Khabar Dabali ६ श्रावण २०८३ बुधबार | 22nd July, 2026 Wed
Investment bank

सूचनाको समान पहुँच नहुँदा अर्थतन्त्र प्रभावित : अर्थमन्त्री

खबरडबली संवाददाता

काठमाडौं। अर्थमन्त्री रामेश्वर खनाल अर्थतन्त्र सही ढङ्गले सञ्चालन हुन सही सूचना समयमै प्रवाह हुन अत्यावश्यक रहेको बताएको छन् । मिडियामा सूचनाको हक प्रयोगसम्बन्धी शुक्रवार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले सूचना असमान पहुँचका कारण बजारमा ठूलो असन्तुलन देखिएको बताएको हो । 

उनका अनुसार सूचनाको हकसम्बन्धी कानुनले मात्र नभई विभिन्न मापदण्ड र कानूनले पनि सूचना प्रवाहलाई सम्बोधन गरेको छ । तर व्यवहारमा सबै पुँजीबजारका लगानीकर्ताले एउटै समयमा समान सूचना नपाउँदा प्रतिस्पर्धा प्रभावित भइरहेको उनले बताए। 

पुँजीबजारमा ‘इन्साइडर ट्रेडिङ’ का कारण केही व्यक्तिले सूचनामाथि एकाधिकार कायम गरिरहेको अर्थमन्त्री खनालले बताए । उनका अनुसार धातु बजारमा सुन–चाँदीको मूल्यबारे समयमै सूचना पाउने र ढिलो पाउने व्यवसायीबीच नाफा–नोक्सानीमा ठूलो फरक पर्छ ।

अर्थमन्त्री खनालले भन्नुभयो, ‘अर्थतन्त्र सही तरिकाले चल्नका निमित्त सही सूचना प्रवाह आवश्यक हुन्छ । सही सूचना प्रवाह कतिपय अवस्थामा सूचनाको हक सम्बन्धी कानुनले सिधै कभर नगरेपनि थ्रुपै मापदण्ड र कानूनले सम्बोधन गरेको छ । पुँजीबजारमा इन्साइडर ट्रेडिङका कारणले कतिपय व्यक्तिहरुले सूचनाको एकाधिकार प्राप्त गरिरहेका छन् । सबै लगानीकर्ताले समान तवरले समान निर्णय गर्न सुचना त्यही समयमा पाउन सकिरहेका छैनन् । त्यही सूचना पनि कतिपयले १० दिन पछि प्राप्त गर्‍यो । कुनैले तत्काल रियल टाइममा प्राप्त गर्‍यो भने त्यही अवसर र लाभमा ठूलो फरक आउछ ।  धातु बजारमा सुन चाँदीको मूल्य कसरी बढ्दैछ भन्ने सूचना कुनै व्यवसायीले रियल टाइममा प्राप्त गर्नसक्यो र अर्को व्यवसायीले समय ग्रुजिसकेपछि प्राप्त गर्‍यो भने ती दुई बीचमा लाभ र हानीमा ठूलो फरक हुन्छ । त्यसकारणले सूचनाको महत्व ठूलो छ ।  

उनले नेपालका लेखामापदण्डले ठूला कम्पनी तथा अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने घरानाहरूले आफ्नो कारोबार, त्यसको सामाजिक प्रभाव र सार्वजनिक गर्नुपर्ने विवरण स्पष्ट रूपमा तोकेको बताए। तर कुनै कम्पनीले आवश्यक सूचना सार्वजनिक गरे/नगरेको विषयमा पत्रकारहरूले गम्भीर अनुगमन नगरेको उनको टिप्पणी थियो । 

समान अवसरको व्यवस्था विश्वभर प्रचलित भएपनि नेपालमा कम्पनीहरूले दलित, जनजाति तथा पिछडिएका वर्गलाई कति रोजगारी दिएका छन् भन्ने विवरण सहज रूपमा प्राप्त हुन नसकेको उनका भनाइ छ । नागरिकसम्म सही सूचना पुर्‍याउने क्षेत्रमा अझै ठूलो सम्भावना बाँकी रहेको उनले उल्लेख गरे।
 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हस्तकलामार्फत रोजगारी सिर्जना गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले हस्तकला व्यवसायसम्बन्धी नीति निर्माण, हस्तकला व्यवसायको संरक्षण, रोजगारी सिर्जना र हस्तकलाको पुस्तान्तरण गर्ने...

सामुदायिक वनबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद

रानी। मोरङको उर्लाबारीस्थित सुनझोडा सामुदायिक वनबाट प्रहरीले भरुवा बन्दुक र त्यसमा प्रयोग हुने विस्फोटक पदार्थ बरामद गरेको छ। चोरी(सिकार भइरहेको वि...

बीपीको स्मृतिमा कांग्रेस संस्थापनइतरको छुट्टै सभा, खड्का–कोइराला–सिंहले संयुक्त रूपमा गरे उद्घाटन

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले बुधबार वीपी स्मृति दिवसको अवसरमा आयोजना गरेको स्मृति सभा कार्यक्रम तीन शीर्ष नेताले संयुक्त रूपमा उद्...

टिचिङ अस्पतालले बिहीबार आधा दिन सेवा दिने

काठमाडौँ। त्रिभुवन विश्वविद्यालय शिक्षण (टिचिङ) अस्पतालले बिहीबार त्रिभुवन विश्वविद्यालय दिवसको अवसरमा अस्पताल बिहानको समय (आधा दिन) मात्र सञ्चालन हुन...

प्रदीप अधिकारीकी पत्नी सुफलमाथि अनुसन्धान गर्न रक्षा मन्त्रालय र जंगी अड्डालाई अख्तियारको पत्राचार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक सैनिक अधिकृत भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित गतिविधिमा संलग्न रहेको आशंकामा आवश्यक अनु...

सुर्खेतमा फोर्स गाडी दुर्घटना, १९ जना घाइते

काठमाडौं । सुर्खेतको गुर्भाकोट नगरपालिका–१३ सेराघारीमा फोर्स गाडी दुर्घटना हुँदा १९ जना घाइते भएका छन्। प्रहरीका अनुसार सिम्ता गाउँपालिकाबाट गुमीतर...

पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छ: नेता आङ्देम्बे

चितवन । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेताहरुले पार्टी फुटाउन होइन, जोड्न एकता कायम गर्नुपर्ने बताएको छन् ।   नेपाली कांग्र...

कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका श्रेष्ठले आत्मदाह गरेको प्रहरीको निष्कर्ष

काठमाडौं । कीर्तिपुरमा कारभित्र जलेको अवस्थामा फेला परेका सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको प्रहरीको अनुसन्धानबाट निष्कर्ष निकालिएको छ। काठमाडौं ...

दाङमा निर्माणाधीन घरको पानी ट्यांकीमा दुई जनाको शव फेला

काठमाडौं । दाङमा निर्माणाधीन घरको पानी ट्यांकीभित्र दुई जना पुरुषको शव फेला परेको छ। तुलसीपुर उपमहानगरपालिका–६ रजौरास्थित निर्माणाधीन घरको पानी ट्य...

मन्त्रिपरिषद् बैठक आज दिउँसो ३ बजे बस्ने

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे बस्ने भएको छ। प्रधानमन्त्रीको अध्यक्षतामा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending