Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

माअोवादी हेडक्वार्टरद्वारा प्रचण्डको राजीनामा अनुमोदन, अाजै राजीनामा दिने तयारी

\"\"काठमाडाैं, ९ जेठ ।मधेसी मोर्चामा आबद्ध दलहरूले थप कुनै माग नराखे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज (मंगलबार) पदबाट राजीनामा दिने तयारी गरेका छन् । मंगलबार संसद्मा विशेष सम्बोधन गर्दै प्रधानमन्त्रीले सत्तासाझेदार दल कांग्रेससँगको पूर्वसहमतिअनुसार राजीनामा दिन लागेका हुन् । अाजको नयाँ पत्रिकामा खबर छ– सोमबार बसेको माओवादी केन्द्रको केन्द्रीय कार्यालय बैठकले पनि प्रधानमन्त्रीको राजीनामाको विषय अनुमोदन गरिसकेको छ । मधेसी मोर्चामा आबद्ध दलहरूको माग सम्बोधन गर्दै मन्त्रिपरिषद्को सोमबारको बैठकले तराईमा २२ स्थानीय तह बढाउने निर्णय गरेको छ । प्रधानमन्त्री प्रचण्डले मंगलबार बिहान मोर्चाका नेताहरूसँग छलफल गर्दै छन् । छलफलमा मोर्चाको तर्फबाट थप कुनै माग नआए र परिस्थितिमा परिवर्तन नआए मंगलबार नै प्रधानमन्त्रीले राजीनामा दिने मनस्थिति बनाएको माओवादी प्रवक्ता पम्फा भुसालले बताइन् । ‘कांग्रेससँगको सहमतिका आधारमा प्रधानमन्त्रीले मंगलबार संसद्को बैठकलाई विशेष सम्बोधन गर्दै राजीनामा दिँदै हुनुहुन्छ,’ प्रवक्ता भुसालले भनिन्, ‘सहमति पालनामा माओवादी प्रतिबद्ध छ, अब ढिलो नगरी प्रधानमन्त्रीले राजीनामा दिँदै हुनुुहुन्छ ।’ सोमबार बसेको माओवादी केन्द्रीय कार्यालयको बैठकमा प्रधानमन्त्रीले आफ्नो राजीनामाको विषयमा नेताहरूलाई जानकारी गराएका थिए । ‘म कांग्रेसस“गको समझदारीअनुसार आज–भोलितिरै राजीनामा दिने सोचाइमा पुगेको छु, अति ढिलो भएमा १० गतेसम्म राजीनामा दिन्छु,’ प्रधानमन्त्रीले बैठकमा व्यक्त गरेको भनाइ उद्धृत गर्दै नेता अग्निप्रसाद सापकोटाले भने, ‘निष्ठाको राजनीति मरेर गएको वेला इमानदारिता देखाउन पनि राजीनामा गर्न लागेको हुँ । माओवादीले विश्वासको राजनीति गर्नुपर्छ । राजीनामापछि यसले राजनीतिक विश्वास मात्र बढाउँदैन, पार्टीको इमेजमा पनि सकारात्मक सन्देश जान्छ ।’ प्रचण्ड १९ साउनमा कांग्रेससँगको सहकार्यमा प्रधानमन्त्री बनेका थिए । त्यसवेला यी दुई पार्टीले स्थानीय निर्वाचन माओवादीको नेतृत्वमा र प्रदेश र केन्द्रको निर्वाचन कांग्रेस नेतृत्वले गराउने गरी आलोपालो सरकारको नेतृत्व गर्ने समझदारी गरेका थिए । माओवादी हेडक्वार्टरद्वारा राजीनामा अनुमोदन माओवादी केन्द्रीय कार्यालयको सोमबार बसेको बैठकले प्रधानमन्त्रीको राजीनामाको विषय अनुमोदन गरेको छ । बैठकमा प्रचण्डले कांग्रेससँग भएको भद्र सहमतिमा इमानदारिता देखाउनुपर्ने बताएका थिए । स्थानीय निर्वाचन गराउने, मधेसी दललाई संविधानको दायरामा ल्याउने र निर्वाचनमा सहभागी गराउने मूल उद्देश्यमा सरकार सफल भएको संश्लेषण उनले गरेका थिए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending