Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

पशुलाई पनि ८ घन्टाभन्दा बढी काममा लगाउन नपाइने

\"\"काठमाडौं, १४ जेठ ।पशुलाई मानिसले आफूखुसी जति समय पनि काममा लगाउने प्रवृत्तिलाई सरकारले बन्देज लगाउने कानुन ल्याएको छ । पशुपक्षी विकास मन्त्रालयले पशु कल्याण निर्देशिका, ०७३ जारी गर्दै पशुलाई अधिकतम ८ घन्टा मात्रै काममा लगाउन पाइने प्रावधान ल्याएको हो । अाजको नयाँ पत्रिकामा खबर छ– त्यति मात्र होइन, वृद्धावस्थामा पुगेको पशुलाई कामबाट निवृत्त गरी पशुधनीले उचित हेरचाह गर्नुपर्ने प्रावधानसमेत निर्देशिकामा समेटिएको छ । मानिसलाई दैनिक अधिकतम ८ घन्टासम्म काममा लगाउन पाइने व्यवस्था विश्वका अधिकांश मुलुकका श्रम ऐनले गरेको छ । पशुपक्षीलाई काममा लगाउँदासमेत समयसीमाको व्यवस्था नेपालमा पहिलोपटक ल्याइएको हो । निर्देशिकाले बूढो भएको पशुलाई छाडा छोड्न नपाइने व्यवस्था गरेको छ । पशुप्रति हुने निर्दयी व्यवहारमा रोकावट गरी उचित व्यवस्थापन, विकास र गुणस्तर कायम गर्न निर्देशिका जारी गरिएको मन्त्रालयले जनाएको छ । पशुलाई भोक, प्यास र कुपोषण हुन नदिने तथा डर, त्रास र तनाव हुन नदिनका लागि निर्देशिका ल्याइएको हो । ‘भौतिक तथा शीत, तापजन्य असुविधाबाट सुरक्षित गर्न र पीडा, घाउचोट र रोगव्याधीबाट सुरक्षित राख्न जरुरी छ,’ निर्देशिकामा भनिएको छ । निर्देशिकाले घरमा पालेको पशुको जानकारी स्थानीय तहमा रहेको सरकारी निकायमा पशुधनीले दर्ता गर्नुपर्ने प्रावधान पनि तोकेको छ । नियमित उपचार गरेर पशुलाई कुनै पनि अप्ठ्यारो परिस्थितिको पशुधनीले निराकरण गर्नुपर्ने व्यवस्था छ । पुच्छर बटार्न नपाइने पशुले काम गरिरहेका वेला मानिसले अक्सर पुच्छर बटार्ने, चोटपटक लाग्ने गरी कुटपिट गर्ने गरेको देख्न पाइन्छ । तर, निर्देशिकाले पुच्छर बटार्ने, भाँच्ने, अंगभंग गराउन नपाइने व्यवस्था गरेको छ । कोर्रा, चक्कु, बन्चरो, पासो, विद्युतीय करेन्ट, खुर्सानीको धुलोलगायतको प्रयोग गरी पीडा दिन नपाइने व्यवस्था पनि निर्देशिकामा छ । यस्तो व्यवस्थाविपरीत क्रियाकलाप गरेर पशुप्रति निर्दयी व्यवहार भएको ठहरिने निर्देशिकामा उल्लेख छ । त्यस्तै पशुलाई घाउचोट वा पीडा हुने गरी फाल्सन लगाउने, नाक, पुच्छर, खुट्टा बाँध्ने वा झुन्ड्याउन पनि रोक लगाइएको छ । खसी पार्न पाइने दर्तावाला पशु चिकित्सक वा अधिकारप्राप्त व्यक्तिले कानुनले तोकेबमोजिम वा स्वीकृत कार्यविधिअनुसार सिङ काट्न, खसी पार्न, खुर काट्न, स्वास्थ्य परीक्षण, शल्यचिकित्सा वा स्वास्थ्योपचार गर्न पाउने व्यवस्था गरिएको छ । पशुलाई के गर्ने, के नगर्ने – प्रचण्ड गर्मी, चर्को घाम, अविरल वर्षा, आँधीबेहरी, असिना, हिमपात र बज्रपातजस्ता प्रतिकूल मौसममा काम नलगाउने – दैनिक ८ घन्टाभन्दा बढी समय काममा नलगाउने – हप्तामा एक दिन आराम दिने -भाले र पोथी पशुलाई एकैसाथ नराख्ने – धेरै जाडो र धेरै गर्मी आश्रयस्थलमा नराख्ने – लामो समय भारी बोकाउनुपर्ने पशुलाई प्रत्येक ३ घन्टामा आहारा दिने – शारीरिक तौलको ४० प्रतिशतभन्दा बढी भार बोकाउन नपाइने – बूढो र गर्भवती पशुलाई कार्यबोझ कम गर्ने – भारी बोकेर लरखराउने पशुलाई तुरुन्त काम गराउन रोक्ने र पुनः काम लगाउँदा साविकको भार घटाउने – पशुलाई बाँध्ने दाम्लो, डोरीलगायत घाउ नलाग्ने र पीडा नहुने गरी तयार गर्नेे – वृद्धा अवस्थामा पुगेकालाई कामबाट निवृत्त गरी नियमित हेरचाह गर्ने । पशुलाई के गर्ने, के नगर्ने ? गर्नुपर्ने – बूढो र गर्भवती पशुलाई कार्यबोझ कम गर्ने – भारी बोकेर लरखराउने पशुलाई तुरुन्त काम गराउन रोक्ने र पुनः काम लगाउँदा साबिकको भार घटाउने – बाँध्ने दाम्लो र डोरी घाउ नलाग्ने र पीडा नहुने गरी तयार गर्नेे – वृद्धा अवस्थामा पुगेकालाई कामबाट निवृत्त गरी नियमित हेरचाह गर्ने । गर्न नहुने – चर्को गर्मी र घाम, अविरल वर्षा, आँधीबेहरी, असिना, हिमपातजस्ता प्रतिकूल मौसममा काममा नलगाउने – दैनिक ८ घन्टाभन्दा बढी समय काममा नलगाउने – हप्तामा एक दिन आराम दिने – भाले र पोथी पशुलाई एकैसाथ नराख्ने – धेरै जाडो र गर्मी हुने स्थानमा नराख्ने – लामो समय भारी बोकाउनुपर्ने पशुलाई प्रत्येक ३ घन्टामा आहारा दिने – शारीरिक तौलको ४० प्रतिशतभन्दा बढी भार बोकाउन नपाइनेबाहिरिएका थिए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending