Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

आज बजेट : सीमा १२ खर्ब ८० अर्ब

\"\"काठमाडौं, १५ जेठ । संसद्मा सोमबार पेस हुने आर्थिक वर्ष ०७४/७५ को बजेटको सीमा १२ खर्ब ८० अर्ब पुर्‍याइएको छ । स्रोत समितिको बैठकले आइतबार यो सीमाभित्र रहेर बजेट तय गर्न निर्देशन दिएपछि सरकारलाई बजेटको आकार थप बढाउन बाटो खुलेको छ । बजेटका लागि करिब ७ खर्ब २० अर्ब राजस्व संकलन, ३ खर्ब वैदेशिक अनुदान/ऋण, १ खर्ब ५० अर्ब आन्तरिक ऋण र १ खर्ब चालु आर्थिक वर्षको बचत/साँवा फिर्ताबाट जुटाइनेछ । नयाँ कार्यक्रम नराखिएको, ठूलो रकम विनियोजित राष्ट्रिय गौरवका अधिकांश योजनाको कार्यान्वयन सुस्त रहेको, कर्मचारीको तलब/भत्ता वृद्धि नगरिएको बजेट भए पनि आकार ठूलो हुने भएको छ । अाजको अन्नपूर्ण पोस्टमा खबर छ– स्थानीय तहमा वित्तीय हस्तान्तरण नगरी नहुने अवस्थामा मन्त्रालयले अधिकांश कार्यक्रम केन्द्रमै राख्ने अड्डी कसेकाले बजेटको आकार बढाउन लागिएको हो । तैपनि, बजेट चालु आर्थिक वर्षको जस्तै कुल गार्हस्थ उत्पादन (जिडिपी) को ४० प्रतिशत हाराहारीमा हुनेछ । ‘नयाँ कार्यक्रम विनाको तर वित्तीय अनुशासन र कार्यान्वयन केन्द्रित बजेट हुनेछ\', अर्थको बजेट महाशाखासम्बद्ध स्रोतले भन्यो । नयाँ कार्यक्रम नराख्ने भनेपछि शक्तिशाली उच्चपदस्थको अनुरोधका केही कार्यक्रम घुसाइएको छ । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सर्वदलीय शीर्ष नेताको बैठकमा एमालेका नेताहरूले नयाँ कार्यक्रम परेको फेला परे बजेट पढ्दापढ्दै रोस्ट्रममा पुगेर बजेट च्यातचुत पारिदिने चेतावनी दिएका थिए । तैपनि, राजनीतिक नेतृत्वका साथै कर्मचारीतन्त्रकै बजेटमा निर्णायक हुने अधिकारीको रुचिका केही कार्यक्रम परेका छन् । संविधानको मर्मविपरीत हुने भए पनि निर्वाचन क्षेत्र विकास कोषलाई खारेज गरिएको छैन । स्रोतका अनुसार सांसदहरूको कोषले निरन्तरता पाउनुपर्नेमा एकमत रहेकाले सरकारले बजेट पारित गर्नमै लफडा हुने डरले सरकारले जोखिम लिन नचाहेको हो । अधिकांश सांसदको चिन्ता सांसद विकास कोष र निर्वाचन क्षेत्र विकास कोष खारेज हुन्छ कि भन्ने थियो । नयाँ कार्यक्रम नभएकाले पुराना कार्यक्रममा पर्याप्त विनियोजन छ । द्रुतमार्गमा १० अर्ब रुपैयाँभन्दा बढी विनियोजन छ । बूढीगण्डकी, हुलाकी राजमार्ग, मध्यपहाडी लोकमार्ग, अन्तर्राष्ट्रिय विमानस्थल आदि राष्ट्रिय गौरवका योजनामा पनि ठूलो रकम विनियोजन गरिएको छ । अनौपचारिक अर्थतन्त्र नियन्त्रण गर्न सरकारी र निजी क्षेत्रको सबै ५ लाख बढीको कारोबार बैंकमार्फत गर्न अनिवार्य गरिने कार्यक्रम छ । रेमिट्यान्सलाई उत्पादनशील क्षेत्रमा खर्च गर्ने योजनाअनुरूप जलविद्युत् परियोजनामा आकर्षित गर्ने कार्यक्रम पनि छ । कर्मचारीलाई जलविद्युत् परियोजनामा लगानी गर्न आकर्षित गर्ने कार्यक्रम छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending