Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

माओवादी केन्द्रसँग नजिकिँदै नयाँ शक्तिका नेता, यसरी बन्यो वातावरण

[caption id=\"attachment_145438\" align=\"alignleft\" width=\"750\"]\"\" फाइल फोटो[/caption] काठमाडौं । नयाँ शक्तिभित्र माओवादी केन्द्रसँग नजिकिनुपर्ने दबाब बढ्दै गउको छ । संघीय परिषद्मा बोल्ने नेताहरुले एजेन्डा मिल्ने पार्टीसँग कार्यगत एकता गर्नुपर्ने भन्दै माओवादीसँग नजिक हुनुपर्ने धारणा राखेका छन् । संघीय परिषद्मा बोल्ने ७० मध्ये अधिकांशले एजेन्डा मिल्नेसँग कार्यगत एकता गर्दै जानुपर्ने धारणा राखेको नयाँ शक्तिका नेता देवेन्द्र पौडेलले बताए । आजको नयाँ पत्रिकामा खबर छ– नेताहरुले माक्र्सवादी विचारलाई थप सुदृढ गर्दै एजेन्डा मिल्नेसँग कार्यगत एकता गर्नुपर्ने धारणा राखेका थिए । संघीय समाजवादी फोरमसँगको एकता प्रक्रिया भाँडिएपछि पूर्वमाओवादीहरु माओवादी केन्द्रसँग नजिकिन थालेका छन् । संघीय परिषद् बैठकमा दुई विचार जबर्जस्त रुपमा उठेको एक नेताले बताए । एकथरीले एजेन्डा मिल्नेसँग कार्यगत एकता हुँदै पार्टी एकतासम्म जानुपर्ने र अर्को धारले नयाँ शक्तिलाई थप सुदृढ गर्दै लैजानुपर्ने धारणा राखेका छन् । एजेन्डा मिल्नेसँग ध्रुवीकरण गर्दै एकता गर्नुपर्ने पक्षमा पूर्वमाओवादीहरु उभिएका छन् । नयाँ शक्ति पार्टीलाई नै अझै सुदृढ बनाउँदै लैजानुपर्ने धारणा राख्नेको संख्या पनि धेरै छ । एजेन्डा मिन्लेसँग ध्रुवीकरण गर्नुपर्ने पक्षमा देवेन्द्र पौडेल, वामदेव क्षेत्री, महेन्द्र पासवान, मुक्ति प्रधान, कुमार पौडेल, बलिराम साह, बहिद अन्सारीलगायत माओवादी पृष्ठभूमिका नेता छन् । तर, पञ्चलाल महर्जन, कुमार क्षेत्रीलगायत नेताले नयाँ शक्तिलाई थप सुदृढ गर्दै लैजानुपर्ने धारणा राखेका छन् । यसरी बन्यो माअ‍ोवादीसँग नजिकिने वातावरण संघीय फोरमसँग नयाँ शक्तिले गर्ने भनिएको एकता नेतृत्वका विषयमा कुरा नमिल्दा भाँडिएको थियो । फोरमसँगको एकता तोडिएपछि माओवादी पृष्ठभूमिका नेताहरु एजेन्डा मिल्नेसँग एकता गर्ने भन्दै माओवादसिँग नजिकिन थालेका छन् । फोरमसँग आधारभूत सैद्धान्तिक विषयमा सहमति भएपनि नेतृत्वको विवादले एकता भाँडिएको थियो । पार्टीको झन्डा, निर्वाचन चिह्न र पार्टीको नामका विषयमा मिल्न सक्ने देखिएको थियो । तर, उपेन्द्र यादवले आफ्नो नेतृत्वमा भए मात्र एकता हुने भनेपछि नेतृत्वमा कुरा नमिलेको हो । नयाँ शक्तिभित्र यादवको नेतृत्वमा नजान पूर्वमाओवादीहरुले चर्को दबाब दिएका थिए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending