नयाँ मोडमा थबाङको चुनाव : विप्लव र कांग्रेसलार्इ एमालेको साथ
आषाढ़ ११ गते, २०७४ आइतवार 25th June, 2017 Sun२०:४१:५३ मा प्रकाशित
रोल्पा, ११ असार। नेपाली कांग्रेसको सहयोगमा थबाङ गाउँपालिकामा निर्वाचनमा होमिएको विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नेकपा (एमाले)को पनि साथ लिएको छ । नेकपा–कांग्रेस गठबन्धनले एमालेको पनि साथ लिएपछि थबाङ गाउँपालिकाको चुनावी अवस्था रोमाञ्चक मोडमा पुगेको छ ।
यसअघि गाउँपालिका प्रमुख र उपप्रखुमा उम्मेदवारी दिएको एमालेले अब प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका नेकपाका स्थानीय युवा कार्यकर्ता अमित घर्तीलाई मतदान गर्ने भएका छन् । ‘एमालेले पनि नेकपाबाट स्वतन्त्र रुपमा उठेका अमित घर्तीलाई मतदान गर्ने भएको छ’, एमालेबाट गाउँपालिका प्रमुखमा उम्मेदवारी दिएर भोट मागिरहेका हितबहादुर रोकाले थबाङमा भन्न थालेका छन् ।
माओवादीका नेताहरुले भने एमालेले पनि नेकपा–कांग्रेस गठबन्धनलाई समर्थन गर्दा आफ्नो पार्टीलाई फाइदा हुने दावी गरेको छ । ‘हिजो कांग्रेसका कारण थबाङले दुःख पाएको थबाङ्गी जनताले बिर्सिएका छैनन्, एमाले जहिल्यै अवसरवादी भूमिका रह्यो, थबाङ्गी जनतालाई सधै दुःख दिने र अवसरवादी भूमिकामा रहनेहरुको साथ लिंदा नेकपा नांगिएको छ’, माओवादी केन्द्रका एक नेताले भने, ‘अब थबाङ्गी जनताले नेकपालाई प्रष्ट रुपमा चिने, यसबाट हाम्रो पार्टीलाई फाइदा हुन्छ ।’
माओवादी केन्द्रका नेताहरुले अब थबाङ गाउँपालिकामा आफ्नो पार्टीको जित निश्चित भएको दावी गरेको छ । ‘नेकपा–कांग्रेस गठबन्धन हार्ने निश्चित भएर नै एमालेको पनि गुहार मागेकोमा कुनै भ्रम छैन,’ माओवादी केन्द्रका ती नेताले भने, ‘गाउँपालिका भरी एमालेको ५०÷६० भोट छ । त्यत्ति भोटले हामीलाई कनै असर गर्दैन । एमालेका सबैले प्रमुखमा नेकपाबाट उठेका स्वतन्त्र उम्मेदवारलाई भोट हाल्छन् भन्ने पनि छैन ।’
स्थानीय चुनाव खारेजीको अभियानमा रहेको नेकपाले नै स्वतन्त्र रुपमा उम्मेदवारी दिएपछि चर्चामा रहेको थबाङमा अब दुई पक्षबीच प्रतिस्पर्धा हुने भएको छ । माओवादी केन्द्र विरुद्ध नेकपा–कांग्रेस–एमालेको गठबन्धन बनेपछि थबाङ झनै चर्चामा आएको छ ।
थबाङ गाउँपालिकामा नेकपा–कांग्रेस गठबन्धनबाट नेकपाका कार्यकर्ता अमित घर्ती प्रमुख र कांग्रेसकी श्रीकुमारी रोकाले उपप्रमुखमा उम्मेदवारी दिएका छन । माओवादी केन्द्रबाट पूर्व व्रिगेड कमाण्डर वीरबहादुर घर्ती प्रमुखमा र जनयुद्धमा थबाङकी संस्थापक नेतृ रामकिरणी रोकाले उपप्रमुखमा उम्मेदवारी दिएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: