Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

को होला अबको मुख्यसचिव ? यी हुन् प्रतिस्पर्धी

\"\"काठमाडौं, ११ असार । सेवाअवधि बाँकी रहे पनि मुख्यसचिव डा. सोमलाल सुवेदी सरकारी सेवाबाट बिदा हुँदैछन् । उनी १ साउनदेखि फिलिपिल्सको मनिलामा एडिबीको उपकार्यकारी निर्देशक हुँदैछन् । सुवेदीको बहिर्गमनपछि मुख्यसचिव बन्न १० जना सचिव प्रतिस्पर्धामा छन् । आजको नयाँ पत्रिकामा खबर छ– सरकारले सुवेदीलर्य १ साउनदेखि काम गर्न जाने गरी स्वीकृति दिइसकेको छ । २० साउन ०७२ मा मुख्यसचिव भएका सुवेदीको कार्यकाल २० साउन ०७५ सम्म थियो । ‘म साउन १ देखि एडिबीको केन्द्रीय कार्यालय मनिलामा काम सुरु गर्छु,’ मुख्यसचिव सुवेदीले भने । तर, उनले राजिनामा कहिले गर्ने भन्नेबारे निर्णय लिइनसकेको बताए । ‘राजीनामा दिने दिनबारे त्यतिवेलै सोचविचार गरौंला,’ सुवेदीले भने । को–को छन् प्रतिस्पर्धी ? अब मुख्यसचिव को हुन्छ ? यो प्रश्नको जवाफ धेरै हदसम्म सुवेदीले राजीनामा कहिले दिन्छन् भन्ने प्रश्नमा निर्भर हुनेछ । अहिले मुख्यसचिवपछि वरीयतामा सचिव धनबहादुर तामाङ छन् । सुवेदील्े २८ असारअघि नै राजीनामा दिएमा र सरकारले सो मितिअघि नै स्वीकृत गरेमा तामाङ मुख्यसचिव हुने बाटे खुल्नेछ । तर, सुवेदीले राजीनामा ढिलो दिएमा अथवा ढिलो स्वीकृत भएमा तामाङको अवसर गुम्नेछ । किनकि पाँचवर्षे कार्यकालका कारण उनले २८ असारमा अवकाश पाउँदैछन् । उनी ०६९ साल २८ असारमा सचिवमा बढुवा भएका हुन् । तामाङ मुख्यसचिवमा बढुवा भइहालेपनि ५८ वर्षे उमेरहदका कारण २० मंसिरमा सेवानिवृत्त हुनेछन् । तर, मुख्यसचिव सुवेदीको राजीनामा २८ असारपछि आएमा भावी मुख्यसचिवका लागि वरीयताका आधारमा अर्थसचिव शान्तराज सुवेदी र शिक्षासचिव शान्तबहादुर श्रेष्ठ प्रबल दाबेदार हुनेछन् । सुवेदी र श्रेष्ठमध्ये जो मुख्यसचिव भए पनि तीन वर्ष बहाल रहनेछन् । तर, मुख्यसचिव भएनन् भने पाँचवर्षे कार्यकालका कारण दुवैजना २ कात्तिकमा सेवानिवृत्त हुनेछन् । उनीहरु एकैदिन २ कात्तिक ०६९ मा सचिव भएका थिए । अझ उनीहरुभन्दा अगाडि अवकाश पाउनेमा सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव राजेन्द्रकिशोर क्षेत्री र उपराष्ट्रपति कार्यालयका सचिव नारायणगोपाल मलेगो हुन् । मुख्यसचिव नभएमा क्षेत्री २ साउनमा र मलेगो १ भदौमा अवकाशमा जानेछन् । मुख्यसचिव भएमा पनि ५८ वर्षे उमेरहदका कारण क्षेत्री ८ कात्तिकमा र मलेगो भने १ भदौमा अवकाशमा जानेछन् । तर, तामाङ मुख्यसचिव भए अहिलेका अन्य आकांक्षीमध्ये धेरैले मंसिरसम्म अवकास लिइसक्नेछन् । त्यसपछि बरियताका आधारमा गृहसचिव लोकदर्शन रेग्मीका लागि मुख्यसचिव बन्ने बाटो खुल्नेछ । यो अवस्थामा रेग्मीसँगै सचिवहरू ङइन्द्रप्रसाद उपाध्याय र शंकरप्रसाद अधिकारी पनि मुख्यसचिवको प्रतिस्पर्धामा रहनेछन् । रेग्मीलाई मंसिरपछि मुख्यसचिव बनाउनका लागि अहिले चार महिनाकै लागि भए पनि तामाङलाई मुख्यसचिव बनाउन प्रधानमन्त्री देउवालाई निकटस्थले सुझाब दिइरहेको जानकार स्रोतहरू बताउँछन् । सचिवका रूपमा रेग्मीको पाँच वर्षे कार्यकाल ०७५ साल ६ साउन सकिएपछि उनी निवृत्त हुनेछन् । सुवेदी र श्रेष्ठमध्ये कोही मुख्यसचिव भएमा रेग्मीको मुख्यसचिव बन्ने पालो आउने छैन । किनकि, श्रेष्ठ र सुवेदीले अवसर पाए ०७७ सालसम्म पदमा रहनेछन् । तर, पाँच वर्षे कार्यकालका कारण रेग्मी एक वर्षपछि नै अवकाशमा जानेछन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending