Khabar Dabali १ फाल्गुन २०८२ शुक्रबार | 13th February, 2026 Fri
Investment bank

सम्पर्कविहीन मतदान केन्द्र : के भयो थाहा पाउनै तीन दिन लाग्छ

\"\"काठमाडौं, ९ असार । बाजुरा जिल्लामा रहेका केही मतदान केन्द्र सूचनाविहीन रहने भएका छन् । मतदान केन्द्रमा के भयो भन्ने थाहा पाउन मात्र दुई–तीन दिन लाग्ने अवस्था छ । जिल्ला प्रशासन कार्यालय बाजुराले हिमालभक्ति प्रावि, बिच्छँया मावि, ठूलाकोट निमावि र गंगा निमावि बौडीस्थित मतदान केन्द्र सञ्चारविहीन रहेको जनाएको छ । अाजको नयाँ पत्रिकामा खबर छ– भौगोलिक रूपमा विकट भएकाले जिल्लाका चारवटा मतदान केन्द्र पूर्ण रूपमा सूचनाविमुख रहेका छन् । ती मतदान केन्द्र सदरमुकामबाट पाँच दिनको पैदल दूरीमा छन् । बाजुराको निकै विकटमा रहेका बिच्छँया मतदान केन्द्रको सूचना आदानप्रदान गर्न दुई दिन लगाएर कवाडी प्रहरी चौकीमा पुग्नुपर्ने हुन्छ । प्रहरी सेटबाट पनि सम्पर्क हुँदैन बिच्छँयाका चार मतदान केन्द्रमा कर्मचारी काम सकेर फिर्ता भएपछि मात्रै जानकारी पाइने प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले बताए । १४ असारका लागि हुने चुनावका लागि बिहीबारबाट सो क्षेत्रमा कर्मचारी र सुरक्षाकर्मी परिचालन भएका छन् । ‘मतदान केन्द्रमा बीचमा केही समस्या भएमा रुगिनको कवाडी प्रहरी चौकीमा आएमा मात्र खबर हुन्छ, नभए हुन्न,’ उनले भने । प्रहरीको सेटबाट समेत सम्पर्क नहुने प्रहरीले जनाएको छ । साबिकको बिच्छँया गाविसमा अहिलेसम्म टेलिफोन सेवा विस्तार नभएकाले यस्तो समस्या भएको हो । अन्य मतदान केन्द्रको हालत पनि उस्तै जिल्लाका अन्य केही मतदान केन्द्रमा पनि सहज रूपमा टेलिफोन सम्पर्क हुन नसक्ने निर्वाचन कार्यालयले जनाएको छ । रुगिनको मंगलमय निमावि नदापाटा, दहकोटको अम्लिस मावि, देवलकोट मावि गोत्री, भगवती मावि रुढीमा समेत तत्काल सम्पर्क नहुने बताइएको छ । हिमाली, पाण्डवगुफा र गौमुल गाउँपालिकामा स्थापना भएका निर्वाचन कार्यालयमा टेलिफोन सम्पर्क हुँदैन । जिल्लामा ९२ वटा मतदान केन्द्र रहेका छन्, तीमध्ये ४२ वटा मतदान केन्द्र अति संवेदनशील रहेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । ४० वटा संवेदनशील र १० वटा सामान्य छन् । भौगोलिक विकटता, सञ्चारको पहुँच र अन्य सुरक्षाको हिसाबले ४२ वटा मतदान केन्द्र अति जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले बताए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE