Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

प्रधानमन्त्रीको मंगलबारको डायरी

\"\"काठमाडाैं, १० जेठ । प्रधानमन्त्रीले मंगलबार बिहान ९ बजे बजेटका विषयमा समझदारी बनाउन प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादी केन्द्र तथा योजना आयोगका उपाध्यक्ष, अर्थसचिव, अर्थ मन्त्रालयको बजेट महाशाखा प्रमुखको बैठक बालुवाटारमा बोलाएका थिए । तर, सो बैठकमा एमाले अध्यक्ष केपी ओली साढे एक घन्टा ढिलो गरी पुगे । एमाले नेताहरू माधवकुमार नेपाल, सुरेन्द्र पाण्डे पहिल्यै पुगिसकेका थिए । ओली बैठकमा ढिलो पुग्दा प्रधानमन्त्रीले बिहान १० बजेका लागि बोलाएको मन्त्रिपरिषद् बैठक १ बजेसम्मका लागि स्थगित गरे । अाजको नयाँ पत्रिकामा खबर छ– प्रधानमन्त्रीले ११ बजेबाट कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीसँग छलफल गरे । स्थानीय तहको संख्या थप र निर्वाचनको मुखमा सरकार परिवर्तनको विषयमा एमालेले आफ्नो चर्काे असहमति बैठकमा जनायो । त्यसपछि प्रधानमन्त्रीले कहिले देउवासँग, कहिले ओलीस“ग बिहान ११ बजेदेखि दिउँसो १२ः४५ बजेसम्म पटक–पटक द्विपक्षीय र संयुक्त छलफल गरे । बालुवाटारमै ओली–प्रधानमन्त्रीबीचमा भएको द्विपक्षीय छलफलमा भने संसद्मा एमालेले सामान्य विरोध जनाएको जस्तो गर्ने, तर प्रधानमन्त्रीलाई सम्बोधन गर्ने भन्ने समझदारी पनि भएको प्रधानमन्त्रीनिकट स्रोतको दाबी छ । तर, देउवा र ओलीबीच चलेको चर्काचर्कीले एमाले आक्रामक बनेको थियो । तीन दलको बैठकमा कुनै सहमति नजुटेपछि एमाले नेताहरू बैठकबाट बाहिरिएका थिए भने प्रधानमन्त्री दिउँसो १ बजेबाट मन्त्रिपरिषद्को बैठकमा सहभागी भए । प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठकबाट केही निर्णय गराए । उनले आफूले ३ बजे संसद् बैठकबाट राजीनामा दिन लागेको भन्दै मन्त्रीहरूलाई धन्यवादसमेत दिएका थिए । त्यसपछि प्रधानमन्त्रीसहित मन्त्रीहरूले केहीबेर सामूहिक फोटोसेसन गराए । मन्त्रिपरिषद्को बैठकपछि दिउँसो ३ बजे प्रधानमन्त्री संसद्मा सम्बोधनका लागि संसद् भवन बानेश्वर पुगे । तर, एमालेले संसद् अवरोध गर्ने बताएपछि र एमाले अध्यक्षसमेत संसद्मा नदेखिएपछि प्रधानमन्त्री आफैँले ओलीलाई फोन गरी छलफलका लागि संसद् भवनमा बोलाएका थिए । तर, ओली झन्डै साढे २ घन्टासम्म पनि संसद् भवनमा पुगेनन् । ओलीले आफू सम्पादकहरूसँगको छलफलमा व्यस्त रहेको भन्दै आउन ढिलाइ हुने जानकारी दिएका थिए । ओली संसद् भवन पुगेपछि सभामुखको पहलमा बसेको प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठकमा समेत एमालेले स्थानीय तहको संख्या थप गरेको विषयमा निरन्तर आपत्ति जनाइरहे । बैठकमा कुनै निष्कर्ष नै ननिस्केपछि बुधबार बिहान पुनः बैठक बस्ने भन्दै प्रधानमन्त्री आफ्नो राजीनामापत्र बोकेरै बालुवाटार फर्के ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending