Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

गुराँस हेर्न पर्यटक घोडेपानीमा

खबरडबली संवाददाता

म्याग्दी ।  ‘म त लालीगुराँस भएछु, वनैभरि फुलिदिन्छु, मनैभरि फुलिदिन्छु’ स्वर सम्राट नारायणगोपालको यो गीतको शब्दझैँ म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने घोडेपानीको पाखा गुराँस फुलेर रङ्गिएको छ ।

वसन्त ऋतुको आगमनसँगै पाखाभरी ढकमक्क लालीगुराँस फुलेर मनमोहक र आकर्षक बनेको घोडेपानी प्रकृतिप्रेमी पर्यटकहरूको रोजाइमा परेको छ । घोडेपानीका होटल व्यवसायी हेमन्त वुद्धुजा पुनले गुराँसको सौन्दर्यमा रमाउन आएका पाहुनाहरूले दुई दिनयता होटलहरु भरिभराउ भएका बताए ।

“चैतेदसैँ, रामनवमी र शनिबार गरी लगातार तीन दिनको बिदा मनाउनका लागि पोखरा, म्याग्दी र काठमाडौँलगायतका ठाउँबाट आएका पाहुनाहरूले होटलहरु भरिएका छन्,” उहाँले भने, “गुराँस फुलेर रंगिएको घोडेपानीको वनपाखा, सूर्योदय, हिमशृङ्खला अवलोकन गर्ने पाहुनाको रोजाइमा घोडेपानी परेको छ ।”

घोडेपानीका २७ वटा होटलमा एक दिनमा एक हजार जनाभन्दा बढी बास बस्न सक्छन् । समुन्द्री सतहदेखि दुई हजार आठ सय मिटर उचाइमा रहेको घोडेपानीको जङ्गलमा ढकमक्क लालीगुराँस फुलेपछि मनमोहक बनेको छ ।

घोडेपानीको शिरमा रहेको पुनहिलमा चियापसल र प्रवेशशूल्क सङ्कलनको जिम्मा पाएका व्यवसायी सुदीप पुर्जाका अनुसार शुक्रबार मात्रै चार सय जना नेपाली र ५० जना विदेशी भ्रमणमा त्यहाँ पुगेका छन् । हप्तादिनअघि दैनिक दुई सय जनाको हाराहारीमा पाहुनाहरु आइरहेको उनले बताए ।

चैत–वैशाख गुराँस फुल्ने याम हो । विश्व प्रसिद्ध अन्नपूर्ण चक्रीय गन्तव्यमा समेटिएको घोडेपानी भ्रमणमा आउने पर्यटकका लागि वसन्त ऋतुको प्रमुख आकर्षण गुराँस हो । पुनहिलमा सूर्योदय र हिमशृङ्खलाको दृश्य अवलोकन गर्न जाने बाटोमा गुराँसको जङ्गल छ । यहाँ रातो, सेतो, चिमाली, सिमालीलगायत जातका गुराँस पाइन्छ ।

पाखोमा फुलेका गुराँसको जङ्गलको पृष्ठभूमिमा धौलागिरी, गुर्जा, अन्नपूर्ण, माछापुच्छ्रे«लगायत १६ भन्दा बढी हिमाल र सूर्योदयको दृश्य अवलोकन गर्न सकिन्छ । विश्वमा ४२ प्रजातिको गुराँस पाइन्छ । त्यसमध्ये नेपालमा ३२ प्रजातिका छन् । लालीगुराँस नेपालको राष्ट्रिय फूल पनि हो ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापले गरेको अध्ययनअनुसार घोडेपानी क्षेत्रमा १६ प्रजातिका लालीगुराँस पाइने अन्नपूर्ण गाउँपालिकाका पूर्व अध्यक्ष समेत रहेका घोडेपानीका होटल व्यवसायी डमबहादुर पुनले बताए ।

एकै स्थानमा धेरै प्रजातिका गुराँस पाइने यस क्षेत्रको जङ्गल गण्डकी प्रदेशकै ठूलो भएको उनको दाबी छ । घोडेपानी बस्तीको सिरानबाट पश्चिमोत्तर आधा घण्टा गुराँसे जङ्गलभित्र पैदल हिँडेपछि कालीसारस्थित गुराँस पार्क पुगिन्छ । गुराँसले ढाकेको वनमा चराको आवाज सुनेर डुल्दा रमाइलो महसुस र तनावमुक्त बनेको बेनीका अमृत कार्कीले अनुभव सुनाए ।

स्वच्छ हावापानी र शान्त वातावरणले तन/मन चङ्गा बनाएको पोखराबाट घोडेपानी घुम्न गएका दिया थापाले बताइन । गुराँस, चराको चिरबिर आवाज र हिमालको दृश्यले लट्ठै बनाएको उनले अनुभव सुनाइन् । पाहुनाहरूले गुराँसको जंगललाई पृष्ठभूमिमा पारेर भिडियो/ तस्बिर खिचाएर आनन्द लिन्छन् ।

घोडेपानीबाट ४५ मिनेट उकालो हिँडेपछि पुगिने समुन्द्री सतहदेखि तीन हजार दुई सय १० मिटर उचाइमा रहेको पुनहिल सूर्योदय र हिमालको दृश्यावलोकनका लागि प्रसिद्ध गन्तव्य हो । गुराँस पार्कबाट थप १५ मिनेट अगाडि बढेपछि गुराँसकै जङ्गलभित्र रहेको सुन्दर प्यारीबराह ताल पुगिन्छ ।

त्यहाँबाट फर्कंदा प्यारीबराहबाट भलखराचौरहुँदै ४० मिनेटमा घोडेपानी बस्तीको पुछारमा आइपुगिन्छ । घोडेपानीको सिरानबाट कालीसार गुराँस पार्क हुँदै प्यारीबराह ताल पुगेर भल्खराकोबाट तल्लो बाटो हुँदै घोडेपानी साइक्लिङ गर्न सकिन्छ । प्यारीबराहबाट घोडेपानीसम्मको घोडचढी (पोन्नी ट्रेल) मा जान सकिन्छ ।

घोडेपानीमा एक रात बास बसेको, बेलुकाको खाना, बिहानको खाजासहित रु नौ सय ५० देखि एक हजार ६०० को प्याकेज बनाइएको छ । अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर देखि घार, शिख, चित्रे हुँदै २१ किलोमिटर दुरीका पुगिने घोडेपानीमा पोखरादेखि बस सञ्चालन हुन थालेको छ ।

कास्कीको नयाँपुलदेखि बिरेठाँटी–उल्लेरी हुँदै घोडेपानी जोड्ने कच्चि सडक पनि गत कात्तिकदेखि सञ्चालनमा आएको छ । घान्द्रुक, उल्लेरी, शिख, मोहरेडाडा तर्फबाट घोडेपानी पुग्न सकिने पदमार्गहरु रहेका छन् । अन्नपूर्ण गाउँपालिका–६ का वडा अध्यक्ष रामबहादुर खड्काले पदमार्गको संरक्षण, पुननिर्माण, सडक स्तरोन्नति र सहायक गन्तब्यको पहिचान गरि पूर्वाधार निर्माणमा जोड दिइएको बताए ।

“सडकमार्ग भएर मुस्ताङ जाने–आउने पर्यटकहरूलाई घोडेपानी भित्र्याउन पोखरेबगरदेखि कास्कीको नयाँपुल जोड्ने वैकल्पिक सडक सञ्चालनमा आएका कारण स्वदेशी पर्यटकको आगमन बढेको छ,” उनले भने “घोडेपानीमा पर्यटकको बसाई लम्बाउन ‘गुराँस पार्क’, घोडामार्ग, साइकल मार्ग र सहायक गन्तव्यको पहिचान गरी पूर्वाधार निर्माणमा जोड दिएका छौ ।”

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

देशभर उच्च सुरक्षा सतर्कता, बिदा रोक्ने सर्कुलर जारी

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र रमेश लेखकलाई पक्राउ गरेपछि देशभर उच्च सुरक्षा सतर्कता अपनाइएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रधान ...

काठमाडौंको ढुङ्गेअड्डामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं। काठमाडौंको ढुङ्गेअड्डामा बसको ठक्करबाट आज मोटरसाइकल चालकको मृत्यु भएको छ। चन्द्रागिरी नगरपालिका–१५ ढुङ्गेअड्डास्थित सडकमा लु प्र ०१–००१ ख...

गौरीबहादुर कार्कीको घरमा बाक्लो सुरक्षा, सेनाको ब्यारेकमा राख्नेबारे छलफल

काठमाडौं । सुरक्षा जोखिम हेरेर सरकारले जेनजी आन्दोलनका घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीलाई नेपाली सेनाको ब्यारेकमा रा...

२४ गतेको हिंसाका अगुवाहरूलाई पनि कारवाही हुनु पर्छः हर्क साम्पाङ

काठमाडौं । राजनीतिक विश्लेषक हर्क साम्पाङले २४ फागुनमा सिंहदरबार, सर्वोच्च न्यायालय र संसद भवनमा भएको आगजनीका घटनाका लागि मात्र व्यक्तिगत नेताहरूमा का...

ओली र लेखक पक्राउविरुद्ध प्रतिवाद गर्ने नेविसंघको चेतावनी

काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेपछि नेपाल विद्यार्थी संघ (नेव...

सरकारको निर्णयप्रति नेकपाको ध्यानाकर्षण, प्रधानमन्त्री साहलाई बधाई

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले नवनियुक्त प्रधानमन्त्री बालेन (बालेन्द्र) साहलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ। फागुन २१ गते सम्पन...

ओलीलाई तत्काल रिहा नगरे देशव्यापी आन्दोलनको चेतावनी

सुर्खेत। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सरकारले पक्राउ गरेको विरोधमा कर्णालीका विभिन्न जिल्लामा एमालेले प्रदर्शन गरेको...

गुराँस हेर्न पर्यटक घोडेपानीमा

म्याग्दी ।  ‘म त लालीगुराँस भएछु, वनैभरि फुलिदिन्छु, मनैभरि फुलिदिन्छु’ स्वर सम्राट नारायणगोपालको यो गीतको शब्दझैँ म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ म...

हेटौँडा सिमेन्ट उद्योगद्वारा क्लिङ्कर उत्पादन सुरु

हेटाैँडा । लामो समयदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले क्लिङ्कर उत्पादन सुरु गरेको छ । गत भदौ २४ गतेदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले क्लि...

कर्मचारीलाई सञ्चारमन्त्रीको निर्देशन- अपेक्षा धेरै छन्, जनताले अनुभूति गर्नेगरी काम गर्नुस्

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले जनताले तत्काल अनुभूति गर्ने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । शनिबार...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending