Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

‘राजपालाई चुनाव चिह्न'

\"\"काठमाडौं, १४ जेठ । संसद्का तीन ठूला दल कांग्रेस, माओवादी केन्द्र र एमाले आन्दोलनरत राष्ट्रिय जनता पार्टी नेपाल चुनावमा सहभागी हुने भए दल दर्ता र चुनाव चिह्न दिनेगरी ऐन संशोधन गर्न तयार देखिएका छन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा शनिबार साँझ भएको सत्तारुढ कांग्रेस, माओवादी केन्द्र, प्रमुख प्रतिपक्षी एमाले र राजपाबीच द्विपक्षीय र सामूहिक वार्तामा संविधान संशोधन र स्थानीय तहको संख्या थप बाहेकका मधेसी मोर्चाका माग पूरा गर्न तयार हुने निष्कर्षमा पुगेका छन् । अाजको अन्नपूर्ण पोस्टमा खबर छ– ‘धेरै सकारात्मक छलफल भयो\', बैठकमा सहभागी एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले भने, ‘सत्तारूढ कांग्रेस, माओवादी केन्द्र र प्रतिपक्ष एमाले जेठ ३१ अघि संविधान संशोधन र स्थानीय तहको संख्या बढाउनेबाहेक मोर्चाका मागमा सकारात्मक हुने निष्कर्ष निस्किएको छ।\' साँझ ५ बजेदेखि ४ घन्टासम्म चलेको बैठकमा सुरुमा चारै पक्षबीच छलफल भएर पुनः कांग्रेस-राजपा, एमाले-राजपा, माओवादी-राजपा र पुनः चारै पक्षबीच छलफल भएको थियो । राजपाका नेताहरूको भनाइ भने संविधान संशोधन र स्थानीय तहको संख्या थप नभए चुनावमा सहभागी हुने÷नहुने भन्नेमा स्पष्ट नभएको बैठकमा सहभागी अर्का नेताले बताए । ‘राजपाका नेताहरूको धारणा एउटै छैन\', ती नेताले भने, ‘कोही चुनाव चिह्न दिए चुनावमा सहभागी हुने कुरा गर्नुहुन्छ कोही संशोधन र स्थानीय तहको संख्या नथपे चुनावमा सहभागी नहुने कुरा गर्नुभएको छ तैपनि आइतबार पुनः बैठक बसेर निष्कर्षमा पुग्ने सहमति भएको छ।\' बैठकको अन्त्यमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छलफल सकारात्मक भएको भन्दै जेठ ३१ को चुनाव तोकिएकै मितिमा हुने र त्यसअघि संविधान संशोधन सम्भव नहुने धारणा व्यक्त गरेका थिए । प्रचण्डले आइतबार पुनः छलफल गरेर टुंगोमा पुग्ने धारणा बैठकमा व्यक्त गरेका थिए । राजपाले उठाउँदै आएको मधेस आन्दोलनका क्रममा पक्राउ परेकालाई रिहा गर्न, घाइतेलाई क्षतिपूर्ति दिन र चुनावका लागि निर्वाचन ऐन संशोधन गरी दल दर्ता गरी चुनाव चिह्न दिन प्रतिपक्ष एमालेसहित सत्तारुढ कांग्रेस र माओवादी तयार भएका हुन् । त्यसका लागि दु्रतमार्गबाट ऐन संशोधन गर्ने विषयमा पनि छलफल भएको थियो । चुनाव मिति सार्ने विषयमा भने सहमति हुन नसक्ने तीनै दलको धारणा थियो । निर्वाचन ऐन संशोधन गर्ने तथा राजपालाई चुनाव चिह्न दिने तीन दल बीचको मोटामोटी सहमतिबारे भने निर्वाचन आयोगलाई कुनै जानकारी दिइएको छैन । यसअघि शनिबार दिउँसो राष्ट्रिय जनता पार्टीका नेता तथा कांग्रेस शीर्ष नेताहरूबीच भएको बैठकमा पनि संविधान संशोधन र स्थानीय तहको संख्या बढाउने बाहेकको माग पूरा गर्न सकिने धारणा कांग्रेस नेताहरूले राजपा नेताहरूसँग राखेका थिए । ‘चुनावमा सहभागी हुन सहजीकरण गर्न चुनाव चिह्न दिने र दल दर्ता गर्ने विषयमा सकारात्मक कुरा भएको छ\', कांग्रेस नेता गोपालमान श्रेष्ठले भने, ‘त्यसका लागि दुई तीन दिन चुनावको मिति सारेर फास्ट ट्र्याकबाट ऐन संशोधन गर्ने विषयमा छलफल भएको छ ।\' राजपा नेताहरूले सत्तारूढ दलले संविधान संशोधन, मुद्दा फिर्ता, स्थानीय तहको संख्या थप, पार्टी दर्ता, चुनाव चिह्न, क्षतिपूर्तिलगायत माग बैठकमा राखेका थिए । अन्य विषय विस्तारै गर्दै जाने भन्दै दल दर्ता र चुनाव चिह्न दिने विषयमा निर्वाचन र दलसम्बन्धी कानुन संशोधन गर्न सकिने धारणा सत्तारूढ दलले राखेका हुन् । ‘हामीले संविधान संशोधन दुई तिहाई नपुगेसम्म पास नहुने भएकाले अन्य मागका विषयमा प्रक्रिया सुरु गर्ने धारणा राजपा नेताहरूसँग राखेका छौं\', श्रेष्ठले भने । कांग्रेससँगको बैठकपछि राजपा नेता राजेन्द्र महतोले चुनावको वातावरण बनाए आफूहरू चुनावका लागि तयार भएको भन्दै चुनावका लागि चिह्न त दिनुपर्‍यो नि भन्ने धारणा राखेका थिए । ‘चुनावमा जाने वातावरण बनाऊ हामी तयार छौं\', महतोले भने, ‘तर सहमति भइसकेका हाम्रा मागलाई यसो भयो उसो भयो भनेर पन्छाउन पाइँदैन ।\' महतोले चुनावका लागि जनसंख्याका आधारमा स्थानीय तहको संख्या वृद्धि, मुद्दा फिर्ता, दल दर्ता गरेर चुनाव चिह्न दिनुपर्ने, संविधान संशोधनलगायतमा सर्त राखिएको जनाए । माग पूरा नभए चुनावमा भाग नलिने मात्र नभई तराई मधेसमा हुन नदिने चेतावनी पनि महतोले दिए ।महतोले अदालतले स्थानीय तह थप्ने निर्णय रोकेको विषयमा आफूहरूको सरोकार नभएको भन्दै जनसंख्याको आधारमा संख्या वृद्धि हुनै पर्ने बताए। सर्वोच्चको अन्तरिम आदेशलाई ‘भ्याकेट\' गराउने, नियम कानुन सच्याउने काम सरकारको भएको पनि महतोले बताए । ‘फलानोले मानेन, दुई तिहाइ पुगेन भनेर संशोधन भएन, अहिले अदालतले रोक्यो भनेर हुँदैन । कुनै हालतमा स्थानीय तहको संख्या वृद्धि हुनुपर्छ\', महतोले भन्नुभयो, ‘नत्र चुनाव हुन दिँदैनौं।\' चारपक्षीय बैठकमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले नेता माधवकुमार नेपाल, वामदेव गौतम, नेम्वाङलगायत सहभागी थिए । राजपाबाट भने अध्यक्ष मण्डलका सबै नेता बैठकमा सहभागी हुनुहुन्थ्यो । नेता महन्थ ठाकुर भने व्यक्तिगत काम परेको भन्दै बैठकको बीचमै बाहिरिएका थिए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending