूर्व पदाधिकारी र प्रदेश प्रमुखको सेवा सुविधा एवं चिकित्सा शिक्षा लगायत २० भन्दा बढी विधेयकको टुंगो संसद्ले लगाउनुपर्ने छ। शुक्रबार संसद्‌मा शुरुमा २९५ सासंद थिए। दोस्रो गणनामा त्यो संख्या १६५ मा झर्‍यो र निर्णय गर्ने बेला भने ११० जना मात्रै बाँकी रहे। कुनै पनि निर्णय गर्न आवश्यक न्यूनतम संख्याभन्दा पनि कम सांसद भएपछि बैठक स्थगित गर्नुपरेको थियो । बारम्बार दोहोरिरहेको त्यस्तो अवस्थाबारे एकजना सांसद राधेश्याम अघिकारीले भने, अहिले दशैंको बिदापछि धेरै मानिसहरु आइपुगेकै छैनन्। अर्को चुनाव लागिसक्यो त्यसले गर्दा सासंदहरु राजनीतिक व्यस्तताका कारण आइरहेका छैनन्। जति आएका छन् उनीहरु पूरा समय बसिरहेका छैनन्। सांसदले बैठकको दिन भत्ता र यातायात खर्च गरी २ हजार रुपैयाँ पाउँछन्। हाजिर गरी बैठक छाडेर जाने साँसदकाे बढ्दो प्रवृत्ति भने नाैलाे हाेइन यस प्रति तीव्र असन्तुष्टिहरु व्यक्त हुँदै आएका छन्।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending