Khabar Dabali ३० माघ २०८२ बिहीबार | 12th February, 2026 Thu
Investment bank

२ रुपैयाँ ठग्नेलाई ५ हजार जरिवाना

\"\"काठमाडौं, २७ जेठ । बिहीबार दिउँसो कोटेश्वर चोकमा यात्रु ओराल्न र चढाउन ‘जय श्री बाराही अजिमा की जय’ लेखिएको बा३ख १५८५ नम्बरको बस रोकियो । छेवैमा रहेको अनुगमन टोलीले बसका सहचालकलाई सोधे, ‘कोटेश्वरबाट जडीबुटी जाँदा कति भाँडा लिन्छौ ?’ अाजको नयाँ पत्रिकामा खबर छ– मंगोलियन अनुहारका सहचालकले चलाखीपूर्ण ढंगले जवाफ दिए, ‘१२ रुपैयाँ ।’ उनको जवाफ अनुगमन टोलीले पत्याएन । किनभने बस चढ्नासाथ प्रतियात्रु १३ रुपैयाँ न्यूनतम भाडा निर्धारण गरिएको छ र सहचालकले तोकिएभन्दा कम लिने कुरा भएन । टोलीका सदस्य उपभोक्ता अधिकारकर्मी रञ्जन खनालले ‘होइन होला’ भनेर सहचालकलाई प्रश्न सोध्न मात्र पाएका थिएनन् । ढोका छेवैको सिटमा बसेका एक यात्रुले जवाफ दिए, ‘बसले १२ होइन, १५ रुपैयाँ लिन्छ ।’ यात्रुको जवाफ सुनेर सहचालक हच्किए । बढी भाडा लिएको थाहा पाएपछि अनुगमन टोलीले जरिवानाको कारबाही गर्यो । अनुगमनकारी निकाय आपूर्ति व्यवस्थापन तथा उपभोक्ताहित संरक्षण विभागको नेतृत्वमा गत मंगलबारदेखि प्रत्येक दिन ५ टोली खटाएर विशेष अनुगमन थालिएको छ र त्यसमध्ये एउटा टोली यातायात क्षेत्रमा बढी भाडा असुल्ने चालक र सहचालकलाई कारबाहीका लागि खटिएको छ । टोलीप्रमुख तथा विभागका निरीक्षक विष्णुप्रसाद सुवेदीले अनुगमनका क्रममा अधिकांश सार्वजनिक बस, माइक्रो, टेम्पोले यात्रुसँग २–३ रुपैयाँ बढी भाडा लिने गरेको भेटिएको बताए । ‘१३ रुपैयाँ भाडा निर्धारण भएको स्थानमा यात्रुले १५ रुपैयाँ दिनुपरेको भेटियो,’ उनले भने, ‘त्यस्तै १७ रुपैयाँ भाडा निर्धारण भएको स्थानमा सहचालकले यात्रुबाट २० रुपैयाँ असुल्ने गरेको भेटिएको छ ।’ बढी भाडा असुल्ने प्रत्येक बसलाई यातायात व्यवस्था ऐनअनुसार ५ हजार जरिवानाको रसिद काट्ने गरेको उनले बताए । ‘यात्रुलाई २–३ रुपैयाँ ठग्ने बसलाई ५ हजार रुपैयाँ जरिवना तिराउँदै आएका छौँ,’ उनले भने । अनुगमन टोलीमा आपूर्ति विभाग, यातायात व्यवस्था विभाग, ट्राफिक, प्रहरी र उपभोक्ता अधिकारकर्मी सम्मिलित छन् । बुधबार कोटेश्वर चेकमा बसेर टोलीले ३१ गाडीको अनुगमन गरेको छ । त्यसमध्ये १३ बसले यात्रुबाट बढी भाडा असुलेको भेटेपछि जनही ५ हजार रुपैयाँ जरिवना गराइएको उनले बताए । टोलीले मंगलबार त्रिपुरेश्वरमा ५१ गाडीको अनुगमन गरी २९ लाई जरिवाना तिराएको थियो । बुधबार चक्रपथमा रहेको नारायणगोपाल चोकमा ५९ गाडीको अनुगमन गरी ३६ लाई जरिवाना तिराएको उनले जानकारी दिए । अनुगमनमा खटिएका ट्राफिक प्रहरी निरीक्षक मनोजकुमार साहीले सहचालकबाट नियतवश यात्रु ठगिने गरेको बताए । ‘झट्ट हेर्दा १–२ रुपैयाँ त हो नि भनेजस्तो देखिन्छ,’ उनले भने, ‘तर, यसबाट चालक र सहचालकले अतिरिक्त आम्दानी गरिरहेका छन् ।’ उनले दिनहुँ भइरहेको अनुगमनले यात्रुहरू खुसी देखिएको बताए । उपभोक्ता अधिकारकर्मी रञ्जन खनालले गृह प्रशासनमार्फत प्रभावकारी ढंगले प्रहरी र ट्राफिक प्रहरीलाई परिचालन गर्न सके यात्रुबाट बढी भाडा असुल्ने प्रवृत्ति अन्त्य हुने बताए । ‘सार्वजनिक यातायातमा यात्रा गर्न पहिलो कुरा त कठिन छ, यस्तोमा भाडादरमा पनि यात्रु ठगिनु दुःखद हो,’ उनले भने, ‘सरकारले प्रहरी प्रशासनलाई प्रभावकारी ढंगले बढी भाडा असुल्ने प्रवृत्ति प्रयोग गरेर समस्या निराकरण हुन्छ ।’ उनले नियमित रूपमा अनुगमन भइरहनुपर्ने बताए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE