महोत्तरी। महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडानं। ४ मझौरामा बिहीबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा दुई बालिकाको ज्यान गएको छ।
यसरी मृत्यु हुनेमा मटिहानी नगरपालिका–४ मझौरा बस्ने वर्ष ७ की फरहाना खातुन तथा जिल्ला सिराहा, सिराहा बस्ने वर्ष ८ की रजिया खातुन रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। दुबै बालिका एउटै घरका रहेको जनाइएको छ। रजिया मझौरास्थित मामाको घरमा आएकी थिइन्।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक शैलेन्द्रकुमार भट्टले प्रारम्भिक अनुसन्धानमा खेत जोत्ने क्रममा ट्याक्टरको रोटावेटर पल्टिएर दुबै बालिका किचिएको देखिएको बताउनु हुँदै अनुसन्धान भइरहेको बताउनुभयो।
बिहीबार दिउँसो ज १ त ९७८२ नम्बरको ट्याक्टरमा रोटा वेटर लगाएर खेत जोतिरहेको अवस्थामा रोटावेटर पल्टिएर दुर्घटना भएको देखिएको बताउनु हँुदै प्रवक्ता भट्टले थप जानकारी अनुसन्धानपछि भन्न सकिने बताउनुभयो। टयाक्टरमा दुवै बालिका बसिरहेको बेला एक्कासी दुर्घटना हुन पुगेको जनाइएको छ।
घटनास्थलमा पुगेर प्रहरीले अनुसन्धान सुरु गरेको छ। शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल जलेश्वर लग्ने तयारी भइरहेको बताउनुभयो। ट्याक्टर चालक फरार रहेको र खोजतलास भइरहेको छ।
यसैबीच, मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डल घटनाको जानकारी पाएपछि घटनास्थल पुगेर जानकारी लिनुभएको छ। उहाँले ट्याक्टरको रोटा वेटरमा किचेर बालिकाको मृत्यु भएको देखिएको बताउनुहुँदै प्रहरीले अनुसन्धान गरिरहेको बताउनुभयो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ५ गते, २०८३ - १३:०४
जनकपुरधाम । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङलाई स्वागत गर्न जानकी मन्दिर पुगेका पार्टीका नेता तथा कार्यकर्तालाई हिन्दु सम्राट सेनाका कार...
श्रावण ५ गते, २०८३ - १२:४८
काठमाडौं । कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटमा आगलागी भएको गाडीबाट एक जना पुरुषको शव फेला परेको छ। बा५च ३०३८ नम्बरको गाडीमा लागेको आगो निभाएपछि प्...
श्रावण ५ गते, २०८३ - १२:३५
ललितपुर। वैदेशिक रोजगार विभाग, ईपीएस कोरिया शाखाले सन् २०२६ को प्वाइन्ट बेस्ड सेलेक्सन सिस्टमअन्तर्गत पहिलो चरणको कोरियन भाषा परीक्षाका लागि आवेदन खुल...
श्रावण ५ गते, २०८३ - १२:०३
ताप्लेजुङ। ताप्लेजुङमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार यहाँको सिदिङ्वा गाउँपालिका–४ साब्लाखुकी ५० वर्षीया सीता बर्देवाको भीरबाट...
श्रावण ५ गते, २०८३ - ११:३४
फिदिम। तीन दिनदेखि जारी निरन्तरको झरीका कारण आएको बाढी र पहिरोले पाँचथर जिल्लालाई विभिन्न स्थानसम्म जोड्ने मुख्य र सहायक सडकहरु अवरुद्ध भएका छन् । ...
श्रावण ५ गते, २०८३ - ११:२७
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल तयारी पोसाक उद्योग सङ्घका पदाधिकारीसँग आज भेटवार्ता गर्दै छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्...
श्रावण ५ गते, २०८३ - ११:२०
गलकोट। बागलुङको ढोरपाटन नगरपालिका–९ स्थित सुकुरदुङमा सडक माथिबाट खसेको पहिरोले पर्यटक बोकेको स्कर्पियो पुरिएको छ। सालझण्डी–ढोरपाटन सडकअन्तर्गत बुर्...
श्रावण ५ गते, २०८३ - ११:१५
काठमाडौँ। सरकारले मूल्य अभिवृद्धि कर (भ्याट) र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध नागरिकलाई लक्षित गर्दै सक्कली बिल लिने ग्राहकलाई लखपति बनाउने योजना ...
श्रावण ५ गते, २०८३ - ११:०३
लहान। पूर्व–पश्चिम लोकमार्गअन्तर्गत सप्तरीको कुशहादेखि सिरहाको कमलासम्मको चार लेन सडक निर्माणको काम ७३ प्रतिशत सम्पन्न भएको छ। तेस्रो पटक म्याद थप ...
श्रावण ५ गते, २०८३ - १०:४७
बागलुङ। निरन्तरको वर्षासँगै पहिरो खस्ने क्रम नरोकिएपछि पश्चिम बागलुङको गलकोट नगरपालिका–७ मल्मस्थित गैराखर्क बस्ती जोखिममा परेको छ। हरिचौर–मल्म–पाण्डवख...



प्रतिकृया लेख्नुहोस्: