Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

मेयरमा ठूला दललाई थापा र दर्शनाको चुनौती

\"\"काठमाडौं, २ जेठ । २० वर्षपछि भएको स्थानीय तहको निर्वाचनमा देशभर ठूला दल कांग्रेस र एमालेबीच प्रतिस्पर्धा भइरहँदा काठमाडौं महानगरपालिकामा वैकल्पिक शक्तिले प्रारम्भिक चुनौती दिएका छन्। आजको नागरिक दैनिकमा खबर छ– महानगरपालिकाको एक नम्बर वडाबाट सुरु भएको मतगणनामा साझा पार्टी र विवेशील नेपालीका उम्मेवार किशोर थापा, रञ्जु न्यौपानेले निकट प्रतिस्पर्धी मत ल्याएका हुन्। राजनीतिशास्त्रका प्रध्यापक कृष्ण खनालले युवा पुस्ताले वैकल्पिक उम्मेदवार खोजी गरेका कारण थापा र दर्शनाले सुरुवाती मत प्राप्त गरेको बताउँछन् । राजधानीका जनता पढेलेखेका र बुझेकाले पनि यसको प्रभाव मतदानमा परेको हुनसक्ने पोखरेलको बुझाइ छ । ‘राजधानीका युवा पुस्ता ठूला दलसँग असन्तुष्ट छैनन्, त्यसको असर मतदानमा पर्छ’, खनालले भने, ‘सञ्चारमाध्यममा उनीहरूले पाएको स्थानले पनि यसलाई प्रभाव पारेको देखिन्छ ।’ एमाले, कांग्रेस, माओवादीलगायतका दलहरूले उम्मेदवार छान्न विवाद गरेर बसेका कारण पनि उनीहरू मतदातामा छिटो जान सकेको र त्यसको असर मत परिणाममा पर्न सक्ने उनले बताए । पोखरेलले दुवै नयाँ पार्टीले जित्ने निश्चित नदेखिए पनि हराउन भने सक्ने अवस्था रहेको आँकलन गरे । ‘जुन दलको भोट धेरै उनीहरूले आफूतिर तान्न सक्छन् त्यसलै गुमाउनुपर्ने निश्चित छ’, खनालले भने, ‘तर धेरै वडा भएकाले अहिलेकै नतिजामा भने भर पर्न सकिँदैन ।’ समाजशास्त्री प्रा। चैतन्य मिश्रले अहिलेको परिणाम राजनीतिक दलले विगतमा समाजमा गरेको लगानीको प्रतिफल भएको बताए । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाभियोग, तालमेल, आइजीपी प्रकरण र लोकमानसिंह कार्की प्रकरणले पनि ठूला दलले नतिजामा असर पर्ने उनको बुझाइ छ । काठमाडौं महानगरपालिकामा पनि त्यसैको असरस्वरूप वैकल्पिक शक्ति प्रतिस्पर्धीका रूपमा आएको मिश्र बताउँछन् । कांग्रेस र माओवादी केन्द्रले गरेको गठबन्धन र निर्वाचन घोषणा भएपछि प्रधान्यायाधीश कार्कीविरुद्ध दर्ता भएको महाभियोग प्रस्तावका कारण नतिजामा असर परेको हुनसक्ने मिश्रको विश्लेषण छ । विवेशील नेपालीका उपत्यका नेता मिलन पाण्डेले भने आफूहरूले विगतमा गरेको कामको आधारमा मूल्यांकन गरी मत आएको दाबी गरे । गोविन्द केसी र लोकमानसिंह कार्की प्रकरण तथा महानगरको सरसफाइलगायतका मुद्दामा खेलेको सकारात्मक भूमिकाका कारण जनताले मत दिएको दाबी उनको छ । काठमाडांैमा मात्र उम्मेदवार उठाएको विवेकशीलले केही वर्षदेखि निर्वाचनमा भाग लिँदै आएको छ । पहिलोपटक निर्वाचन आयोगमा दर्ता भएको साझा पार्टी पनि यस पटकमात्रै भाग लिएको हो । पहिलोपटककै निर्वाचनमा आएको परिणामले जनता वैकल्पिक र विश्वासयोग्य शक्तिको खोजीमा रहेको पुष्टि भएको साझा पार्टीका सदस्य तथा अधिवक्ता ओमप्रकाश अर्यालले बताए। ‘वैकल्पिक राजनीतिक शक्ति आवश्यक छ भन्ने बहसलाई अहिलेको परिणामले पुष्टि गरेको छ,’ अर्यालले भने, ‘यसबाट राजनीति गर्न पुरानै शक्ति र लिगेसी नचाहिने देखिन्छ ।’ संगठन नभएको र पहिलोपटक चुनाव लडेको पार्टीले दिएको टक्कर हेर्दा परम्परागत दलबाट जनताले अब परिवर्तन गर्न नसक्ने महसुस गरेको अर्यालले बताए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending