भक्तपुर । पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेस नेता रमेश लेखकलाई शनिबार बिहान भक्तपुरस्थित निवासबाट पक्राउ गरिएको छ।
पारिवारिक स्रोतका अनुसार बिहान करिब ५ः३० बजे लेखक पितृ तर्पण दिइरहेका थिए। नुहाई–धुवाई सकेर केही महिनाअघि दिवंगत पिताको स्मरणमा तर्पण सम्पन्न गरेलगत्तै घरभित्र बर्दीधारी प्रहरी प्रवेश गरेको बताइएको छ।
प्रहरी टोली घरको तल्लो तलामा पुगेको अवस्थामा लेखकले नै उनीहरूलाई माथि बोलाएको स्रोतले जनाएको छ। पक्राउ गर्न पुगेका एक प्रहरी अधिकारी लेखकका पूर्वपरिचित रहेको बताइएको छ।
लेखकले नामै लिएर “अहिले नै पक्राउ गर्नुपर्ने हो?” भनी प्रश्न गर्दा प्रहरी अधिकारीले “आदेश त्यही छ” भन्ने जवाफ दिएको पारिवारिक स्रोतको भनाइ छ। त्यसपछि लेखक केही समय कोठाभित्र गएर करिब १० मिनेटपछि बाहिर निस्किएका थिए।
यसबीच उनले केही फोन सम्पर्क गरेको र त्यसपछि बाक्लो ज्याकेट लगाएर तल झरेको जनाइएको छ। प्रहरी टोलीलाई माथिल्लो तलासम्म जानु नपरेको र लेखक स्वयं तल ओर्लिएर “ल, जाऔँ” भन्दै सहयोग गरेको स्रोतले उल्लेख गरेको छ।
पक्राउका क्रममा लेखकले उक्त गिरफ्तारी कानुनसम्मत नभएको दाबी गर्दै कानुनी प्रतिवाद गर्ने बताएका थिए। प्रहरीले आदेशअनुसार पक्राउ गरिएको जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १६ गते, २०८२ - १८:२०
काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतविरुद्ध पक्राउ पूर्जी जारी गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिन अस्वीकार गरेको छ। सो विषयसँग सम्बन्धित जाह...
चैत्र १६ गते, २०८२ - १८:१६
नेपालगञ्ज । खुला सीमा रहेको बाँकेको नेपालगञ्जलगायत स्थानमा बर्ड फ्लूको जोखिम देखिएपछि यहाँ उच्च सर्तकता अपनाइएको छ । जिल्लासँग जोडिएका नाकाबाट अवैध...
चैत्र १६ गते, २०८२ - १८:१२
काठमाडौं । सरकारले संविधान संशोधन बहस पत्र तयार गर्न कार्यदल गठन गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार सदनमा प्रतिनिधित्व ...
चैत्र १६ गते, २०८२ - १८:०८
काठमाडौँ । पछिल्ला वर्षमा कृषकका लागि सबैभन्दा ठुलो समस्या वन्यजन्तु, विशेषगरी बाँदरको आतङ्क देखिएको छ । बाँदरले बाली नष्ट गर्दा कृषकहरू अत्यन्त चिन्त...
चैत्र १६ गते, २०८२ - १८:०६
काठमाडौं । संघीय संसदका दुवै सदनको संयुक्त बैठकका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले आगामी चैत १९ गते...
चैत्र १५ गते, २०८२ - २०:४५
काठमाडौं। उत्तर कोरियाले आफ्नो रणनीतिक सैन्य क्षमता विस्तार गर्ने दिशामा अर्को महत्त्वपूर्ण कदम चाल्दै उच्च–थ्रस्ट ठोस इन्धनयुक्त क्षेप्यास्त्र इन्जिन...
चैत्र १५ गते, २०८२ - २०:४२
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद...
चैत्र १५ गते, २०८२ - २०:३६
काठमाडौं । महेश बस्नेतलाई सादा पोशाकका प्रहरीले पक्राउ गर्न खोजेको तथा उनी मोबाइल स्वीच अफ गरेर भूमिगत भएको चर्चा सामाजिक सञ्जालमा फैलिएको छ। तर, प्रह...
चैत्र १५ गते, २०८२ - २०:१५
काठमाडौं । सरकारले नवनियुक्त मन्त्रीहरूलाई ललितपुरको पुल्चोकस्थित सरकारी क्वाटरमा व्यवस्थापन गर्ने तयारी थालेपछि त्यहाँ बसोबास गरिरहेका केही न्यायाधीश...
चैत्र १५ गते, २०८२ - २०:११
काठमाडौं । बालेन साह नेतृत्वको सरकारले विद्यालय तथा विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउने योजना सार्वजनिक गरेपछि विद्यार्थी नेताहरूले आपत्ति ज...



प्रतिकृया लेख्नुहोस्: