Khabar Dabali १ फाल्गुन २०८२ शुक्रबार | 13th February, 2026 Fri
Investment bank

प्रमुख दलका प्रमुख नेता चुनावी दौडाहामा, को कहाँ ?

\"\"काठमाडौं, ९ असार । प्रधानमन्त्री देउवा ६ दिन सुदूरपश्चिममा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा दोस्रो चरणको निर्वाचनका लागि शुक्रबारबाट सुदूरपश्चिमको भ्रमणमा जाँदै छन् । उनी ६ दिन त्यहाँ बस्नेछन् । अाजको नयाँ पत्रिकामा खबर छ– देउवाको शुक्रबार कैलालीको धनगढी र कञ्चनपुरको महेन्द्रनगरका चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । बिहान ९ बजे धनगढी क्याम्पस चोकमा कोणसभा र त्यसपछि फूलबारी डिपोबजारमा चुनावी सभामा सहभागी भएपछि देउवा दिउँसो १२ बजे कञ्चनपुर लाग्नेछन् । कञ्चनपुरमा उनले शुक्रबार र शनिबार चुनावी सभालाई सम्बोधन गर्नेछन् । त्यसपछि उनी डडेल्धुराको जोगबुढामा राखिएको कार्यक्रममा सहभागी हुनेछन् । ११ असारमा देउवाले डडेल्धुरा सदरमुकामको कार्यक्रमलाई सम्बोधन गर्ने उनका स्वकीय सचिव भानु देउवाले बताए । १३ असारसम्म उनी त्यहीँ बस्नेछन् । १४ असारमा भोट हालेपछि उनी काठमाडौं फर्किनेछन् । प्रधानमन्त्री देउवाले डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ स्थित असिग्राम उमाविमा भोट हाल्ने उनका स्वकीय सचिव भानु देउवाले बताए । कांग्रेस महामन्त्री कोइराला अमेरिकातिर दोस्रो चरणको निर्वाचनकै वेला कांग्रेस महामन्त्री डा. शशांक कोइराला भने अमेरिका पुगेका छन् । अमेरिकाको हवाई राज्यमा पढिरहेकी छोरी विश्वविद्यालयमा दीक्षित हुने कार्यक्रम रहेकाले उनी मंगलबार पत्नीसहित अमेरिका पुगेका हुन् । कोइरालाका स्वकीय सचिव भरत तिवारीका अनुसार ११ दिन बसेर उनी नेपाल फर्किनेछन् । ओली पश्चिममा भैरहवासम्म पुग्ने एमाले अध्यक्ष केपी ओलीले गृहजिल्ला झापाबाट बिहीबार फर्किएका छन् । बिहीबार उनले मेचीनगर, भद्रपुर, गौरादह र कमल गाउँपालिकामा आयोजित सभालाई सम्बोधन गरे । उनले १० असारमा विराटनगर र इटहरी तथा ११ गते भैरहवा र नवलपरासीको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । ओलीले सम्बोधन गरे झापाका दर्जन चुनावी सभा गृहजिल्ला झापामा चार दिन बस्दा ओलीले एक दर्जनभन्दा बढी चुनावी सभालाई सम्बोधन गरेर बिहीबार काठमाडौं फर्किएका छन् । ५ असारमा सुरुंगा गाउँपालिकाको सभालाई सम्बोधन गरेका ओलीले बिहीबार काठमाडौं फर्किनुअघि गौरादह नगरपालिकाको सभालाई सम्बोधन गरेका थिए । प्रचण्डद्वारा एकै दिन सात सभालाई सम्बोधन माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार मात्रै बाँके, बर्दिया र कैलालीका सातभन्दा बढी चुनावी सभालाई सम्बोधन गरेका छन् । प्रचण्डको शुक्रबार दिनभरको कार्यक्रम पनि एकदमै ‘टाइट’ रहेको उनको सचिवालयले जनाएको छ । बिहीबार राति प्रदेश नम्बर ७ का इन्चार्ज लेखराज भट्टको निवासमा बसेका प्रचण्डले शुक्रबार दिनभर आधा दर्जनभन्दा बढी चुनावी सभामा सहभागिता जनाउने कार्यक्रम तय भएको उनका स्वकीय सचिव प्रकाश दाहालले बताए । ‘आधा दर्जनभन्दा बढी चुनावी कार्यक्रम छन्,’ उनले नयाँ पत्रिकासँग भने । पौडेल तीन जिल्लामा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि बिहीबार रुपन्देही पुगेका छन् । नेता पौडेलको शुक्रबार कपिलवस्तुमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको उनका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए । १० असारमा पौडेलले नवलपरासीमा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । नेपाल तीन दिन दौडाहमा एमाले नेता माधव नेपाल शुक्रबारबाट देश दौडाहमा निस्कँदै छन् । शुक्रबार उदयपुरका चुनावी सभालाई सम्बोधन गर्नुका साथै कार्यकर्ता भेटघाटमा सहभागी हुने उनी तीन दिन चुनावी कार्यक्रममा व्यस्त हुनेछन् । स्वकीय सचिव नितेश पौडेलका अनुसार नेपालले शनिबार कञ्चनपुर र डडेल्धुरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् । आइतबार उनले धरान र विराटनगरका सभालाई सम्बोधन गर्नेछन् । राप्रपा अध्यक्ष कमल थापा पनि देश दौडाहामा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा पनि दोस्रो चरणको स्थानीय निर्वाचनको प्रचारप्रसारका लागि देश दौडाहामा छन् । उनी बुधबारबाट देश दौडाहमा लागेको सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । उनका अनुसार थापा बिहीबार उदयपुरमा आयोजित चुनावी कार्यक्रममा सहभागी भए । ११ असारसम्म थापाले दाङ, बाँके, कैलाली, डडेल्धुरा र बैतडीमा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । ‘तर, कहाँ कहिले जाने भन्ने मिति तय भइसकेको छैन,’ सहप्रवक्ता श्रेष्ठले बताए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE