Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

तीन दल बैठकमा देउवा–ओली भनाभन

\"\"काठमाडाैं, १० जेठ । प्रधानमन्त्री प्रचण्डले मंगलबार बिहान २२ वटा स्थानीय तह थप गर्ने सरकारको निर्णय र बजेटको विषयमा छलफल गर्न तीन दलको बैठक बोलाएका थिए । प्रचण्ड कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल चलिरहँदा बैठकमा पुगेका एमाले अध्यक्ष केपी ओलीले संविधानविपरीत स्थानीय तह थपिएको भन्दै आपत्ति जनाए । ओली यत्तिमै रोकिएनन् । उनले निर्वाचनको मुखमा प्रचण्डले छाडेर कांग्रेस सभापतिलाई प्रधानमन्त्री बन्न किन हतारो भन्दै प्रश्न पनि गरे । ‘निर्वाचनको आचारसंहिता लागू भएको यस्तो वेला प्रचण्डजीलाई छाड्न र शेरबहादुरजीलाई प्रधानमन्त्री बन्न किन हतारो हो ?’ ओलीले दुई नेतालाई तीखो प्रश्न गरे । अाजको नयाँ पत्रिकामा खबर छ– ओलीको प्रश्नले देउवा आक्रोशित बने । दुई दलबीचको भद्र सहमति र सत्ता गठबन्धनको विषयमा किन धेरै चासो लिएको भन्दै उनले ओलीको प्रतिवाद गरे । ‘हामीबीच सहमति छ र म प्रधानमन्त्री बन्छु भने तपाईंलाई किन अप्ठ्यारो ?’ ओलीको प्रश्नजस्तै देउवाको रुखो जवाफ थियो । दुई नेताबीचको भनाभनले बैठक नै प्रभावित बन्यो । दिउँसो पुनः छलफल गर्ने गरी बैठक टुंगियो । त्यसलगत्तै एमाले प्रचार विभागले गरेको पत्रकार सम्मेलनमा पनि सरकार फेर्ने र स्थानीय तहको संख्या थप्ने विषयमा ओलीले आपत्ति जनाए । संसद् भवन नयाँ बानेश्वरमा भएको तीन दलको बैठकमा पनि ओली आक्रामक शैलीमा प्रस्तुत भए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending