Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

भाईलाई मुख्यसचिव बनाउने योजनामा सोमलाल सुवेदी

\"\"काठमाडौं, २५ असार । मुख्यसचिव सोमलाल सुवेदी अन्तिम समयमा आएर नयाँ बन्ने मुख्यसचिवका लागि तगारो बनेका छन् । कम्युनिष्ट छवि भएका सुवेदीलाई मुख्यसचिव बन्ने मौका कांग्रैस नेतृत्वको सरकारले दिएको भए पनि अहिले कांग्रेसकै नेतृत्वको सरकारलाई धोका दिने रणनीतिमा सुवेदी लागेको कर्मचारीहरु नै बताउँछन् । देशान्तर साप्ताहिकमा खबर छ– साउन १ गतेदेखि एसियाली विकास बैंकको जागिरमा जाने तयारीमा रहेका मुख्यसचिव सुवेदीलई कार्यकाल बाँकी रहँदै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले अनुमति दिएको हो । पूर्व सहमतिअनुसार यही असार २८ गतेभित्रमा सुवेदीले मुख्यसचिव पदबाट राजीनामा दिएर नयाँ मुख्यसचिवका लागि बाटो खुला गरिदिनुपर्ने हो । तर, मुख्यसचिव सुवेदी २८ असारमा राजिनामा नदिएर मुख्यसचिवाका लागि दाबेदार रहेका केही सचिवलाई अवकाशमा पठाउने तयारीमा रहेका छन् । मुख्यसचिवका लागि दाबेदार रहेका १० जना सचिवमध्ये पहिलो नम्बरमा रहेका सचिव धनबहादुर तामाङ असारभित्रै मुख्यसचिवले राजिनामा नदिए वा सरकारले स्वीकृत नगरे मुख्यसचिव बन्न पाउने छैनन् । सत्ता नेतृत्व गरिरहेको कांग्रेस सुवेदीपछिको वरीयतामा रहेका धनबहादुर तामाङलाई मुख्यसचिव बनाउने तयारीमा छ भने मुख्यसचिव सुवेदी तामाङलाई मुख्यसचिवको बाटो नखोल्ने रणनीतिमा लागेका छन् । सुवेदीले असार २८ अघि नै राजिनामा दिँदा चाहेको व्यक्ति मुख्यसचिव बन्न नसक्ने भएकाले तामाङलाई मुख्यसचिव हुने बाटो बन्द गर्ने खेलमा सुवेदी लागेका हुन् । तामाङ२०६९ साल असार २८ गते सचिवमा बढुवा भएका थिए । तामाङ मुख्यसचिव भइहाले पनि ५८ वर्षे उमेर हदका कारण २० मंसिरमा सेवानिवृत्त हुने भएकाले मुख्यसचिव बन्न नपाए २८ असारमा अवकाश लिने मनस्थितिमा रहेका छन् । अर्थसचिव शान्तराज सुवेदीलाई मुख्यसचिव बनाउने खेलमा रहेका मुख्यसचिव सुवेदीको राजिनामा यसै कारणले पनि २८ असारपछि मात्र आउने भएको छ । यता, प्रमुख प्रतिपक्षी दल एमालेले पनि तामाङलाई रोक्दै नाताले मुख्यसचिवका भाई पर्ने अर्थसचिव शान्तराज सुवेदीलाई मुख्यसचिव बनाउन प्रधानमन्त्री देउवालाई दबाब दिइरहेको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending