Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

प्रचण्ड र देउवालार्इ अोलीको झटारो

\"\"काठमाडौं, १० जेठदेउवाजीलाई फलिफापै–फलिफाप देउवाजीले महाभारतमा ध्यानदृष्टिले अर्जुनले चराको आँखा देखेजस्तै प्रधानमन्त्री मात्रै देख्नुभएको छ । नेपालमा लोकतन्त्रको लडाइँ हुँदा उहाँ बेलायतको गल्लीतिर बरालिँदै हुनुहुन्थ्यो । नेपाल फर्किएर गृहमन्त्री बनेर घरमा बसेको बालकलाई गोलीले मार्दा, गोलीको आँखै हुँदैन भन्ने गैरजिम्मेवार जवाफ फर्काउनुभो । असोज १८ घटाउनुभो, माघ १९ पनि उहाँले नै गराउनुभो, उहाँ कांग्रेसमा फलिफापै–फलिफापको नेता हो । एउटा पार्टीलाई डबल (दुईवटा) पनि बनाउनुभो, कार्यकर्तालाई मुन्ट्याउँदै अन्तै भोट हाल्न पनि लगाउनुभो, खयर त्यो पनि फलिफाप नै होला । प्रचण्डजीलाई थाल खाउँ कि भात खाउँ अहिले प्रधानमन्त्रीको राजीनामाको कुरा आएको छ । भनिन्छ नि थाल खाउँ कि भात खाउँ, देउवाजीले लौ चाहियो भनेपछि अहिले प्रचण्डजीलाई त्यस्तै भएको छ । तीन दलको बैठकमा अहिले भइरहेका र हात थाप्दै मलाई देऊ भन्नेलाई मैले प्रस्टसँग भनेको छु–कम्तीमा समय, परिस्थिति त विचार गर्नुस्, दुई दिनपछि सरकारको नीति तथा कार्यक्रम, पाँच दिनपछि बजेट आउँदै छ, नौ दिनपछि दोस्रो चरणको निर्वाचनका लागि उम्मेदवारहरूको मनोनयन हुँदै छ, २०–२२ दिन कुर्दा के हुन्छ ? कम्तीमा लोकलाजको त ख्याल गर्नुस् । उम्मेदवार तोकियो, तर गाउँपालिका रातारात गायब चुनाव हुने भएपछि हामीले उम्मेदवार तोक्यौं, तर गाउँपालिका त रातारात हराएछ । गाउँपालिका अध्यक्ष, वडाध्यक्ष, सदस्य तोक्यौँ, गाउँपालिकै छैन । उहाँहरूले अन्तै लगेर मिलाइदेपछि अब हामीले वडाध्यक्ष कहाँ लैजाउँ ? यस्तो पनि कुनै तमासा हो ? आयोगले ७ सय १९ तोकेपछि ४४ पुर्याएपछि मधेसी मोर्चा मान्छ भनियो, हामीले होला भन्दै मान्यांँ पनि । उहाँहरू हप्तैपिच्छे थप्नुहुन्छ । पहिले २५, मानेन भनेर २२ थप्दै हुनुहुन्छ, चुनाव गराउन कार्यालय खोलेर बसेको निर्वाचन आयोग पनि अचम्ममा परेको छ । यस्तो स्वेच्छाचारी, असंवैधानिक र कानुनविपरीतका हेरफेर हामीलाई स्वीकार्य छैन । निर्वाचन आयोगले समेत अनुपयुक्त भनिसकेपछि हामीलाई शंका छ, कतै निर्वाचन नगराउने सेटिङका लागि त गरिएको होइन ? कांग्रेसले पाप कटनी गर्दा तयार छ एमालेले पहिलो चरणको चुनावमा ५५ प्रतिशत नगरपालिका, ४० प्रतिशत गाउँपालिका, बहुमत वडा जितेको छ । अहिलेको बहुमत जनमत कदर हुँदा ठीकै छ । हिजो १६ बुँदे सहमति कांग्रेसले तोडेर राष्ट्रिय सहमति भाँडेकै हो । त्यतिवेलाको पाप कटनी गर्न कांग्रेसले राष्ट्रिय सहमतिको नेतृत्व दिन्छ भने तयार छौँ । तर, एमाले स्वाँ..स्वाँ..फ्वाँ..फ्वाँ गरेर प्रधानमन्त्रीका लागि कुद्दैन । एमालेले प्रधानमन्त्रीमा उम्मेदवारी दिँदैन हामी प्रधानमन्त्रीलाई राजीनामा दिनुस्, नदिनुस् केही भन्दैनौँ, को हुनुस्, नहुनुस् पनि भन्दैनौँ । तर, राजीनामा दिनैपर्ने हामीले कारण बुझेका छैनौँ । दुई दिनमा सरकारको नीति तथा कार्यक्रम, १५ गते बजेट आउँदै छ । ३१ जेठमा निर्वाचन गर्ने कि नगर्नेसँग सरोकार छ, कम्तीमा जिम्मेवार हुन सिक्नुस् भन्ने भनाइ हो । प्रधानमन्त्रीको राजीनामा स्वीकृत भयो भने हामी छनोट प्रक्रियामा सहभागी हुन्छांँ, तर चुनाव लड्ने मुडमा छैनौँ । अपराधीसँगको साँठगाँठमा मुद्दा फिर्ता भोटका लागि सरकारले कैलालीको टीकापुर घटनाको दोषीहरूको मुद्दा फिर्ता लिएको छ । अब नाबालक शिशुको आमलाई सरकार के जवाफ दिन्छ ? खुद्रा स्वार्थका लागि कानुनी राज्यको धज्जी उडाउने, दण्डहीनतालाई प्रश्रय दिने कुरामा एमाले सहमत हुन सक्दैन । मुद्दा फिर्ता लिने निर्णय सरकारको अपराधीसँगको साँठगाँठको परिणति हो । नयाँ पत्रिकाबाट
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending