काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) ले फागुन २१ को चुनावलाई लक्षित गर्दै आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ। शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत घोषणापत्र सार्वजनिक गरिएको हो।
जसपाले हालको संविधानले राजनीतिक निकास दिन नसकेको दाबी गर्दै उच्चस्तरीय संविधान पुनरावलोकन आयोग गठन गर्नुपर्ने प्रस्ताव अघि सारेको छ। साथै, शासकीय स्वरूपमा परिवर्तन, राष्ट्रिय पहिचानका आधारमा सङ्घीयता र प्रादेशिक संरचना निर्माण, न्याय प्रणालीलाई सङ्घीय ढाँचामा पुनर्संरचना तथा संवैधानिक निकाय सुदृढीकरणको एजेन्डा समेटिएको छ। जनलोकपालजस्ता निकाय गठन गर्नुपर्ने आवश्यकता पनि औंल्याइएको छ।
घोषणापत्रमा प्रशासनिक सङ्घीयताले मात्र समाजवादी व्यवस्थाको आधार तयार गर्न नसक्ने उल्लेख गर्दै निर्वाचन प्रणाली र न्याय प्रणालीमा समेत सुधार आवश्यक रहेको जसपाको भनाइ छ।
शिक्षा क्षेत्रमा शिशु कक्षादेखि उच्च शिक्षासम्म एकरूप, प्रविधिमैत्री, नि:शुल्क, सिपमूलक र गुणस्तरीय सार्वजनिक शिक्षा प्रणाली विकास गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अपनाउने, २०४७ सालदेखि हालसम्मका निर्वाचित जनप्रतिनिधि, प्रधानमन्त्री, मन्त्री तथा उच्चपदस्थ कर्मचारीको सम्पत्ति छानबिन गर्ने योजना पनि घोषणापत्रमा उल्लेख छ।
त्यसैगरी, वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि ‘फ्रि भिसा, फ्रि टिकट’ नीति लागू गर्ने, वैज्ञानिक भूउपयोग तथा भूमिसुधार नीति कार्यान्वयन गर्ने, कृषि जमिनको चक्लाबन्दी र आधुनिकीकरण गर्ने एजेन्डा अघि सारिएको छ।
जसपाले आगामी पाँच वर्षभित्र गरिबीको रेखामुनि रहेका जनसंख्या १० प्रतिशतमा झार्ने लक्ष्य समेत लिएको जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन १ गते, २०८२ - १६:४३
काठमाडौं । नेपाली कांग्रेसले आगामी आइतबार प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि आफ्नो घोषणापत्र सार्वजनिक गर्ने भएको छ। पार्टीका प्रवक्ता तथा क...
फाल्गुन १ गते, २०८२ - १६:३५
सर्लाही। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नयाँ पार्टी र नयाँ नेतृत्वमा मतदान गर्न चाहनेका लागि कांग्रेस नै उत्तम विकल्प भएको बताउछन् । सर्...
फाल्गुन १ गते, २०८२ - १६:२४
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले अध्यागमन प्रशासनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सरकारले नयाँ अध्यागमन विधेयक तर्जुमा गरिरहेको बताएका छन्। ...
फाल्गुन १ गते, २०८२ - १६:०८
लमजुङ। नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्व सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले लमजुङलाई सूचना प्रविधिको हब बनाउने बताएको छन्। लमजुङबाट प्रतिनिधि सभ...
फाल्गुन १ गते, २०८२ - १५:४०
कैलाली । कैलालीमा मतदाता शिक्षाका लागि १२६ जना स्वयम् सेवक खटिदैंछन् । निर्वाचन कार्यालयले जिल्लाको १३ वटै पालिकामा सो सङ्ख्यामा मतदाता शिक्षा स्वयम् ...
फाल्गुन १ गते, २०८२ - १५:२५
काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) ले फागुन २१ को चुनावलाई लक्षित गर्दै आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ। शुक्रबार काठमाडौंमा आयोजित पत्रका...
फाल्गुन १ गते, २०८२ - १५:१२
काठमाडौं। अर्थमन्त्री रामेश्वर खनाल अर्थतन्त्र सही ढङ्गले सञ्चालन हुन सही सूचना समयमै प्रवाह हुन अत्यावश्यक रहेको बताएको छन् । मिडियामा सूचनाको हक प्र...
फाल्गुन १ गते, २०८२ - १४:५४
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्नो घोषणापत्र शनिबार सार्वजनिक गर्ने भएको छ। घोषणापत्रको अन्तरवस्तुबारे शुक्रब...
फाल्गुन १ गते, २०८२ - १४:३७
काठमाडौं । वीर अस्पतालले स्वास्थ्य बीमा मार्फत उपलब्ध हुने सेवामा कटौती गरेको छ। दीर्घरोगका बिरामीलाई बीमा मार्फत तीन महिनासम्म औषधि उपलब्ध गराउने व्य...
फाल्गुन १ गते, २०८२ - १४:२५
काठमाडौँ । राष्ट्रियसभा सांसदहरुले यही फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारको ध्यानाकर्षण ...



प्रतिकृया लेख्नुहोस्: