Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

सशस्त्रको स्टाफ एन्ड कमान्ड कोर्षका लागि २० जना उत्तीर्ण

\"\"काठमाडौं । सशस्त्र प्रहरी बलले लिएको तेस्रो चरणको स्टाफ एन्ड कमान्ड कोर्षका लागि २० जना छनौट भएका छन् । ४६ जना नायव उपरीक्षक (डीएसपी) ले परीक्षा दिएकोमा २० जना मात्र उत्तीर्ण भएका हुन् । स्रोतका अनुसार, सिंस १ का दुई जना डीएसपीले परीक्षा दिएकोमा दुबै जना अनुत्तीर्ण भएका छन् । अनुत्तीर्ण हुने सिसं १ का डीएसपीमा मनिष थापा र प्रकाश थापा रहेका छन् । अाजको राजधानी दैनिकमा खबर छ– सो परीक्षामा सिसं २ र ३ का १०–१० जना डीएसपी उत्तीर्ण भएका छन् । सिसं २ बाट उत्तीर्ण हुनेमा दीपक थापा, राजेश उप्रेती, राजु गौतम, राजकुमार लामिछाने, जनक पुरी, सञ्जय भट्टराई, भरत खनियाँ, रमेशकुमार पाण्डे, तीर्थ पौडेल र टोपबहादुर खनाल रहेका छन् । यसैगरी सिसं ३ बाट भानुभक्त लम्साल, रामजंग पाण्डे, देवराज अर्याल, विनोदराज खनाल, राजेश खरेल, शेरबहादुर अधिकारी, माधव रेग्मी, मानबहादुर शाही, केशवराज प्याकुरेल र अरुणकुमार शर्मा रहेका छन् । यो पटक सिसं १, २ र ३ का इच्छुक डीएसपीलाई परीक्षा दिन पाउने व्यवस्था गरिएको थियो । जसमा सुरुमा ५२ जनाले आवेदन दिएकोमा पछि ६ जनाले आवेदन फिर्ता लिएका थिए । सो परीक्षा ३० असारदेखि ८ साउनसम्म भएको थियो । परीक्षाको भाइबा भने १६ र १६ साउनमा सोधिएको थियो । यसअघि पहिलो चरणमा एक सय २० जनाले परीक्षा दिएकोमा १२ जना मात्र उत्तीर्ण भएका थिए । दोस्रो चरणमा एक सय जनाले परीक्षा दिएकोमा ९ जना मात्र उत्तीर्ण भएका थिए । सशस्त्र प्रहरी बलमा स्टाफ एन्ड कमान्ड कोर्ष अत्यन्तै महत्वपूर्ण मानिन्छ । सशस्त्र प्रहरी नियमावली २०७२ अनुसार यो कोर्ष नगरेका सशस्त्र प्रहरी अधिकृतहरु नायव महानिरीक्षक (डीआईजी) बन्न सक्दैनन् । डीआईजी बन्नका लागि यो कोर्ष गरेकै हुनुपर्छ । यो कोर्ष गर्न सशस्त्र प्रहरी निरीक्षकमा भर्ना भएर डीएसपी भएपछि तीन पटक परीक्षा दिन सकिन्छ । तर तीन पटक फेल भए ऊ यो कोर्षका लागि योग्य मानिदैन । उसको वृत्ति विकास यहीँबाट पछि पर्दै जान्छ । परीक्षामा पास भएपछि उनीहरुले १८ महिना पढ्नु पर्छ । सशस्त्र प्रहरी बलले त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन लिएर यो कोर्ष सञ्चालन गरेको हो । यो कोर्ष अहिले दुई सिफ्टमा सञ्चालन गरिएको छ । पहिलो सिफ्ट विहान ८ देखि ११ बजेसम्म र दोस्रो सिफ्ट मध्यान्ह १२ देखि ३ बजेसम्म सञ्चालन गरिएको छ । पहिलो सिफ्टमा सशस्त्र प्रहरी बललाई राज्यले दिएको म्यान्डेटका विषयमा पढाइ हुन्छ भने दोस्रोमा शान्ति, विकास र सुरक्षाबारे अध्यापन गराइन्छ । पहिलो सिफ्टलाई मास्टर डिग्री र दोस्रो सिफ्टलाई डबल मास्टर डिग्रीको मान्यता दिइएको छ । तत्कालीन सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तको सक्रियतामा सरकारले सशस्त्र प्रहरी बललाई यो कोर्ष सञ्चालनको अनुमति दिएको हो । सशस्त्र प्रहरीका उच्च अधिकारीहरुलाई संगठनप्रति जिम्मेवार, दक्ष र काबिल बनाउन यो कोर्ष सञ्चालन गरिएको हो । सशस्त्र प्रहरी नियमालवी २०७२ मा डीआईजी बन्नका लागि यो कोर्ष अनिवार्य गरिएको भएपनि अहिले एसपी बन्न पनि यो कोर्षलाई अनिवार्य गरिनुपर्ने आवाज पनि संगठनभित्र उठ्न थालेको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: