Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

नयाँशक्ति छाडेका नेता 'माओवादीतिरै', मंगलबार राष्ट्रिय भेला बोलाइयो

\"\"काठमाडौं । नयाँ शक्तिबाट बाहिरिएका देवेन्द्र पौडेलसहितका नेताले मूल पार्टी माओवादी केन्द्रमै फर्किने तयारी गरेका छन् । माओवादीमा फर्किने निर्णयका लागि उनीहरूले (मंगलबार) ६ भदौमा राष्ट्रिय भेला बोलाएका छन्। उक्त भेलाबाट बाबुराम नेतृत्वको नयाँ शक्ति पार्टी छाड्नुपर्नाको कारणसहित नयाँ ध्रुवीकरणको आवश्यकताका विषय समेटिएको घोषणापत्र पारित गर्ने र त्यसपछि माओवादी केन्द्रसँग एकता गर्ने कार्यसूची उनीहरूले बनाएका छन् । अाजको अन्नपूर्ण पोस्टमा खबर छ– राष्ट्रिय भेलाअगाडि नै माओवादीसँग एकताको सैद्धान्तिक आधार तयार पार्न र संगठनात्मक संरचनामा सहमति जुटाउन दुवै पक्ष सम्मिलित वार्ता टोलीबीच छलफल भइरहेको छ। दुवै पक्षले वार्ता टोली नै गठन गरेर शनिबार एकताका आधार तयार गर्न छलफल गरेका छन् । बालुवाटारस्थित \'नेपाल हाउस\' मा दुवै पक्षबीच भएको छलफलले आगामी साताभित्रै पार्टी एकता गर्ने गरी एकताका सैद्धान्तिक आधारबारे छलफल गरेको नेता वामदेव क्षत्रीले जानकारी दिए । ‘हामी वार्ताकै क्रममा छौं, केही सैद्धान्तिक विषयमा छलफल चलिरहेको छ । आइतबार बेलुकीसम्म एउटा खाका आउँछ,\' उनले भने। छलफलमा पौडेल नेतृत्वको समूहले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको एजेन्डामा सहमत हुने, पूर्ण समानुपातिक सदनको व्यवस्थाका लागि एकमत हुने, अहिले रहेको माओवादीको संगठनलाई विघटन गरेर नयाँ ढंगले पुनर्गठन गर्ने र बाबुराम भट्टराईले अगाडि सार्दै आएको पाँच ‘स\'को अवधारणालाई स्वीकार गरेर आर्थिक समृद्धिको दिशामा अगाडि बढ्नुपर्नेलगायत प्रस्ताव राखेको छ। उनीहरूले आर्थिक व्यवस्थाका सवालमा नयाँ ढंगले बहस सुरु गर्नुपर्ने तर्क पनि गरेका छन् । शनिबारको छलफलमा माओवादीका तर्फबाट नेता रामबहादुर थापा र वर्षमान पुन तथा पौडेल नेतृत्वको समूहबाट पौडेल, वामदेव क्षत्री, महेन्द्र पासवान, पासाङ शेर्पा र अमरध्वज लामा सहभागी थिए। नयाँ शक्तिका नेताहरूको संगठनात्मक व्यवस्थापनका लागि विभिन्न विकल्पमा रहेर छलफल भएको अर्का एक नेताले बताए । पौडेल समूहले माओवादीको जम्बो आयोजक समिति भंग गरी नयाँ ढंगले संरचना निर्माण गर्न गरेको आग्रहमा माओवादी नेताले भने पार्टी त्यसैको तयारीमा रहेको तर केही समय लाग्ने जानकारी गराएका थिए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending