Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

यस्ता छन् नवनिर्वाचित नेताका नौ निर्णय

\"\"काठमाडौं, २४ असार । १. जनसत्ताका घरजग्गा कारोबारलाई मान्यता रुकुमको सानी भेरी गाउँपालिकाले जनयुद्धका वेला सञ्चालित जनसत्ताले दिएको अनुमतिका आधारमा भएका घरजग्गा कारोबारलाई मान्यता दिन प्रक्रिया अघि बढाउने निर्णय ग-यो । यो विषयमा माओवादीबाहेकका अन्य दलले विरोध गरे भने सरकारी कार्यालयले त्यस्तो अभ्यासलाई मान्यता नदिने स्पष्ट पारेको छ । २. जिल्ला शिक्षालाई गाउँपालिकाको पत्र अाजको नयाँ पत्रिकामा खबर छ– सिन्धुपाल्चोकका विभिन्न सामुदायिक विद्यालयमा शिक्षक दरबन्दी खाली भएपछि जिल्ला शिक्षा कार्यालयले स्थानीय पत्रिकामा विज्ञापन छापेर आवेदन माग ग-यो । तर, यहीबीचमा जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले जिल्ला शिक्षा कार्यालयलाई पत्र लेखेर शिक्षक नियुक्ति प्रक्रिया तत्काल रोक्न भनेका छन् । कक्षा १२ सम्मको शैक्षिक कार्यक्रमको व्यवस्था स्थानीय तहको भएकाले आफूहरूको भूमिकाविना निर्णय हुन नसक्ने उनको दाबी छ । ३. गैरसरकारी संस्थासँग स्पष्टीकरण माग महिला मानवअधिकार रक्षक सञ्जाल नेपालले स्थानीय तहको अनुमतिविना कमिटी गठन गर्नेलगायतका गतिविधि गरेकोमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाले सञ्जाललाई स्पष्टीकरण सोधेको छ । गाउँपालिकाका कार्यकारी अधिकृत शैलेन्द्र ढकालद्वारा हस्ताक्षरित स्पष्टीकरणपत्रमा भनिएको छ, ‘गाउँकार्यपालिकाको स्वीकृतिविना गाउँपालिका क्षेत्रभित्र गतिविधि सञ्चालन गरेकोले तपाईंलाई कारबाही किन नगर्ने ? सात दिनभित्र चित्तबुझ्दो जवाफसहित सम्पर्कमा आउनुहोला, अन्यथा कानुनबमोजिम हुनेछ ।’ ४. सामुदायिक वन सेनालाई दिएर जिल्लालाई बोधार्थ स्याङ्जाको पुतलीबजार नगरपालिका–४ का वडाध्यक्षले स्थानीय सामुदायिक वन नै सेनालाई दिने निर्णय गरेर यसको बोधार्थ जिल्ला वन कार्यालयलाई पठाए । राष्ट्रियस्तरका परियोजनालाई मात्र वनको जग्गा दिन सकिने, तर सो निर्णय मन्त्रिपरिषद्बाट मात्र हुन सक्ने जानकारी जिल्ला वन कार्यालयले वडाध्यक्षलाई गराएको छ । ५. महानगरका मेयर र उपमेयरलाई मोबाइल काठमाडौं महानगरपालिकाका प्रतिनिधिले नै मेयर, उपमेयर र सबै वडाध्यक्षलाई मोबाइल सेट किनेर सिमकार्डसहित दिने निर्णय गरे । वडाध्यक्षलाई मोबाइल किन्न ३० हजार दिने र मेयर–उपमेयरलाई मोबाइल सेट नै किनेर दिने निर्णय सार्वजनिक भएपछि जनस्तरबाट व्यापक विरोध भयो । सरकारको समेत ध्यानाकर्षण भएपछि महानगरपालिकाले अलोकप्रिय निर्णय फिर्ता लियो । ६. भवन खाली गर्न इलाका वन कार्यालयलाई पत्राचार धादिङको वेनीघाट–रोराङ गाउँपालिकाले इलाका वन कार्यालय विशालटारको भवन अबदेखि गाउँपालिकाले प्रयोग गर्ने निर्णय ग¥यो । वन कार्यालयलाई पत्र लेखेर यसको जानकारी दिइएको छ । यो विषय जिल्ला वन कार्यालयसम्म पुग्यो, मन्त्रालयबाट परिपत्र नआएसम्म गाउँपालिकाको निर्णयकै आधारमा कार्यालय नछाड्ने जवाफ वन कार्यालयले पठाएको छ । ७. अदालतको आदेशविपरीत विद्युत्को पर्खालमा डोजर कीर्तिपुर नगरपालिकाले नेपाल भाषालाई पनि सरकारी कामकाजको भाषा बनाउने निर्णय ग-यो । स्थानीय तहले स्थानीय भाषालाई सरकारी कामकाजको भाषा बनाउन सक्ने भए पनि त्यसका लागि कानुन बनिनसकेको सरकारको भनाइ छ । त्यस्तै कीर्तिपुर नगरपालिका र विद्युत् प्राधिकरणबीच जग्गाको स्वामित्वको विषयमा विवाद थियो । पाटन उच्च अदालतले अन्तरिम आदेश दिँदादिँदै पनि नगरपालिकाले डोजर लगाएर प्राधिकरणको पर्खाल भत्काइदियो । ८. सामुदायिक वन उपभोक्ता समिति खारेज गर्न आदेश चितवनको राप्ती नगरपालिका–३ का वडाध्यक्षले स्थानीय शिखर हरियाली सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीलाई भेटेरै भने, ‘वनसम्बन्धी काम पनि अब स्थानीय तहले गर्छ, उपभोक्ता समितिको औचित्य समाप्त भयो ।’ सामुदायिक वन उपभोक्ता समितिको गुनासो जिल्ला वन कार्यालयमा पुग्यो, वनका हाकिमले राप्ती नगरका प्रमुखलाई नै भेटेर उपभोक्ताको कार्यक्षेत्र जनप्रतिनिधिले मिच्न नसक्ने स्पष्ट पारेका छन् । ९. वृद्धभत्ता १० प्रतिशत बढाउने स्थानीय निर्णय पोखरा–लेखनाथ महानगरपालिकाको पहिलो बैठकले नै वृद्धभत्ता १० प्रतिशत बढाउने निर्णय ग-यो । पोखराको सिको गर्दै देशका विभिन्न स्थानीय तहले यस्तै ‘पपुलिस्ट’ निर्णय गरे । तर, अर्थ मन्त्रालयले दिएको बजेटबाट भत्ता वितरण गर्न नपाइने भन्दै सरकारले सर्कुलर नै जारी गरेको छ । वृद्धभत्ता बढाएको घोषणा गर्ने स्थानीय तहले त्यसको कार्यान्वयन कसरी गर्छन् भन्ने प्रश्न बाँकी नै छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending