Khabar Dabali २८ माघ २०८२ मंगलवार | 10th February, 2026 Tue
Investment bank

७ दिन ७ रात एकै ठाउँमा !

\"\"काठमाडाैं, ९ जेठ । समयमै कार्यालय आउने, मुद्दा सुनुवाइ गर्ने र समयमै घर फर्कने । केहीबेर परिवारसँग समय बिताउने र लेखपढ गरेर समयमै सुत्ने, अनि समयमै उठ्ने । घरमै पकाएको मात्र खाने । आहारविहारको अनुशासन कुनै हालतमा नतोड्ने । न्यायाधीश दीपेन्द्र अधिकारीको यो दैनिकी अहिले खलबलिएको छ । अाजको कान्तिपुरमा खबर छ– उनको दिनचर्या र जीवनशैलीलाई खलबल्याउने काम वैशाख ३१ मा सम्पन्न स्थानीय तहको निर्वाचनले गरेको हो । सात दिन सात रात भयो, प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभाहलभित्र कैद छ उनको दैनिकी । कम्पाउन्डबाहिर निस्कनसम्म पाएका छैनन् । काठमाडौं महानगरपालिकाका मुख्य निर्वाचन अधिकृत दीपेन्द्रकै नेतृत्वमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडाको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भयो । मतगणनाले भने उनलाई सभागृहको ‘बन्दी’ जस्तै बनाइदिएको छ । ३१ गते बेलुकी मतपत्रका बाकस राष्ट्रिय सभागृह ल्याइएदेखि नै न्यायाधीश अधिकारीको ध्याउन्न छिटोभन्दा छिटो मतगणना सक्ने भन्नेमा छ । काठमाडौं महानगरको मतगणना कछुवा गतिको भएको भन्दै सञ्चार माध्यम र सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । गजब कुरा त के छ भने मुख्य निर्वाचन अधिकृत अधिकारीको कक्षमा न त अहिलेसम्म पत्रपत्रिका नै पुगेको छ, न उनलाई टेलिभिजन हेर्ने फुर्सद छ । बाहिरबाट भेट्न जाने र पत्रकारले सोध्ने प्रश्नका आधारमा मुलुकमा के भइरहेको छ भन्नेसम्म थाहा छ उनलाई । किनकि, उनी मतगणनाको जिम्मेवारी छाडेर एकछिन पनि यताउता लाग्न पाउँदैनन् । उनको अनुपस्थितिमा केही समस्या आए त्यसको जिम्मेवारी अरू कसैले लिनेछैन । सुरक्षाकर्मीलाई छिचोल्दै सोमबार करिब १२ बजे सभागृहको भुइँतलाको कोठामा पुग्दा अधिकारी भर्खर खाना खाएर बसेका थिए । कोठामा एउटा सोफा र सानो टेबल थियो । सोफा देखाउँदै अधिकारीले भने, ‘समय मिले केहीबेर यही सोफामा ढल्किने गरेको छु ।’ उनी घर नगएको सात दिन नाघिसक्यो । ‘अझै कति दिन लाग्ने हो ?’ उनले भने । कीर्तिपुर नगरपालिका–१ अमृतनगरका अधिकारीको पुरानो घर भने तनहुँ हो । सभागृहबाट करिब ४ किलोमिटरको दूरीमा रहेको घर जान त उनले पाएका छैनन् । दिनहुँ नहाउनुपर्ने, घरकै खाना मात्र खानुपर्ने, नियमित चेक गराउनुपर्ने, कार्यालय समयमा काम र अन्य बेला आराम गर्नुपर्ने उनको दिनचर्या अहिले उनीबाटै गायब छ । भन्छन्, ‘कति बेला खाने, कति बेला सुत्ने, परिवारका सदस्यलाई भेट्ने, नियमित काम गर्ने भन्ने छैन । परिवारभन्दा पहिले आफूलाई दिएको जिम्मेवारीलाई महत्त्व दिएर काम गरिरहेको छु ।’ उनलाई फेर्नका लागि घरबाट लुगा पठाइदिने गरेका छन् । उनले हातका औंला देखाउँदै भने, ‘नङसम्म काट्न पाएको छैन । अरू त कुरै छाडौं ।’ पाँच दिनअघि बिरामी भएकी उनकी फुपूलाई तनहुँबाट एम्बुलेन्समा ल्याएर त्रिभुवन शिक्षण अस्पतालमा भर्ना गरिएको छ । तर, उनी भेट्नसमेत जान पाएका छैनन् । ‘दिदीलाई भेट्न जान पनि पाएको छैन,’ उनले भने । एकतर्फ मतगणनाको तनाव, अर्कोतर्फ परिवारका सदस्यको गुनासो । ‘जस्तै अवस्था परे पनि आफ्नो काम त पूरा गर्नुपर्‍यो,’ उनले भने, ‘जिम्मेवारीबाट कहाँ भाग्न मिल्छ र ?’ अहिले महानगरपालिकाको मतगणना १३ स्थानबाट भइरहेको छ । अधिकारीका अनुसार एक सिफ्टमा करिब १ सय २५ जना कर्मचारीले मतगणना गरिरहेका छन् । सिफ्टअनुसार पालैपालो मतगणना हुन्छ । ‘धेरै साथीहरू त बिरामी परिसक्नुभयो,’ उनले भने, ‘के गर्ने दिनरात काम गरिरहेपछि समस्या भइहाल्छ ।’ उनले थपे, ‘हाम्रो लक्ष्य छिटो मतपरिणाम बाहिर ल्याउने हो । नियम र कानुनसम्मत काम गर्नु नै पर्‍यो । सबै कुरा मिलाएर गर्दा समय लाग्ने रहेछ ।’
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE