Khabar Dabali २९ माघ २०८२ बुधबार | 11th February, 2026 Wed
Investment bank

बहसमा नआउने वकिलमाथि कारबाही !

\"\"काठमाडौं, १८ जेठ । कानुन व्यवसायीले कुनै मुद्दामा बहसका लागि वकालतनामा दिएर इजलासमा अनुपस्थित भए कारबाही हुने गरी सर्वोच्च अदालतले कानुनको मस्यौदा तर्जुमा गरेको छ ।वकिलले कसैको हितविपरीत काम गरे पनि कारबाही गर्न सकिने प्रस्ताव नियमावलीमा छ । मस्यौदाप्रति आपत्ति जनाउँदै नेपाल बार एसोसिएसनले बिहीबार प्रधानन्यायाधीशलाई ध्यानाकर्षण गराउने भएको छ । मस्यौदा अध्ययन गरी सुझाव दिन बारले १५ दिन समयसमेत माग्ने भएको छ । अाजको अन्नपूर्ण पोस्टमा खबर छ– सर्वोच्च अदालत नियमावलीमा संशोधन गर्दै बहसमा उपस्थित नहुने कानुन व्यवसायीलाई रजिस्ट्रारले जाँचबुझ गरी कारबाही प्रस्ताव गर्न सकिने नयाँ व्यवस्था गरिएको छ । उमेरहदका कारण अवकाश पाउनुभन्दा एक साताअघि प्रधानन्यायाधीश सुशीला कार्कीको निर्देशनमा यस्तो कानुनको मस्यौदा भएको हो । नियमावली मस्यौदाको नियम १४० मा कुनै कानुन व्यवसायीउपर उजुरी परे कारबाहीका लागि कानुन व्यवसायी परिषद्मा लेखी पठाउने व्यवस्था छ । ‘कुनै कानुन व्यवसायीले वकालतनामा दिएर पनि मुद्दा सुनुवाइ हुँदा इजलासमा अनुपस्थित भएको वा पक्षको हितविपरीत कुनै काम गरेको उजुरी कसैले दिए रजिस्ट्रारले सो उजुरीउपर आवश्यक जाँचबुझ गरी निवेदनको व्यहोरा मनासिव देखेमा आवश्यक कारबाहीका लागि नेपाल कानुन व्यवसायी परिषद्समक्ष पठाइदिनुपर्ने छ\', मस्यौदामा लेखिएको छ । कारबाहीको प्रस्ताव गर्नुअघि बहसमा उपस्थित नहुने वकिललाई सुनुवाइको मौका भने दिइने व्यवस्था छ । मुद्दा सुनुवाइमा इजलासमा उपस्थित नहुने कानुन व्यवसायीको नाम फैसलामै उल्लेख गरी अदालतमा निजको अभिलेख राखिने व्यवस्थासमेत मस्यौदामा छ । मस्यौदाको यो व्यवस्था आईजीपी प्रकरणमा नवराज सिलवालद्वारा दायर रिटमा महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठलगायत विपक्षीका कानुन व्यवसायीले बहस बहिष्कार गरेकोलगायत प्रकरण दृष्टिगत गर्दै तय गरिएको आशंका गरी मस्यौदाको व्यवस्था लागू भए जोसुकै पनि फस्न सक्ने कानुन व्यवसायीले औंल्याएका छन् । यही विषयबारे बुधबार नेपाल बारले वरिष्ठ अधिवक्ता, बारका पूर्वअध्यक्ष एवं कानुनविद् र सल्लाहकारसँग राय परामर्श लिएको थियो । उनीहरूको सुझावअनुसार बार अध्यक्ष शेरबहादुर केसी संयोजक रहेको वरिष्ठ अधिवक्ता संलग्न अध्ययन समिति गठन गरिएको छ । ‘नियमावलीमा धेरै त्रुटि देखिएको छ । बार काउन्सिलले गर्ने काम पनि सर्वोच्चका रजिस्ट्रारले गर्ने भनिएको छ । यो आपत्तिजनक छ’, छलफलपछि बार अध्यक्ष केसीले भन्नुभयो, ‘१५ दिनको समय मागेर बिहीबारै सर्वोच्चलाई पत्र पठाइनेछ ।\' कुनै पक्षबाट कानुन व्यवसायीले बहस पैरवी गरेको अवस्थामा त्यस्तो पक्षले फैसलाको जानकारी नपाएको दाबी पछि गर्न नपाउने गरी कडाइ गरिएको छ । सल्लाहकार बैठकमा सहभागी नेपाल बारका पूर्वउपाध्यक्ष मुकुन्द पौडेलले रजिस्ट्रारले कारबाहीका लागि आफैं उजुरी छानबिन गर्नु प्राकृतिक न्यायको सिद्धान्तविपरीत रहेको बताए । ‘कानुन व्यवसायीको उजुरी सर्वोच्चले लिने होइन, बार काउन्सिलले हो । झन् वरिष्ठ अधिवक्ताको समेत जाँचबुझ गर्ने काम हचुवा मात्र होइन, संविधानको मर्म, भावना र पेसागत आदर्शको ठाडो बर्खिलापमा छ ।’
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE