Khabar Dabali १ फाल्गुन २०८२ शुक्रबार | 13th February, 2026 Fri
Investment bank

गृहमन्त्री शर्माले भने–जनताले टिप्पणी नगर्ने प्रहरी बनाउँछु

\"\"चितवन, ७ असार । गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले प्रहरी संगठनलाई जनताले टिप्पणी नगर्ने गरी पुनर्संरचना गर्ने बताएका छन् । बुधबार चितवनको भरतपुरमा आयोजित १७३ औं समुहको प्रहरी सहायक निरीक्षक (असई)को पासआउट समारोहलाई सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो बताएका हुन् । ‘जनताको टिप्पणी नहुने प्रहरी संगठन निर्माणका लागी मेरो प्रयत्न हुनेछ’ मन्त्री शर्माले भने ‘संघिय स्वरुप अनुरुप संगठनको पुनर्संरचना गर्ने प्रक्रिया छिट्टै अगाडी बढाईने छ ।’ ‘सिपाही वा प्रहरी महानिरीक्षक सवै राष्ट्रप्रती ईमान्दार हुनुपर्छ’ मन्त्रि शर्माले भने, ‘संगठनभित्र विभाजन र गुटबन्दी राज्यलाई स्विकार्य हुँदैन ।’ मन्त्री शर्माले प्रहरी संगठनभित्र गुटबन्दी गरेमा कारवाही गरिने चेतावनी दिएका छन् । ‘गुटबन्दी गरे कारवाही हुन्छ’ उनले भने, ‘सिपाहीले पनि ईमान्दार भएर राष्ट्रलाई योगदान दिन सक्छ ।’ प्रहरीको बर्दी राज्यको गौरव भएको उल्लेख गर्दै मन्त्री शर्माले बर्दीभित्र जनताको ठुलो आकांक्षा र मनोभावना रहेको बताए । पासआउट भएका १५० जना प्रहरी सहायक निरीक्षकहरुलाई कानुनको रक्षाका लागि बर्दीको सदुपयोग गर्न आग्रह गर्दै मन्त्री शर्माले भने, ‘अब प्रहरीमा वृत्ति विकासको खडेरी ब्यहोर्नु पर्दैन, वृत्ति विकासको ढोका खोल्ने प्रविद्धता ब्यक्त गर्दछु ।’ शर्माले तालिमका दौरानमा विभिन्न विधामा उत्कृष्ट भएका १७३ औं समुहका जुनियर प्रहरी अधिकृतहरुलाई पुरस्कृत गरेका छन् । कठिन तालित पुरा गरेर कार्यक्षेत्रमा खटिन लागेका जुनियर प्रहरी अधिकृतहरुलाई बधाई दिँदै मन्त्री शर्माले कुशलतापुर्वक आफुलाई तोकिएको जिम्मेवारी पुरा गर्न निर्देशन दिए ।  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE