Khabar Dabali १ फाल्गुन २०८२ शुक्रबार | 13th February, 2026 Fri
Investment bank

अझै तनावमै सिलवाल र चन्द

\"\"काठमाडौं, ९ असार । नेपाल प्रहरीका दुई विवादास्पद डिआइजी अहिलेसम्म तनावमा छन् । सरकारद्वारा आइजिपीमा नियुक्त र अदालतको निर्णयद्वारा जिम्मेवारविहीन डिआइजी जयबहादुर चन्दको कुनै विभाग छैन । त्यस्तै, अदालतले आइजिपीमा नियुक्त गर्न आदेश दिएर पनि सरकारद्वारा अस्वीकृत डिआइजी नवराज सिलवाल पनि बिदामा छन् । सिआइबी प्रमुखको पदमा यथावत् भए पनि उनी तनावले बिदामा छन् । सरकारले १ फागुनमा चन्दलाई आइजिपी बनाउने निर्णय गरेकोमा सोही दिन अदालतले सो निर्णय कार्यान्वयन नगराउन आदेश दिएको थियो । पछि उनको नियुक्ति नै खारेज भएको थियो । अाजको नयाँ पत्रिकामा खबर छ– त्यसयता उनले गृहमा हाजिर गर्दै आएका छन् । एआइजीमा बढुवा गरेर उनलाई जिम्मेवारी दिने आश्वासन दिइएको थियो । तर, हालसम्म एआइजी बढुवाको प्रक्रिया नै सुरु भएको छैन । एआइजी नहुँदा सबै विभाग निमित्तका भरमा चलेका छन् । प्रहरीमा कति एआइजी राख्ने भन्ने अन्योल छ । तीन वर्षअघि सरकारले तीनजना मात्र एआइजी राख्ने निर्णय गरेको थियो । हाल एआइजीका दाबेदारहरू धेरै भएकाले दरबन्दी थप्न दबाब छ । गृहमन्त्री जनार्दन शर्माले मन्त्रीमा नियुक्त भएकै भोलिपल्ट प्रहरीमा बढुवा अघि बढाइने बताएका थिए । बुधबारदेखि बढुवा त सुरु भएको छ, तर सइ तहको बढुवा अघि बढाइएको छ । बुधबार दुई सय सातजना असइलाई सइमा सिफारिस गरिएको छ । नेपाल प्रहरीमा डिआइजीको पद ६ महिनादेखि नै रिक्त छ । त्यस्तै, एसएसपी, एसपीलगायतका दर्जनौँ पद लामो समयदेखि रिक्त छन् । माथिल्लो पदहरू रिक्त भए पनि गृह र प्रहरी नेतृत्व बढुवामा चासो नदिँदा संगठनमा नैराश्यता बढ्दै गएको छ । असारभित्र बढुवाको प्रक्रिया सुरु नभए नया“ आर्थिक वर्ष सुरु भए पनि कात्तिकपछि मात्र बढुवा गर्न पाइने प्रहरी नियमावलीको प्रावधान छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE