Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

माओवादी केन्द्रको आन्तरिक चुनावी समीक्षा- तेस्रै तर निकै कम

\"\"काठमाडौं, २६ असार । सत्ता साझेदार माओवादी केन्द्रले दुई चरणका स्थानीय तह निर्वाचनबाट तेस्रो हैसियत सुरक्षित गरे पनि अपेक्षाकृत परिणाम नआएको विश्लेषण गरेको छ । रोल्पा, अर्घाखाँचीजस्ता जित्न सकिने भनिएका जिल्लामा हार बेहोर्नुलाई माओवादी केन्द्रले गम्भीर समीक्षाको विषय बनाउने भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनाव परिणाम समीक्षाका लागि पार्टी सचिवालय बैठक डाक्न निर्देशन दिइसकेका छन् । अाजको कान्तिपुरमा खबर छ– ‘सयभन्दा बढी स्थानीय तह जित्न सकिने हाम्रो अपेक्षा थियो, त्यसअनुसार परिणाम हासिल भएको छैन,’ माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले भनिन्, ‘किन अपेक्षाकृत परिणाम आएन भन्ने विषयमा ग्राउन्डकै रिपोर्ट लिएर निर्मम समीक्षा गर्दैछौं ।’ माओवादी केन्द्रले स्थानीय तह चुनावमा पार्टीको समग्र अवस्थाबारे समीक्षा गर्न साउन २ गते पार्टी सचिवालयको विस्तारित बैठक डाकेको छ । पहिलो र दोस्रो दुवै चरणको चुनाव समीक्षा गर्न प्रदेश २ बाहेकका सबै जिल्ला इञ्चार्जलाई पार्टी केन्द्रले काठमाडौं डाकिसकेको छ । पहिलो र दोस्रो दुवै चरणका स्थानीय तह चुनावमा माओवादी केन्द्र तेस्रो हैसियतमा छ । दोस्रो चरणको निर्वाचनमा माओवादीले ३८ स्थानीय तहमा प्रमुख जितेको छ । चुनाव भएका ६७ जिल्लामध्ये २४ जिल्लामा माओवादीले कुनै पनि स्थानीय तह जित्न सकेन । मेची अञ्चलमा पाँचथरको मिक्लाजुङ गाउँपालिकाबाहेक अन्यत्र सबै स्थानमा माओवादीले पराजय बेहोर्‍यो । अधिकांश ठाउँमा दोस्रो स्थान ल्याउनसमेत मुस्किल पर्‍यो । प्रवक्ता भुसालले २०६४ सालको संविधानसभा चुनावमा माओवादीले राष्ट्रव्यापी लहर ल्याउँदै गर्दा पनि पूर्वका पहाडमा उल्लेख्य प्रगति नगरेको भन्दै अहिलेको परिणामलाई स्वाभाविक रूपमा लिनुपर्ने तर्क गरिन् । पछिल्लो राजनीतिक प्रतिस्पर्धामा तेस्रो देखिनुलाई पार्टीले स्वाभाविक रूपमा लिए पनि जित्ने उम्मेदवारको सिट संख्या अपेक्षाभन्दा कम आएको भन्दै अध्यक्ष प्रचण्डले निकटस्थसित असन्तुष्टि व्यक्त गरेका छन् । उनले टुटफुटपछि एकीकृत पार्टीले यसबीचमा सरकारमा गएर जनताको बीचमा प्रगतिशील काम देखाइसकेको भन्दै त्यसलाई चुनावी एजेन्डाका रूपमा स्थापित गर्न पार्टी संगठन चुकिरहेको भन्दै आगामी चुनावहरूका लागि रणनीति कोर्न थालेको पार्टी उच्च स्रोतले बतायो । दाहाल आफैंले हरेक जिल्ला र स्थानीय तहको हालको चुनावी परिणामबारे तथ्यांक मगाएर अध्ययन गरिरहेको स्रोतको भनाइ छ । ‘स्थानीय तहको शक्ति र अधिकार दिलाउन माओवादीले गरेको योगदानलाई राम्ररी लैजाऔं,’ प्रचण्डको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘सबै नेता काठमाडौं केन्द्रित भएर पार्टी चल्दैन, हाम्रो आधार गाउँ नै हो, हामी सबै उता फर्कनुपर्‍यो ।’ पार्टी स्रोतका अनुसार सचिवालयको विस्तारित बैठकअघि अध्यक्ष प्रचण्डले छुट्टै हेडक्वार्टर बैठक राखेर चुनाव समीक्षा र आगामी दुई चुनावको रणनीतिसम्बन्धी गृहकार्य गर्नेछन् । ‘पोहोर पार्टी एकता गरेर माओवादी धारहरूलाई एक ठाउँ ल्याए पनि जिल्लाहरूमा एकताको स्पिरिट पैदा गर्न नसकिएको समीक्षा भएको छ,’ अर्का माओवादी नेताले भने, ‘तर जनयुद्धकालको सांगठनिक आधार भएका केही जिल्लामा समेत पराजय बेहोर्नुलाई हामीले सामान्य रूपमा लिएका छैनौं । अब त्यसैअनुसारको रणनीति बन्छ ।’ माओवादी घटकहरूबीच पोहोर जेठमा पार्टी एकता भए पनि माओवादी केन्द्रले एकताका आधारमा जिल्लाहरूमा संगठन व्यवस्थित गर्न सकेको छैन । कांग्रेस र एमालेका उम्मेदवार आकांक्षीहरूमा देखिएको आन्तरिक प्रतिस्पर्धा र अन्तर्घातको रोग आफूभित्र पनि सरेको माओवादी केन्द्रको मूल्यांकन छ । कमजोर सांगठानिक पकड भएका जिल्लाबाहेक अन्यत्र उम्मेदवारी दर्ताका क्रममा अस्वस्थ प्रतिस्पर्धा भएको पार्टीको बुझाइ छ । ‘स्थानीय चुनाव जसरी पनि जित्न अरू पार्टीहरूले गैरराजनीतिक क्षेत्रबाट उम्मेदवारी दिएको पनि देखियो, त्यसबारे पार्टीले दृष्टिकोण बनाउने छ,’ भुसालले भनिन्, ‘आर्थिक स्रोतको अथाह दुरुपयोग, चुनाव जित्नका लागि गरिएका हत्कण्डाहरूबारे जनतालाई बुझाउनुपर्ने देखिएको छ, स्थानीय मुद्दा र राजनीतिक एजेन्डाबीच स्पष्ट धारणा जनताबीच लैजाने क्रममा केही त्रुटि भएको कुरालाई हामी समीक्षा गर्दैछौं ।’ माओवादी नेता अग्निप्रसाद सापकोटाले पार्टीले अपेक्षा गरेको र पाएको मत तुलना गर्दै आगामी रणनीति बनाइने जानकारी दिए । ‘पार्टीको संगठन र राजनीतिक प्रभाव सबैतिर छ भन्ने त चुनावले देखाइहाल्यो, तर व्यवस्थित ढंगले लैजानमा देखिएका त्रुटि सच्याउँदै छौं,’ सापकोटाले भने ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending