Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

अोलीको चाहना : प्रचण्ड नै प्रधानमन्त्री

\"\"काठमाडाैं, १० जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका दस महिने सत्ता अवधिभरि असहयोग गरेको प्रतिपक्षी एमाले घुमाउरो ढंगले किन अन्तिम घडीमा उनलाई राखिराख्ने रणनीतिमा पुग्यो ? मंगलबार दिनभरि संसद परिसरको मुख्य चासो यसै वरिपरि केन्द्रित थियो । अाजको कान्तिपुरमा खबर छ– ओली तिनै नेता हुन्, जसले प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाको ‘षड्यन्त्र’ आफू सत्ताबाट बाहिरिएको भन्दै निरन्तर आक्रमणरत थिए । पछिल्ला केही दिनयता उनी त्यो तीर देउवातिर मात्रै सोझ्याइरहेका छन्, अनि प्रचण्डसँग नरम नीति अख्तियार गरेका छन् । यस बीचमा देउवाले सत्ताका लागि जति हतारो देखाए, प्रमुख प्रतिपक्ष एमाले अध्यक्ष ओली उनलाई उनलाई रोक्न र प्रचण्डलाई राखिराख्न त्यति नै तल्लिन देखिन्छन् । बुधबार एमालेले संसद चल्न नदिनुका पछि आवरणमा स्थानीय तहको संख्या थप गर्ने निर्णय भएपनि भित्री पाटो सत्ताको रस्साकस्सी नै मुख्य कारण देखियो । एमाले दोस्रो चरणको चुनावअघि सरकार बदल्नु उचित नहुने भन्दै देउवा रोक्ने चाहनामा छ, जसलाई अध्यक्ष ओली आफैले मंगलबार दिउसो पत्रकार सम्मेलनमार्फत प्रष्टै राखे । एकातिर एमालेले चुनावका बेला सत्ता परिवर्तनले राम्रो सन्देश नजाने ठहरमा छ, अर्कातिर देउवा प्रधानमन्त्री बनेमा दोस्रो चरणको चुनावी मनोविज्ञानलाई असर पार्ने बुझाई एमालेभित्र देखिन्छ । कांग्रेस नेता एवं परराष्ट्र मन्त्री प्रकाशरणशरण महत चुनावलाई प्रभाव पार्ने उद्देश्य भन्दा पनि बर्तमान कांग्रेस र माओवादी केन्द्रको गठबन्धन भत्काएर एमाले गठबन्धनमा सरकार बनाउन सकिन्छ कि भन्ने उद्देश्य एमाले अध्यक्ष ओलीमा देखिएको बताउँछन् । ‘एमाले धेरैअघि देखि नै कांग्रेस र माओवादी गठबन्धन भत्काएर आफू सरकारमा आउन प्रयासमा छ,’ महतले भने, ‘स्थानीय तहको संख्या थप्ने निर्णयलाई निहुँ बनाएर बर्तमान सरकार गठबन्धन भत्काउन सकिन्छ कि भन्ने धुनमा एमाले देखिन्छ ।’ एमाले प्रचार विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा एमाले ओलीले देउवालाई २०/२२ दिन पनि पर्खन नसक्ने भन्दै सत्ताभोगीको आरोप लगाएका थिए । दुई चरणमा चुनाव भएपनि एउटै तहको चुनाव भएकाले जेठ ३१ अघि सरकार बदल्न नमिल्ने तर्क ओलीको थियो । ओलीकै तर्कजस्तै कांग्रेसभित्रै बरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष पनि जेठ ३१ को चुनाव अघि सरकार बदल्न नहुने पक्षमा छ । पौडेल पक्ष दोस्रो चरणको चुनावअघि सरकार बदल्दा कांग्रेसप्रति गलत सन्देश जाने भन्दै जेठ ३१ सम्म प्रचण्ड नेतृत्वकै सरकारलाई निरन्तरता दिनुपर्ने पक्षमा छ । पौडेल पक्षको सोमबार अनामनगरमा बसेको बैठकले पनि दोस्रो चरणको चुनावअघि सरकार बदल्दा पार्टीको स्थिती झनै कमजोर हुने निचोड निकालेको थियो । कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाले एउटै तहको चुनाव गराउन दुईटा सरकार विश्वमै नबनेको दावी गर्दै यसलाई पार्टीलाई क्षति पुग्ने बताए । ‘प्रचण्डले सरकार छाडे पनि अर्को सरकार बन्न दश दिनजति लाग्छ, प्रधानमन्त्री निर्वाचित भएर मात्रै भएन, को गृहमन्त्री बन्ने ? को रक्षा मन्त्री बन्ने ? कसले कति मन्त्रालय लिने भन्ने विवाद सुरु हुन्छ,’ कोइरालाले थपे, ‘यहिँ बजेटमा ल्याउनु पर्ने संवैधानिक बाध्यता पनि छ । यस्तो बेला सरकार परिवर्तनतिर होइन, जेठ ३१ को चुनावतिर कांग्रेसले आफ्नो शक्ति प्रयोग गर्नुपर्छ ।’ कांग्रेसभित्रकै अन्तरविरोधको बलमा एमाले अध्यक्ष ओली दाहाल नेतृत्वकै सरकारलाई निरन्तरतामा जोडबलले लागेका हुन् । यसभित्र ओलीको तत्कालिन चाहना मधेसमा कांग्रेसको प्रभावलाई रोक्नु हो । अर्को बर्तमान सत्तासमिकरण भत्काएर आफ्नो दलसम्मिलित गठबन्धन निर्माण गर्ने उद्देश्य हो । कांग्रेस नेता महतले ओलीको यस्तो उद्देश्य पुरा नहुने बताए । ‘अहिलेको समिकरण ब्रेक गरेर आफ्नै दलको गठबन्धनमा सरकार बनाउन सकिन्छ कि भनेर ओलीजी केही समयदेखिनै लाग्दै आउनु भएको छ’ महतले भने,‘आज संसद चल्न दिन्नौं भन्नु त्यसैका लागि प्रयास हो ।’ मंगबलार विहान भएको बालुवाटार बैठकमा ओली तुलानात्मक रुमपा नरम थिए । उनले त्यहाँ सरकारको कुरा उठाएका थिएनन् । उनको मुख्य आपत्ति स्थानीय तहको संख्या थप्दा आफ्नो दललाई वाईपास गरेर निर्णय गरिएको प्रति थियो । प्रधानमन्त्रीले संविधान संशोधनलाई समेत छाडेर २३ वटा स्थानीय तहको संख्या थप्दा चुनावमा मधेस केन्द्रित दलहरु आउँछन भने तपाईले त झन स्वागत गर्नुपर्ने हो भन्दै ओलीलाई मनाउन प्रयास गरेका थिए । ओलीले विहानको बैठकमा संसद अवरोध गर्ने आसयसम्म व्यक्त गरेका थिएनन् । प्रधानमन्त्री प्रचण्डले एमालेको बजेटसम्वन्धी सरोकारलाई एउटा पनि नयाँ कार्यक्रम समावेश नगर्ने बचन दिदै आश्वस्त पारेका थिए । त्यसपछि ओली नरम बनेका थिए । माओवादी केन्द्रले भने बुधबारमात्रै प्रचण्डलाई राजीनामा गर्न हेडक्वार्टर बैठकमार्फत् सुझाए पनि उनले देउवासँगको समझदारीअनुरुप अब ढिला नगर्ने जनाउ दिदै मंगलबारै संसदमा सम्बोधन गर्ने योजना बनाएका थिए । उनीसँग सरकारी सञ्चारमाध्यमबाट राष्ट्रका नाममा सम्बोधन गर्ने विकल्प रहे पनि आफू संसदबाटै चुनिएकाले संसदमै उभिएर राजीनामा बारे जानकारी गराउन पाउनुपर्ने प्रचण्ड मत रहेको उनी निकटस्थले सुनाए । त्यसै बमोजिम तीन दलको बैठकलगत्तै मन्त्रिपरिषको बैठक बस्यो । मन्त्रिपरिषको बैठकमा प्रधानमन्त्री प्रचण्डले मंगलबारकै संसदलाई सम्वोधन गरेर राजीनामा दिने औपचारिक रुपमा जानकारी गराए । बालुवाटारमा अन्तिम मन्त्रिपरिषको बैठक भन्दै तश्वीरसमेत खिचियो । यो घट्नालगतै ओली एकाएक आक्रमक बन्न पुगेका हुन् । ‘ प्रचण्डले आजै राजिनामा दिनुपर्छ भनेर शेरबहादुर दाईले भनेको पनि होइन । प्रधानमन्त्री आफैले भद्र समझदारी पालना गर्छु, अब धेरै अन्यौलमा राख्दिन । आजै संसद्लाई सम्वोधन गरेर राजीनामा दिन्छु भनी जानकारी गराउनु भएको हो,’ महतले थपे, ‘त्यसपछि ओलीजी एकाएक अराजनीतिक ढंगले प्रस्तुत हुनुभयो । प्रधानमन्त्रीले संसदमा बोल्छु भन्दा पनि बोल्न नपाउने ? यो त अति नै भयो ।’
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending