Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

सरकार हस्तान्तरण गर्न प्रधानमन्त्रीका चार तयारी

\"\"काठमाडौं, २ जेठ ।  सरकारका उपलब्धि सदनलाई जानकारी गराउने प्रधानमन्त्री प्रचण्डले आफू नेतृत्वको सरकारले गरेका उपलब्धिबारे ४ देखि ७ जेठभित्रै संसद्लाई जानकारी दिने तयारी गरेका छन् । स्थानीय तहको निर्वाचन गराउन सफल भएको भन्दै उनले निर्वाचनमा सहयोगी सबैलाई पनि धन्यवाद दिने भएका छन् । आफूले १९ साउनमा सरकारको नेतृत्व सम्हालेयता लोडसेडिङको अन्त्य, आर्थिक वृद्धि, ओबिओआरमा हस्ताक्षरलगायतका कामबारे पनि प्रचण्डले संसदलाई जानकारी गराउने उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए । संसद्मा सम्बोधनसहितका विषयमा सत्ता साझेदार कांग्रेसलगायतका दलसँग पनि प्रधानमन्त्रीले छलफल गर्ने योजना बनाएका छन् । सरकारको नीति तथा कार्यक्रम ल्याउने संविधानअनुसार १५ जेठभित्रै सरकारले नयाँ आर्थिक वर्षका लागि बजेट घोषणा गर्नुपर्ने हुन्छ । निर्वाचनको मुखैमा बजेट ल्याउन नपाउने प्रतिपक्षी एमालेको अडानपछि सरकारले सहमतिका आधारमा कामचलाउ बजेट मात्र ल्याउने तयारी गरेको छ । बजेट ल्याउन सरकारले राष्ट्रपतिमार्फत सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नैपर्ने बाध्यता छ । यसको तयारीमा पनि प्रधानमन्त्री रहेको सल्लाहकार आचार्यले बताए । संविधान संशोधनमा सहमति जुटाउने सरकारले राष्ट्रिय जनता पार्टीसहित संघीय गठबन्धनसँग भएको सहमतिका आधारमा संविधान संशोधनका लागि अधिकतम पहल गरेको छ । संसद्मा दर्ता गरेको संशोधन प्रस्तावमा ५० वटा संशोधन परेका छन् । ४ जेठमा बस्ने संसद् बैठकमा संघीय गठबन्धनको मागका आधारमा संविधान संशोधन प्रस्ताव अगाडि बढाउने तयारीमा प्रधानमन्त्री छन् । संसद्मा संशोधन प्रस्ताव अगाडि बढाएर पास गराउने उनको योजना छ । देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण प्रधानमन्त्री प्रचण्ड संविधान संशोधन र सरकारको नीति तथा कार्यक्रम प्रस्तुतसहित संसद्लाई सम्बोधन गरेर सरकारको नेतृत्व पूर्वसहमतिअनुसार कांग्रेस सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गर्ने तयारीमा छन् । संसद्मा सम्बोधन गरेर नै राजीनामा दिने उनको योजना छ । यसका लागि संसद्मा रहेका दलहरूको बहुमत जुटाएर सरकारको नेतृत्व देउवालाई हस्तान्तरण गर्ने योजना प्रचण्डले बनाएको उनका प्रेस सल्लाहकार आचार्यले बताए । नयाँ पत्रिका  
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending